Successfully Copied

कस्तो छ तपाईंको जीवनशैली?

साँचो, जरुरी कागजपत्र, मोबाइल फोन आदि राख्ने ठाउँ घर होस् वा अफिस दुवै ठाउँमा निश्चित हुनुपर्छ....

कस्तो छ तपाईंको जीवनशैली ?

साँचो, जरुरी कागजपत्र, मोबाइल फोन आदि राख्ने ठाउँ घर होस् वा अफिस दुवै ठाउँमा निश्चित हुनुपर्छ....

    (क)    एकदम निश्चित छ,

    (ख)    कहिलेकाहीँ ध्यानपूर्वक राख्नुहुन्छ,

    (ग)    घरमा कहिल्यै सरसामान हराउँदैनन् ।

घर सधै व्यवस्थित हुनुपर्छ ...

    (क)    तपाईं घरमा हुँदा कहिल्यै अव्यवस्था हुँदैन,

    (ख)    थोरै ध्यान दिनुपर्छ,

    (ग)    समयको अभावमा जति सफाइ हुन्छ, त्यति नै पर्याप्त छ ।

घरमा कस्तो पहिरन लगाउनुहुन्छ ?

    (क)    सधै उचित ढंगले पहिरन लगाउनुहुन्छ,

    (ख)    बाहिर जाँदा मात्र सही ढंगले तयार हुनुहुन्छ,

    (ग)    घरमा जसरी बसे पनि हुन्छ ।

डाइनिङ रुम सजावट गरिएको हुनुपर्छ 

    (क)    धेरै महत्त्वपूर्ण छ, होइन भने खाना खानै सक्नुहुन्न,

    (ख)    कहिलेकाहीँ हुनुपर्छ,

    (ग)    त्यसका बारेमा चिन्ता हुँदैन, कारण भरपेट खाएर सुत्ने न हो ।

मौसमअनुसार लगाउने, बिदामा घुम्न जाने तथा सामान राख्ने ठाउँ अलग–अलग हुनु जरुरी छ...

    (क)    अत्यन्त जरुरी छ,

    (ख)    कहिलेकाहीँ हुनुपर्छ,

    (ग)    कहिल्यै चिन्ता गर्नुहुन्न, जहाँ ठाउँ भयो त्यहीँ राख्ने हो ।

के आफ्नो भावनालाई  नियन्त्रण गर्न सक्नुहुन्छ ?

    (क)    अत्यन्त जरुरी छ, सधै राख्नुहुन्छ,

    (ख)    कहिलेकाहीँ,

    (ग)    कुनै पनि रूपमा महत्त्वपूर्ण छैन, भावना नियन्त्रणमा राख्नका लागि होइन ।

बालबालिकाको खेल्ने र खेलौना राख्ने छुट्टाछुट्टै ठाउँ हुनुपर्छ

    (क)    अत्यन्त जरुरी छ, होइन भने बालबालिकाले हैरान पार्छन्,

    (ख)    भए राम्रो,

    (ग)    महत्त्वपूर्ण छैन, उनीहरूले आफैं ठाउँ खोजिहाल्छन् ।

मास्टर बेडरुम अन्य बेडरुमभन्दा टाढा राख्न चाहनुहुन्छ, कारण उक्त ठाउँलाई ध्वनि प्रदूषणबाट जोगाउन सकिन्छ र प्राइभेसी पनि रहन्छ 

    (क)    अत्यन्त जरुरी छ,

    (ख)    भए ठीक छ,

    (ग)    महत्त्वपूर्ण छैन ।

 तपाईं सधैं ठीक ढंगले तयार रहनुहुन्छ 

    (क)    सधै,

    (ख)    बाहिर जानु छ भने मात्र,

    (ग)    अत्यन्त जरुरी छैन ।

    कस्तो संगीत मनपर्छ ?

    (क)    शास्त्रीय, कारण यसैबाट आफ्नो परिस्कृत रुचिका बारेमा थाहा हुन्छ,

    (ख)    पप,

    (ग)    फिल्मी ।

तपार्इंलाई मनपर्ने सौन्दर्य उत्पादन ?

    (क)    परफ्युम,

    (ख)    लिपिस्टिक,

    (ग)    मोइस्चराइजर ।

तपाईंको पावर ड्रेसिङको सूचक....

    (क)    मोबाइल फोनसित सुहाउँदा एसेसरिज,

    (ख)    ह्यान्ड ब्याग,

    (ग)    बेल्ट ।

कस्तो चलचित्रमा रुचि छ ?

    (क)    विदेशी चलचित्र,

    (ख)    आर्ट चलचित्र,

    (ग)    कमर्सियल चलचित्र ।

कस्तो जिन्स मनपर्छ ?

    (क)    स्ट्रेच डेनिम,

    (ख)    हिप स्ट्रप वा कपरी,

    (ग)    कार्गो पाइन्ट ।

कुन विषयमा रुचि छ ?

    (क)    थरीथरीका साइट,

    (ख)    कविता वा कथा,

    (ग)    समय नै छैन ।

पार्टीमा ड्रिंक्स लिनुपर्दा....

    (क)    सफ्ट ड्रिंक्स वा जुस,

    (ख)    जिन वा वाइन,

    (ग)    जे भेटिन्छ त्यही ।

कुनै पनि काम समयभन्दा पहिले पूरा गर्नु कति महत्त्वपूर्ण छ ?

    (क)    प्रारम्भ गरेपछि सम्पन्न गरेरै छोड्नुहुन्छ,

    (ख)    भए ठीकै छ,

    (ग)    आवश्यक छैन ।

एकै समयमा कति काम गर्नुहुन्छ ?

    (क)    सधै एकैपटक एकभन्दा बढी काम गर्ने प्रयास गर्नुहुन्छ र अर्को कामका बारेमा पनि सोच्नुहुन्छ,

    (ख)    एकपटकमा एउटा मात्र,

    (ग)    जस्तो हुन्छ त्यस्तै ठीक छ ।

    कुनै पनि वस्तु खरिद गर्दा मोलतोल गर्नुहुन्छ ?

    (क)    मोलतोलमा संकोच गर्नुहुन्न,

    (ख)    जति समय हुन्छ त्यसैअनुरूप गर्नुहुन्छ,

    (ग)    अत्यन्त मोलतोल गर्नुहुन्छ ।

सहज जीवन तपाईंलाई मनपर्छ......

    (क)    होइन, समय कम र काम बढी । अत: व्यस्त रहनुमा विश्वास गर्नुहुन्छ,

    (ख)    आराम ठूलो कुरा होइन, जीवन सहज छैन,

    (ग)    आराम नै ठूलो कुरा हो ।

परिणाम : क– ५, ख–३, ग–२

१. यदि परिणाम ८० वा त्यसभन्दा बढी छ भने तपाईंको जीवनशैली अत्यन्त राम्रो छ । स्टाइल र फेसन तपाईंलाई मनपर्छ र वरपरका व्यक्ति पनि तपाईंलाई स्टाइलिस देख्न मन पराउँछन् ।

२. यदि परिणाम ६० वा यसको नजिक छ भने आफ्नो लाइफ स्टाइललाई राम्रो बनाउन केही प्रयास गर्नुपर्छ । अझै पनि समय छ, प्रयास सफल हुन सक्छ ।

३. यदि परिणाम ४० वा त्यसको वरपर छ भने मार्ग कठिन छ । हरेक क्षण मस्त रहने विचारधारा भएकालाई परिवर्तन गर्न कठिन हुन्छ । यद्यपि कठिन छ भन्ने सोचेर चुपचाप बस्दा केही पनि हात पर्दैन । अत: जीवनशैली सुधार्न ठूलो प्रयास गर्नु उपयुक्त हुन्छ ।

 

 Image