सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
३० वर्षदेखि नै हामीले आफ्नो बुढेसकालका प्रति सजग हुनुपर्छ । ३० वर्ष भनेको जीवनको सबैभन्दा महत्वपूर्ण समय हो । जीवनको एक कढीको अन्त्य तथा अर्को कढीको सुरुवात हो । यो उमेरसम्म हामीले आफ्नो अध्ययन पूरा गरी आफ्नो करिअर छनोट गरिसकेका हुन्छांै ।
हाम्रो आफ्नो कमाइ हुन्छ । यो उमेरसम्म आइपुग्दा जीवनलाई व्यवस्थित बनाउने चक्कर हुन्छ । यसमा आफैले आफ्नो लक्ष्य कोरिन्छ । यो बाटो आफ्नो कर्मक्षेत्र हो भन्ने कुरा आँकलन गरिन्छ । त्यसैले यही उमेरमा हामीले बुढेसकालका लागि सोच्नुपर्छ । यो उमेर जीवनको सबै कुरा मिलाएर भविष्यका लागि सोच्ने समय हो । रिटायरमेन्ट योजना बनाउँदा आफ्नो जीवनलाई कसरी चलाउने, आफूले लिने योजना आफ्नो बजेटले भ्याउने वा नभ्याउने आदि सबै कुरामा ध्यान दिनुपर्छ । जीवनका लागि बनाइने रिटायरमेन्ट प्लानले भविष्य निश्चित बनाउँछ ।
केही आवश्यक प्रश्न
रिटायरमेन्टको कुरा आउनेबित्तिकै त्यसले आफ्नो नियमित आम्दानीमा कुनै बाधा पुर्याउँछ कि पुर्याउँदैन ?
आफूसँग भएको सम्पत्ति तथा साधनको आय रिटायरमेन्ट पछि पर्याप्त छ कि छैन ?
त्यस बखत खर्चको स्तर कति बढ्छ ?
त्यस बखत हेल्थ केयर कत्तिको महँगो हुन्छ ?
सामाजिक सुरक्षणको स्थिति कस्तो होला ?
दीर्घकालीन लगानी कत्तिको नाफामूलक हुन्छ ?
सुरुमै पैसा निकाल्नुपर्यो भने के गर्ने ?
यो सबै चिन्ताको निचोड यही हो कि रिटायरमेन्टसम्म देशको मुद्रास्फितिको वृद्धि कस्तो हुन्छ । बचत, जम्मा पुँजी, लगानी यसमा देशको अर्थतन्त्रले कस्तो प्रभाव पार्छ । मुद्रास्फितिले दिनहुँको खर्च, स्वास्थ्य खर्च आदिको लागत बढाउँछ । त्यसैले रिटाएरमेन्टको योजना बनाउँदा मुद्रास्फितिको सम्भावित स्तरमा ध्यान दिनुपर्छ । १०–२० वर्षपछिको मुद्रास्फितिको तुलना गर्न १० वर्षअघिको देशको अर्थ व्यवस्था पनि अध्ययन गर्नुपर्छ ।
रिटायरमेन्ट प्लानिङका पाँच चरण
मुद्रास्फितिको आँकलन गरेपछि पैसा कसरी व्यवस्थापन गर्ने जसले गर्दा योजनाले अन्तसम्म साथ दियोस् भन्ने हेतुले केही कुरामा ध्यान पुर्याउनुपर्छ ।
मुद्रास्फितिको आँकलन
मुद्रास्फितिले आफूसँग भएको सम्पत्ति, जम्मा राशि तथा लगानीमा के–कस्तो असर पुर्याउँछ ।
रिटायरमेन्टको आम्दानी टिकाउका साथै बढ्छ वा बढ्दैन ।
लाभदायक सरकारी योजनामा आफ्नो नजर पुर्याउनुपर्छ । सामाजिक सुरक्षण कोष तथा बीमाजस्ता योजना बजेट सन्तुलित बनाउन सहयोगी हुन सक्छन् ।
रिटायरमेन्ट इनकम योजना बनाउँदा लामो उमेर, हेल्थ केयरमा बढ्दो खर्च तथा अतिरिक्त खर्चका सम्बन्धमा ध्यान पुर्याउनुपर्छ । यसले गर्दा आफ्नो बचत समयअघि निकाल्नु पर्दैन ।
बचत तथा लगानीको विकल्प पहिचान
हरेक मानिस लामो समयसम्म बाँच्न चाहन्छ । जो कसैलाई मर्न डर लाग्छ । अत: आफ्नो इनकम प्लानको समय लामो राख्नुपर्छ । यसले गर्दा आफ्नो पैसा लामो समयसम्म आफैसँग रहन्छ । त्यसका साथै मुद्रास्फितिलाई पनि ध्यान दिँदै आफ्नो जीवनशैली विकसित गर्नुपर्छ । मुद्रास्फितिले खर्चमा वृद्धि मात्र नगरी आफ्नो बचतको मूल्य पनि घटाउँछ । बचत तथा लगानीका उपायहरू जाँच गरी छनोट गर्नुपर्छ । विचार पुर्याएर लगानी तथा बचत गरिएन भने बुढेसकालमा धोका पाइन सक्छ । त्यसैगरी मुद्रास्फितिले मेच्युरिटी अमाउन्टमा कस्तो प्रभाव पार्छ ध्यान दिनुपर्छ । बचत वा लगानी करका विषयमा सचेत हुनुपर्छ । कर कम लाग्ने योजना छनोट गर्नुपर्छ । कतिपय लगानी योजनामा आयकर छुट पनि दिइन्छ ।