अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

चाहे ठूलो फिल्म फेस्टिबल होस् वा कुनै विश्वप्रसिद्ध सेलिब्रेटिजको विवाह । पश्चिमी देशको राज्याभिषेक समारोह होस् वा विश्व विद्यालयहरूमा र अन्य शैक्षिक संस्थानहरूको दीक्षान्त समारोह नै किन नहोस् वेटीकन सिटीमा वर्षमा एकपटक हुने पोपको सम्बोधन समारोह होस् वा पारम्परिक इसाई विवाह । यी सबै विशिष्ट समारोहको शान सधैं सुन्दर गाउन हुन्छ । त्यसो त गाउन युरोपीय संस्कृतिको विशेष उपहार हो । तर अब यो विश्वकै उपहार साबित भैसकेको छ । परम्परागत हिन्दूहरूको विवाहमा पनि कतिपय अवस्थामा बेहुलीको पहिरन गाउन हुने गरेको छ । यसको अर्थ गाउन मात्र विशिष्ट समारोहको विशेष पोसाक होइन । यो कतिपय अवसर र अलग–अलग समयको प्रतीक पोसाक पनि हो । गाउन महिलाहरूको मात्र पोसाक होइन । गाउनलाई अलग–अलग समयमा रिसर्च स्कोलर, पादरी, डाक्टर, जज र वकिल आदि व्यावसायिक पुरुषहरूले पनि लगाएको देख्न सकिन्छ जसले पहिले पनि राजामहाराजादेखि सेनापति, पुरोहित आदिका शरीरको शोभा बढाउँथ्यो ।