आशा सुवाल
काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी, अनामनगर
ब्ल्याक डल लेजर ट्रिटमेन्ट कस्तो प्रकारको फेसियल हो ?
ब्ल्याक डल लेजर ट्रिटमेन्टलाई केमिकल पिलिङ पनि भनिन्छ । यो एड्भान्स टेक्नोलोजीद्वारा लेजर प्रयोग गरी गरिने फेसियल हो ।
यो ट्रिटमेन्ट फेसियलका फाइदा के–कस्ता छन् ?
यसले थकानले भरिएको अनुहारमा चमक दिने, सनट्यान, फेकल, चायाँपोतो, डन्डिफोर तथा डन्डिफोरका दागहरू हटाएर अनुहारमा चमक दिन्छ ।
यसमा के–के प्रयोग गरिन्छ ?
कार्बन पाउडर र लेजरबाट फेसियल गरिन्छ । यसमा गोल्ड मास्क पनि प्रयोग हुन्छ ।
यसको कुनै साइड इफेक्ट छ कि ?
यसको कुनै पनि साइड इफेक्ट छैन तर ट्रिटमेन्ट गरेको २४ घन्टा घाममा निस्कनु हुँदैन ।
यो ट्रिटमेन्ट फेसियल गर्न समय कति लाग्छ ?
आधा घन्टामा ट्रिटमेन्ट सकिन्छ । त्यसपछि गोल्ड पिल मास्क लगाइन्छ ।
यो फेसियल कति समयको फरकमा कतिपटक गर्नुपर्छ ?
२१ दिनदेखि १ महिनाको फरकमा ५ देखि ७ पटक गराउनुपर्छ । त्यसको असर राम्रो हुन्छ र यो स्थायी नै हुन्छ । सुरुमा पैसा बढी लागेजस्तो भए पनि ७ पटक गरेपछि फेरि–फेरि फेसियल गराइरहनु पर्दैन । त्यसैले खासै महँगो हुँदैन ।