Successfully Copied

काभ्रे लेडिज ट्यालेन्ट २०७२ श्रीषा बैदार

बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ आयोजना गरिएको काभ्रे लेडिज ट्यालेन्ट शो २०७२ को सातौं संस्करणको ताज श्रीषा वैदारले जितेकी छिन् । उनले शीर्ष उपाधिबाहेक बेस्ट वाक र ट्यालेन्टको अवार्ड पनि जितेकी छिन् ।

बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ आयोजना गरिएको काभ्रे लेडिज ट्यालेन्ट शो २०७२ को सातौं संस्करणको ताज श्रीषा वैदारले जितेकी छिन् । उनले शीर्ष उपाधिबाहेक बेस्ट वाक र ट्यालेन्टको अवार्ड पनि जितेकी छिन् । प्रतियोगितामा फस्र्ट रनरअप प्रशंसा मानन्धरले भिवर च्वाइसको उपाधि जितेकी थिइन् भने सेकेन्ड रनरअप मोनिका तामाङ्गले बेस्ट स्माइल को उपाधि जितेकी थिइन् । 

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको कार्यक्रमको कोरियोग्राफी राज फैजुले गरेका थिए । प्रतियोगितामा अन्य शिर्षक उपाधि मध्ये डिसिप्लेनमा अजुमी तामाङ्ग, पर्सनालिटिमा रञ्जना तामाङ्ग, कम्प्लेक्सन र ब्युटिफुल स्किनमा सुमित्रा खड्का, फोटोजेनिकमा अनिला मानन्धर, ड्ेसमा अस्तिता तिमल्सीना, फेन्डसिपमा अस्मिता खत्री, इनरजेटिकमा रोनी श्रेष्ठ र ब्युटिफुल हेयरमा जेनि मल्लले उपाधि जितेका थिए । यस कार्यक्रमका मुख्य प्रायोजन इमामी इन्डिया लि. रहेका थिए ।

विजेताहरुलाई विभिन्न संघ संस्थाबाट अवसरका साथै कार्यक्रमका अध्यक्ष रुस्का वैद्य श्रेष्ठद्धारा नगद उपहार प्रदान गरेका थिए ।

कार्यक्रमका निर्णायकहरुमा फाेटोग्राफर शिवलाल श्रेष्ठ, नायिका जानवी बोहरा, मोडल एवं भिजे सुर्जनी के.सी., ब्युटिसियन दिभाका फस्ट रनरअफ प्रेक्क्षा आर श्रेष्ठ, फेसन डिजाइनर  काजल थापा र समाज सेवी एवं महिला ब्यवसायी पविना खड्का रहेका थिए ।

 Image