Successfully Copied

क्याबिनेट

भान्साको प्लेटफर्मको माथि तथा तल्लो भागमा काठको क्याबिनेट बनाउनु पर्छ ।

भान्साको प्लेटफर्मको माथि तथा तल्लो भागमा काठको क्याबिनेट बनाउनु पर्छ । तल्लो भागको क्याबिनेटमा ग्यास सिलीन्डर राख्ने भाडा बनाउन सकिन्छ । 

सिंकको तल्लो भागमा पनि क्याबिनेट बनाउनु पर्छ । यसमा क्लिनिगं मेटेरियल जस्तै ब्रस , बाल्टिन , मग , ब्रस तथा डस्टबिन राख्नु पर्छ । 

किचेनको प्लेटफर्मको तल्लो भागमा ड्रयर बनाउनु पर्छ । यसमा सामान राख्ने ठाउ बनाउन पर्छ । यसमा साना चम्चा , त्यसैगरी कचौरा राख्न सकिन्छ । 

ड्रयरको तल्लो भागमा साधारण कन्टेनर बनाउन सकिन्छ जहा ग्रोसरीको अतिरिक्त कन्टेनर तथा फ्रिजमा राख्न नहुने सामग्री भण्डारण गर्न सकिन्छ । 

दिनहु चाहिने चियापत्ति , कफी , नुन मसलाजस्ता सामग्रीकालागि खुल्ला क्याबिनेट बनाउनु पर्छ । 

भान्साको माथिल्लो भागको क्याबिनेटमा कटलरी र क्राकरी राख्नु पर्छ । क्याबिनेटलाइ शिशाले बनाउनु पर्छ । यसमा लाइट पनि फिट गर्नु पर्छ । लाइटले सामग्रीहरु हाइलाइट गर्छ । 

 Image