परिपक्व सम्बन्ध
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।

आउटलेट : आर्चिज नयाँ बानेश्वर, पुरानो शिवदर्शन हलअगाडि (तयार)
विशेषता : उपहार सामग्रीका लागि विशेष गन्तव्य ।
एउटै छानामुनि खोजेजस्तो आकर्षक र सुपथ मूल्यमा उपहार सामग्री तथा अन्य एसेसरिजहरू पाइने ठाउँ हो–आर्चिज । यहाँ युवायुवतीहरूका लागि गुणस्तरीय तथा आकर्षक सामान उपलब्ध छन् । विगत एक वर्षदेखि संचालित आर्चिजमा मेकअप आइटम, घडी, ज्वेलरी, सन ग्लास, बालबालिकाका खेलौनाहरूका साथै सबै प्रकारका वर्थ डे आइटम उपलब्ध छन् । सेवाग्राहीलाई पारिवारिक वातावरणमा सामान उपलब्ध गराइने आर्चिजका सुशील अग्रवालको भनाइ छ । यहाँ कुनै पनि विशेष दिनमा आफ्नो प्यारो मानिस, परिवारका सदस्य तथा साथीभाइलाई दिन योग्य उपहार खरिद गर्न सकिन्छ । बालकदेखि वृद्धसम्मका लागि उपहार सामग्री एकै ठाउँमा उपलब्ध हुनु आर्चिजको प्रमुख विशेषता हो ।