‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।

प्रिय शार्दुलिका,
पूर्णचन्द्र जस्तो गोलो र पुष्ट
खैरो रेशमी पत्रले ढाकिएकी तिमी
मेरा लागि एउटा अनमोल प्याज हौ ।
तिमीसँग जति सहवास बढाउँछु
जीवन र जोवनका जति पत्रहरु उप्काउँछु ।
भ्यालेन्टाइन डेको पुर्व सन्ध्यामा कवि केशब सिग्देल प्रेम कविता वाचन गरिरहेका थिए । गत फागुन १ गते लाजिम्पाटस्थित थियटर भिलेजको माहोल बेग्लै थियो । साहित्य अनुरागीहरुको उपस्थिीतिले थियटरको हल भरिभराउ देखिन्थ्यो ।
भ्यालेन्टाइन डे को अबसर पारेर ‘आह्वान समूह’ ले आयोजना गरेको कार्यक्रममा सुलोचना मानन्धर, हरिमाया भेटवाल, गीता त्रिपाठि, रामगोपाल आशुतोष, बीना लामा, सिर्जना तामाङ, मनिषा गौचन, नमन राई, मनु आभाष, पुनम राना, नीमा लामा, सरोज अर्याल, ओमप्रकाश निरौला, प्रनिका कोयु र रजनी ढकाल लगायत पच्चिस कवि, कवयित्रीहरुले आ–आफ्ना सिर्जनाहरु सुनाएका थिए ।
नयाँ प्रतिभाहरुले आफूलाई चिनाउने अबसर पाए भने चिनिएका नामहरुले दर्शकहरुको वाहवाही पाए ।
‘यत्तिको भब्य उपस्थिीति होला भन्ने लागेको थिएन ।’ आयोजक मध्येकि एक डा. अर्चना थापाले सुनाईन्, ‘अर्को वर्षपनि कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’