शेर्पालाई सम्झाइरहने तस्बिर
चुङ्बा शेर्पाले खिचेका चरासहित वन्यजन्तुका मनमोहक तस्बिरले मुलुकभरका विभिन्न कार्यालय एवं संघसंस्थाका भित्ता सजिएका छन्, जसले उनी सधैं सम्झिइरहनेछन् ।

विवाहमा हुने कार्यक्रम ठाउँ तथा समुदायअनुसार फरक–फरक हुन्छ । अहिलेका मानिसहरू अरूका पनि राम्रा, रमाइला कार्यक्रम एवं संस्कृतिको अनुशरण गरी विवाहलाई अझ आकर्षक र सम्झनायोग्य बनाउन चाहन्छन् । त्यसैअनुरूप मारवाडी तथा भारतीयहरूमाझ लोकप्रिय तथा रमाइलो मेहन्दी तथा संगीत कार्यक्रम अरु समुदायका मानिसहरूले पनि विवाहको एक अङ्गका रूपमा अनुशरण गर्न थालेका छन् । मेहन्दी दुलहीको अनिवार्य शृंगार हो । मेहन्दी लगाउने दिन सबै साथीभाइ एवं आफन्तलाई बोलाएर विवाहकै एउटा भाग बनाई रमाइलो गर्ने शैली विकास भएको छ । जसरी विवाहको पार्टी, अन्माउने दिन तथा स्वयम्वरका लागि भिन्दाभिन्दै पहिरनहरू डिजाइन गरिन्छ त्यसरी नै मेहन्दी र संगीत कार्यक्रमका लागि पनि डिजाइनर पहिरन लगाइन्छ ।
मेहन्दी कार्यक्रमका लागि लाइट कलरको सजिलो पहिरन उपयुक्त हुन्छ । यसमा लेमन ग्रिन, ग्रिन तथा एल्लो कलरका पहिरन लगाउने फेसन छ । त्यही थिमअनुसार डेकोरेसनमा पनि त्यस्तै कलर सेटिङ गर्ने चलन छ । मेहन्दीमा दाग लाग्ने सम्भावना बढी हुने भएकाले धेरै महँगो हुने गरी हेभी इम्ब्रोइडरी नगराई सिम्पल तर सजिलो पहिरन बनाउनुपर्छ । लो नेक, ब्याक लेस चोलीमा लेहेंगा नै उपयुक्त हुन्छ । चुडिदार कुर्ता–सुरुवाल लगाउँदा खुट्टामा मेहन्दी लगाउन कठिन हुन्छ । सकेसम्म ओपन तथा स्लिभलेस पहिरन नै मेहन्दी कार्यक्रमका लागि उपयुक्त मानिन्छ । जर्जेट वा नेटमा कल्लीवाला लेहेंगामा ब्याकलेस ओपन ब्लाउज लगाउने । पहेंलो रंगको लेहेंगामा रातो प्याच निकै राम्रो देखिन्छ । यदि दुलही काली छिन् भने अफ ह्वाइट, मरुन तथा क्रिम कलरको पहिरन छनोट गर्नु उपयुक्त हुन्छ भने गोरीहरूलाई सुन्तला रंग, लेमन ग्रिन तथा पहेंलो नै सुहाउँछ ।
संगीतका दिन नाच्ने कार्यक्रम हुने भएकाले साडीबाहेक आफूलाई सजिलो हुने पहिरनलाई प्राथमिकता दिनुपर्छ । घेरा भएको अनारकली कुर्ता वा लेहेंगा यो कार्यक्रमका लागि उपयुक्त हुन्छ । संगीत कार्यक्रमका लागि गोल्डेन इम्ब्रोइडरी राम्रो देखिन्छ । कलरमा थिम वा आफूलाई मन परेको कुनै लाइट कलर नै उपयुक्त हुन्छ । लाइट कलरमा भेल्भेट टच हालेर कम इम्ब्रोइडरी गरिएको कुर्ता तथा लेहेंगा संगीत कार्यक्रमको पर्फेक्ट पहिरन हो । संगीत कार्यक्रमका लागि साडी भने कमै प्रयोग गरिन्छ ।