Successfully Copied

सुगन्धित घर

घरभित्र पस्ने बित्तिकै घरमा आउने सुगन्धले एक प्रकारको आनन्द प्रदान गर्छ । यसले दिउसभरीको थकान कम गराउछ । यसले दिउसभरीको थकान बेसाउन सजिलो हुन्छ ।

घरभित्र पस्ने बित्तिकै घरमा आउने सुगन्धले एक प्रकारको आनन्द प्रदान गर्छ । यसले दिउसभरीको थकान कम गराउछ । यसले दिउसभरीको थकान बेसाउन सजिलो हुन्छ । दिउसभरीको भागा भागको दिनचर्यामा घर पस्दा घर नमिठो गन्हाउने भएमा मनमा तिक्तता जन्म हुन्छ । मानिस तथा सुगन्धको सम्बन्ध निकै गहिरो  छ । सुगन्धले हामीलाइ आनन्द मात्र दिलाउदैन यसले एक प्रकारको सकारात्मक सोचको बिकाश गराउछ । यसले जीवनमा तनमनमा खुशी प्रदान गर्छ । सुगन्ध स्वास्थ्यकालागि पनि उपयोगी छ । हरेक उत्सवलाइ हामी फुलले सजाउने कारण सुगन्ध पनि एक प्रमुख हो । घरलाइ सदैव सुगन्धित बनाएर राख्न सकिन्छ । आजभोली घरकोलागि आरोमा मैनबत्ति पनि बजारमा पाइन्छ । यो बाल्दा घरमा एक प्रकारको सुगन्ध फैलन्छ । अरोमा मैनबत्ति फुल , चन्दन आदि फलेवरयुक्त हुन्छ । आजभोली जस्मिन तथा मोगराको फलेवर युक्त पनि पाइन्छ । घरमा आफैले पनि फरक किसिमको आरोमा तयार गर्न सकिन्छ । घरैमा आरोमा तयार गर्नकालागि फरक फरक किसिमको फल खरीद गरेर यसको मिश्रणबाट नया तरिकाको सुभाष तयार गरि घर महकाउन सकिन्छ । अलग अलग किसीमको बास्नाले घरमा एक प्रकारको उर्जा प्राप्त हुन्छ । यसले एक प्रकारको आनन्द पनि संचार गर्छ । व्यापारीक क्षेत्रमा झन सुभाषले वातवारणलाइ सकारात्मक अनुभव गराउछ । वास्नाले घरमा एक प्रकारको पवित्र वातावरण पैदा गराउछ । बिहान पुजाको बेलामा बालीएको धुपको सुगन्धले दिउसभरी घरलाइ मगमग बनाउछ । 

 Image