बुबाको मुख फोटोमा हेर्दै छु
मेरो आँखाले पनि बुबालाई नदेखेको दसौं वर्ष भयो नत कहिले हाँसे म नत यो मनमा हर्ष छायो
नयाँ वर्षले सबैमा हर्षोल्लास ल्याउँछ । पुराना कुरा बिर्सेर, नराम्रा कुरा त्यागेर नयाँ संकल्पका साथ नव वर्षको सुरुवात गरिन्छ । नयाँ वर्षमा विभिन्न तहका मानिसहरूका आ–आफ्नै संकल्प हुन्छन् । मुलुकका लागि चिन्तित मानिसहरू आफ्ना लागि भन्दा पनि राष्ट्रको सर्वोपरि हितका लागि दृढ संकल्पित हुन्छन् भने एउटा विद्यार्थी पढाइका लागि अथवा व्यावसायिक मानिसहरू आफ्नो करियर र व्यवसायका लागि संकल्प राख्छन् । यसपटकको बहसमा फरक क्षेत्रका फरक मानिसहरूले नयाँ वर्षमा आफ्ना संकल्पसम्बन्धी दृढता व्यक्त गरे ।