Successfully Copied

डायनिङ आर्ट

डायनिङ टेबल त्यो स्थान हो जहाँ सम्पूर्ण परिवारसँगै बसेर खाना खाने गर्छन । आफ्ना कुराकानी शेयर गर्ने गर्छन ।

डायनिङ टेबल त्यो स्थान हो जहाँ सम्पूर्ण परिवारसँगै बसेर खाना खाने गर्छन । आफ्ना कुराकानी शेयर गर्ने गर्छन । त्यसैले डायनिङ टेबल सुन्दर र आरामदायक हुनु आवश्यक छ । 

राउन्ड डायनिङ टेबल 

–यो डायनिङ टेबल जहिल्यै फेसनमा रहने गर्दछ, अत: यसलाई तपार्य कुने पनि बेला खरिद गर्न सक्नुहुन्छ । 

–यसले डायनिङ रूमलाई क्लासीक लुक प्रदान गर्दछ । 

–राउन्ड टेबल मोर्डन वा ट्रेडिशनल कुने पनि प्रकारको इन्टेरियरसित म्याच गर्ने गर्दछ । 

–राउन्ड टेबल ठूलो साइजमा पाइने गरिन्छ, यसैले यसको प्रयोग अधिकार कमर्शियल पर्पजका लागि गर्ने गरिन्छ । 

–यदि तपाईको डायनिङ रुम ठूलो छ भने तपाईका लागि राउन्ड टेबल भन्दा राम्रो विकल्प अरु नहोला । यसले तपाईको डायनिङ रुमलाई स्टाइलस र कलासी लुक प्रदान गर्दछ ।

फोल्डिङ डायनिङ टेबल 

–सानो घरका लागि फोल्डिङ डायनिङ टेबल राम्रो विकल्प हो । विशेष गरी जब घरमा पाहुना आउने गर्छन वा कुनै समारोह छ भने यसको प्रयोग गर्ने गरिन्छ । 

–फोल्डिङ हुनुका कारण यसलाई भिक्तमा फिट गरेर राख्न सकिन्छ र आवश्यता नभएका बेला यसलाई फोल्ड गरी अलग्गै पनि राख्न सकिन्छ । 

–फोल्डिङ डायनिङ टेबलको उपयोग प्राय: गरी कमर्शियल पर्पजका लागि गर्ने गरिन्छ, कारण प्रयोगपछि यसलाई हटाउन सकिन्छ । 

–व्यक्तिको रोजाई, आवश्यकता र बजोटलाई विचार राखी मार्केटमा काठ बाहेक स्टील, एल्युमिनियम आदिबाट बनेका डायनिङ टेबल पनि उपलब्ध रहेको छ । 

स्कवायर डायनिङ टेबल 

–सानो डायनिङ रुमका लागि स्कवायर डायनिङ टेबल वेस्ट अप्सन हो । 

–यो सानो र ठूलो साइजमा पाइने गरिन्छ र यसैले हरेक डायनिङ एरियामा यो फिट हुन जान्छ । 

–यदि परिवार सानो छ र घरमा धेरै ठूलो स्पेश छैन भने तपाई चारसिट भएको सानो खालको डायनिङ टेबल प्रयोग गर्न सक्नुहुन्छ र यसलाई रुमको एउटा कुनामा राख्न सकिन्छ । 

–आजभोलि विशेष गरी ठूला सहरमा चार सीटको डायनिङ टेबल खुबै डिमाण्डमा रहेको पाइन्छ । 

बुडन डायनिङ टेबल

–फेसनमा रहने क्लासी बुडम डायनिङ जहिल्यै सबैको पहिलो रोजाई हुने गरेको पाइन्छ । 

–टिकाउ हुनुका कारण यसको लोकप्रियता कहिल्यै कम भएको पाइदैन । जति नै सफ तरिकाबाट प्रयोग गरे पनि यो चाँडै टुटने वा खराब हुने गर्दैन । 

–यसलाई ठूलो देखि सानो घरमा प्रयोग गर्न सकिन्छ र यो दुईदेखि आठ कुर्सीको साथमा मार्केटमा उपलब्ध रहेको पाइन्छ । 

–बुडन टेबल प्राय गरी लाइट र डार्क ब्राउन वा ब्ल्याक कलरमा मन पराइएको पाइन्छ । कयनले भने डायनिङ टेबललाई नयाँपन दिनका लागि त्यसमाथि आफ्नो रोजाई कलरको र डिजाइनयुक्त वालपेपर पनि लगाने गर्दछन् । 

कम्पार्टमेन्टलाइज्ड डायनिङ टेबल 

–सानो घर तथा आवश्यकताका दृष्टिले डायनिङ टेबलको प्रयोग गर्ने व्यक्तिका लागि यो डायनिङ टेबल राम्रो विकल्प हो । 

–यसमा कम्पार्टमेन्ट हुनुका कारण तपाईले यो डायनिङ टेबलमा क्रकरी, टेबल मेटस पनि रुख्न सक्नुहुन्छ । 

–पहिला यी टेबल मात्र काठले बनेका हुन्थे तर अहिले ग्लासमा पनि कम्पार्टमेन्ट लाइज्ड डायनिङटेबल उलब्ध पाइन्छ । 

ग्लासी इफेक्ट 

–यि दिनमा ग्लासका डायनिङ टेबल मार्केटमा डिमाण्ड रहेको पाइन्छ । यो कुनै पनि इन्टेरियर सित म्यान हुने गर्दछ र यसले रुमलाई स्टाइललिस लुक पनि प्रदान गर्दछ । 

–मार्केटमा ग्लासको डायनिङ टेबलका कन भेराइटी पाइने गरिन्छ । डिजाइन, कलर प्रिन्टको चयनमा पनि भरपुर विकल्ष्प पाइन्छ । 

–फूल र पातको डिजाइनयुक्त ग्लासका डायनिङ टेबल हिजोआज धेरै रुचाइएको पाइन्छ । 

–ग्लासका छ वटा ८ सिट युक्त टेबल अफिस र ठूलो घरका लागि विशेष रूपमा प्रयोगमा ल्याएको देख्न सकिन्छ । 

–रोजिन शाक्य 

 Image