Successfully Copied

कुशनको बदलिएको रूप

आजभोलि बजारमा अनेकन प्रकारका कुशन पाइने गरिन्छ ।

कुशनका विभिन्न डिजाइन 

आजभोलि बजारमा अनेकन प्रकारका कुशन पाइने गरिन्छ । मिरर वर्क, रेशम कढाइ, डोरी वर्क, चिकन वर्क, स्टोन वर्क, आदि काम गरिएका कुशन उपलब्ध रहेका छन् । 

–क्रोशिया वर्क भएको कुशन देखिनमा धेरै सुन्दर देखिन्छ यो गर्मी र जाडोको हिसाबबाट बनाइने गरिन्छ । गर्मीमा जहाँ सेतो पातलो धागोबाट बनेका कुशनले आँखालाई आराम प्रदान गर्दछ, त्यही पातलो उनबाट कुशनले जाडोमा गर्मीको अनुभव प्रदान गर्दछ । 

–यसैगरी चिकन वर्ककको कुरा गर्ने हो भने यीनमा यति धेरै भेराइटी हुने गर्छ कि बजेट अनुसार हरेक प्रकारको रेञ्ज र डिजाइनको कुशन बजारमा पाइने गर्छ । 

–चिकन वर्क धेरै आकर्षक हुने गर्दछ । कटनका कपडामा रेशमबाट गरिएको चिकन वर्क धेरै सुन्दर लाग्दछ । क्रेपमा पनि चिकनको कढाइले रिक लुक प्राप्त हुन्छ । 

–जर्जेटका कपडामा बनेका कुशन दैनिक प्रयोग गर्नका लागि राम्रो हुने गर्दछ । यीनमा चिकनको बेलको डिजाइनका साथमा बिडस वर्क गरिएको आकर्षक देखिन्छ । 

–प्चाचवर्क गरिएका कुसन पनि अलग्गै आकर्षक हुने गर्दछ । एप्लीक वर्क र कटवर्कका कुसन पनि उत्तिकै सुन्दर हुने गर्दछ । हात्ती, फूल, मयुर, चरा वा प्याचवर्कहरू रंगेली जस्तै देखिन्छ । 

प्रयोग यस्तो पनि 

–आफ्नो पुनानो कुसनलाई आकर्षक गोल्डेन वा सिल्भर लेस लगाएर रिच र ट्रेन्डी बनाउन सकिन्छ । 

–आफ्नो बनारसी साडीको बोर्डरलाई यसमा सिलाएर पनि ट्रेन्डि लुक प्राप्त गर्न सकिन्छ । 

–गाढा चम्किलो रंगहरू जस्तै रातो, पहेलो, नीलो, हरियो, प्याजी कुशनलाई भिक्तामा अडेस लगाएर राखेमा घरलाई एथनिक लुक प्राप्त हुन्छ । 

–मेटल वर्क भएका कुरालाई कोठाको धेरै कुनामा प्रयोग गरी कोठालाई जगमगाउन सकिन्छ । 

–बेड वा कर्नरमा ब्राइट कलरको वा जियोमेट्रिकल डिजाइन्सको कुशन प्रयोग गर्नु राम्रो हुन्छ । मिरर वर्क भएका कुशन पनि राम्रो हुन्छ ।

 Image