Successfully Copied

खुशीप्रसाद थारु ( अधिवक्ता तथा संविधानविद् )

महिलालाइ जननी, प्रेरणाकी स्रोत तथा संसारलाइ पुर्णता प्रदान गर्ने सृष्टिकर्ता ठान्ने थारुको बिचारमा नारी...

खुशीप्रसाद थारु ( अधिवक्ता तथा संविधानविद् ) 

लहुन तथा योगमाया थारुको कोखबाट वि.सं. २०२८ सालमा जानकी नगर  कैलालीमा जन्मिएका खुशीप्रसाद थारुका एक भाइ र दुई बहिनी छन् । नेपाल ल क्याम्पसबाट एल.एल.एम थारुले युनिभर्सिटी अफ फ्रिबर्ग स्विजरल्याण्डबाट संघियतामा स्नातक गरेका छन् । त्यबाहेक उनी युनिभर्सिटी अफ म्यासाच्युट्से अमेरिकाको स्कलर अन अमेरिकन पोलिटिकल थड्स पनि हुने । सेन्ट्रल युरोपियन युनिभर्सिटी बुडापेस्ट हंगेरीबाट कन्स्टिच्युसनमा समर स्कुल सिध्याएका उनले फेडरालिजममा युनिभर्सिटी अफ इन्स्ब्रक अष्ट्रिया र युरोपियन एकेडेमी इटालीबाट विन्टर स्कुल पुरा गरेका छन् । महिलालाइ जननी, प्रेरणाकी स्रोत तथा संसारलाइ पुर्णता प्रदान गर्ने सृष्टिकर्ता ठान्ने थारुको बिचारमा नारी...

आमा–ममताकी खानी ।

बोल्ड लाग्ने महिला–हिलारी क्लिनटन 

प्रेरणा दिने महिला–लीना रिकिला ।

पुस्तकको मन छोएकी पात्र– मुनामदनकी मुना ।

महिलाको मनपर्ने पक्ष–संबेदनशीलता ।

चलचित्रकी प्रिय पात्र– चोरी चोरी चुपके चुपके चलचित्रकी रानी मुखर्जी । 

महिलाको मन नपर्ने पक्ष–दुरदर्शिताको अभाव ।

श्रीमती–  असल साथी ।

महिलाले सुधार गर्नुपर्ने कुरा – परम्परागत भुमिका भन्दा माथि उठ्नसक्नुपर्छ ।

प्रेमिका–प्रेरणाको स्रोत ।

छोरी–मेरो आशा र बिश्वास । 

 Image