Successfully Copied

वार्डरोबमा हुनैपर्ने फेसन आइटम

ट्रेन्डी लुक, हट स्टाइल, हरेक दिन विशेष देखिने चाहना । जहाँ हरेक दिन नयाँ स्टाइल हुन्छ, हरेक क्षण नयाँ अन्दाज हुन्छ ।

ट्रेन्डी लुक, हट स्टाइल, हरेक दिन विशेष देखिने चाहना । जहाँ हरेक दिन नयाँ स्टाइल हुन्छ, हरेक क्षण नयाँ अन्दाज हुन्छ । यस्तै फेसन संसारको सदस्य बन्न चाहने हो भने आफ्नो वार्डरोबमा केही त्यस्तो शैली अपनाउनुपर्छ, जुन यो वर्ष ट्रेन्डमा छ र त्यसले आफूलाई स्टाइलिस लुक प्रदान गर्छ । 

मोनोक्रोम लुक 

ब्ल्याक एण्ड ह्वाइटको कम्बिनेसन, जसलाई फेसन संसारमा मोनोक्रोनका नामले चिनिन्छ, यसपटक यसकै माग छ । मोर्डन प्रिन्टका साथ यसले कन्टेम्प्ररी र क्रिएटिभ लुक प्रदान गर्छ । 

साइन विद मेटालिक 

असीको दशकताकाको मेटालिक आउटफिट पनि अहिले पुन: फर्किएको छ । सिल्भर, गोल्ड र ब्रोन्जका ठाउँमा यो वर्ष मेटालिकमा आइवरी र सेम्पेन सेड देखापरेको छ । 

प्रिन्ट ड्रामा 

ठूल्ठूला प्रिन्ट्स पनि यो वर्षका स्टाइल स्ट्ेरटमेन्ट हुन् । ह्वाइन इम्पायर फ्लावर प्रिन्टदेखि लिएर मोर्डन मोटिफ र ज्योमेट्रिक प्रिन्ट यो वर्षको हट च्वाइस हो । 

ट्राइ लेसी 

यो वर्षको बिग ट्रेन्ड लेस हो । फुटवेयर होस् वा ह्यान्ड ब्याग, ट्रेस होस् वा लेगिङ्स लेस चारैतिर देखापरिरहेको छ र यसले आउटफिटलाई फेमिनाइन टच दिएको छ । यद्यपि लेसको अत्यधिक प्रयोग नहोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । ट्रेन्डी लुकका लागि पहिरनमा लेसको हल्का हिन्ट नै पर्याप्त हुन्छ । 

प्रिन्टेड जेगिङ्स 

डिजिटल, ट्रपिकल, इमेज प्रिन्ट भएका प्रिन्टेड जेगिङ्सलाई वार्डरोबमा समावेश गर्नुपर्छ । यसलाई सोलिड टपका साथमा पेयरिङ गर्नुपर्छ । 

स्मार्ट कम्बिनेसन 

प्रिन्ट्सलाई प्रिन्ट्सका साथमा स्मार्टली कम्बाइन गर्नुपर्छ । यो यसपटकको हट ट्रेन्ड हो । पोल्का डटलाई चेकका साथमा कम्बाइन गर्नुपर्छ । होलोग्राम डिजाइनलाई पार्सले प्रिन्टका साथ लगाउनुपर्छ । बेलेन्स लुकका लागि सोलिड कलरका एसेसरिज छनोट गर्नुपर्छ । 

पोल्का डट्सलाई स्ट्राइप्सका साथ पनि लगाउन सकिन्छ । 

सुट इज मस्ट ह्याम 

फर्मल लुकका लागि एकजोर स्लिक सुट आफ्नो वार्डरोवमा समावेश गर्नुपर्छ वा एकजोर सिगरेट पाइन्ट र ज्याकेटलाई आफ्नो वार्डरोवको हिस्सा बनाउनुपर्छ । 

कलर ब्लक विद स्ट्राइप्स 

स्ट्राइप्स कहिल्यै आउट अफ फेसन हुँदैन । त्यसैले स्ट्राइप्स पनि आफ्नो वार्डरोवमा राख्नुपर्छ । सर्ट, ब्याग र सुजका साथमा कलर ब्लकिङ प्रयोग गर्न सकिन्छ । यसले फ्रेस लुक प्रदान गर्छ । 

ग्रो नियन 

नियन ट्रेन्डमा छ । नियन आउटफिट लगाउन चाहनु हुन्न भने नियन ब्याग सुज वा एसेसरिज छनोट गर्न सकिन्छ । यसलाई ब्ल्याक एण्ड ह्वाइट पहिरनका साथमा कम्बाइन गर्नुपर्छ । 

लुक स्टाइलिस विद क्रप्ड फेसन 

क्रप्ड टप पनि लेटेस्ट स्टाइल स्टेटमेन्ट हो । यदि क्रप्ड टपमा कम्फर्टेबल फिल गर्न सकिँदैन भने हाइ वेस्ट पाइन्ट लगाउन सकिन्छ । 

न्युड इज इन 

हेड टु टो न्युड कलर्स लगाए क्लासी लुक प्राप्त हुन्छ । 

न्यू ट्रेन्ड इन ब्याग 

प्लास्टिक ह्यान्ड ब्याग यो वर्ष लोकप्रिय रहनेछ र यो विभिन्न कलर्स, प्रिन्ट्स तथा सेपमा उपलब्ध छ । आफ्नो आउटफिटअनुसार प्लास्टिक ह्यान्ड ब्याग छनोट गर्नुपर्छ । 

–आफ्नो रेगुलर टोट ब्यागलाई थन्क्याउनुपर्छ र कुल प्रिन्टका ब्याग प्रयोग गर्नुपर्छ । आजभोलि प्रिन्टेड र मेसेज भएको कलरफुल टोट लोकप्रिय छ । 

सिलेक्ट पेस्टल 

फोर ए चेन्ज पेस्टललाई पेस्टल सेडसँगै कम्बाइन गर्न सकिन्छ । जस्तै पेस्टल ग्रीनका साथमा पिच वा पिंक, एलोका साथमा वेज । एसेसरिज भने ब्राइट हुनसक्छ । 

साडी गाउन 

साडीलाई नयाँ ट्वीस्ट दिने चाहना छ भने साडी गाउन प्रयोग गर्न सकिन्छ । यो साडीको लेटेस्ट लुक हो । यसमा गाउनका साथै साडीको सप्को अटेच गरिन्छ । यसले फ्युजन लुक प्रदान गर्छ र आराम महसुस गराउँछ । 

 

 Image