Successfully Copied

पूर्वेली रोइला संरक्षणमा गंगा

पालको पूर्वीय लोकभाका मार्फत हजारौं मानिसलाई आफ्नो गायकीले लठ्ठ पार्ने लोकदोहोरी गायिका गंगा गौंतमको माग अहिले पूर्व मेचिदेखी पश्चिम महाकालीसम्म बढेको छ ।

नेपालको पूर्वीय लोकभाका मार्फत हजारौं मानिसलाई आफ्नो गायकीले लठ्ठ पार्ने  लोकदोहोरी गायिका गंगा गौंतमको माग अहिले पूर्व मेचिदेखी पश्चिम महाकालीसम्म बढेको छ । उनको प्रत्यक्ष स्वर सुन्न चाहनेको लर्काे भारतको असाम, सिलाङ, गुवाहटी, दार्जिलिङसम्म फैलिएको छ भने लाइभ दोहोरीमा गंगाको यात्राले दशक पूरा गरेको छ । यो अवधिसम्म आइपुग्दा उनको जीवनका उकालीओरालीहरुमा थुप्रै उतारचढाव आए तथापि दोहोरी गायनको साथ उनले कहिल्यै छोडिनन् । फलत: उनले आजको सफलता आत्मसात् गर्न सकेकी हुन् । 

स्नातकोत्तरको परीक्षा दिएर बसेकी गंगाका ३ वटा एल्बम तथा ६ वटा भिडियो गीत बजारमा आइसकेका छन् । तेस्रो एल्बम बजारमा आएको एक महिना मात्र भयो । उक्त एल्बममा उनले आधुनिक, एकल र दोहोरी लोक भाकाका साथै पूर्वेली रोइला गीत पनि समेटेकी गंगा सम्भवत रोइला गाउने पहिलो गायिका पनि हुन् । गंगा  भन्छिन्, ‘हराइरहेको रोइला भाकालाई न्याय दिन र संरक्षण गर्न पनि तेस्रो एल्बम बजारमा ल्याएकी हुँ ।’ 

नेपालको पश्चिममा मात्र दोहोरी गीतको चर्चा चलिरहदा एक्कासी पूर्वमा  दोहोरी गाउने कुरा सबैका लागि अनौठो नै मानिन्छ । किनभने पूर्वमा आफ्नै लोक भाका र मौलिकता झल्काउने गीतको चर्चा बढी हुने भएकाले पूर्वेली गायनमा आफुले केही  फरक स्वाद पस्किन पाएकोमा निकै खुशी भएको बताउने गायिका गंगा आफूमा रोइला भाका र पूर्वेली मौलिकता संरक्षण गर्ने ंअभिभारा थपिएको तर्क गर्छिन् ।

दोहोरीलाई आफ्नो मूल बिधा बनाएर गायन यात्रलाई आजीवन निरन्तरता दिने उनको लक्ष्य छ । एकै समयमा एउटै स्टेजमा विभिन्न सात भाकामा शब्दसँग खेल्दै व्यावसायिक दोहोरी गाउनु उनको विशेषता हो । पूर्वेली लोक दोहोरीको संस्कार र पूर्वेली मौलिकतालाई छर्लङ्ग पारी दोहोरी भाकामा गीत गाउने गंगाको लोकप्रियता चुलिदै जानु भनेको आगामी पुस्ताका लागि मात्रै नभएर नेपालको सांगीतिक क्षेत्रमा परम्परागत गायनको पनि संरक्षण हुनु हो । 

 

 Image