नाजिरको ‘गुलाबी लुक्स’
अभिनेता नाजिर हुसेनको ‘फरक लुक्स’ सार्वजनिक भएको छ ।

जीवनमा सफलता प्राप्त गर्न करिअरको योजना बनाउनु जसरी आवश्यक छ त्यसरी नै अवकाशपछिको योजना उत्तिकै आवश्यक छ । अवकाशपछिको योजनाले भविष्य सुरक्षित बनाउँछ । जीवनको उत्तराद्र्धलाई सुखमय बनाउँछ । ३० वर्षको उमेरदेखि नै यस्तो योजना बनाउनुपर्छ । यो उमेर भविष्य सुखमय बनाउने समय हो किनभने ३० वर्षसम्म आफ्नो करिअर राम्रो बनाउन हामी मेहनत गर्छौं । जीवनमा पढ्ने, जागिर खोज्ने तथा आफ्नो लक्ष्य निर्धारण गर्ने काम हामीले पूरा गरिसकेका हुन्छौं । ५० वर्ष कटेपछि योजना बनाएर कुनै फाइदा छैन । जीवनको सबैभन्दा संवेदनशील समय भनेको वृद्धावस्था हो । त्यसबेला स्वास्थ्यदेखि सबै कुरामा हामीलाई व्याकअप चाहिन्छ । तसर्थ ३० वर्षको उमेर नै वृद्धावस्थाका लागि सोच्ने सही समय हो ।
केही आवश्यक प्रश्नहरू
अवकाशपछिको योजनाको कुरा गर्दा सबैभन्दा पहिले यसबाट नियमित आम्दानीमा कुनै असर पर्छ कि पर्दैन विचार पुर्याउनुपर्छ । यसका साथै अरू प्रश्नहरू पनि जोडिएर आउँछन् ।
आफूसँग त्यति सम्पत्ति छ कि छैन । आफूसँग भएको सम्पत्तिले बुढेसकालमा सहयोगीको भूमिका खेल्छ कि खेल्दैन भन्ने कुरामा विचार पुर्याउनुपर्छ ।
यो समयसम्म खर्चको स्तर कहाँसम्म बढ्छ ?
यो समयसम्म हेल्थ केयर कत्तिको महँगो हुन्छ ?
सामाजिक सुरक्षाको स्थिति कस्तो छ ? तथा दीर्घकालीन लगानी कत्तिको नाफा तथा नोक्सान पुर्याउने खालको छ ? आदि सबै कुराको आँकलन गर्नुपर्छ ।