माटाका पाला बनाउन व्यस्त
भक्तपुरको पोट्री स्क्वायरमा आइतबार दिउँसो कलाकारहरू माटाका पाला बनाउँदै, परम्परा र कलाको सुन्दर संगम ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तरको दोस्रो सेमेस्टर अध्ययनरत कलाकार विद्यार्थीहरूले बुधवार देखि ‘हामी उठ्नेछौं’ शीर्षकमा सामूहिक चित्रकला प्रदर्शनी सुरु गरेका छन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाली चलचित्रका महानायक राजेश हमालले हामी उठ्ने छौं को पोष्टर खोलेर चित्रकला प्रदर्शनीको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै हमालले ललित कला अध्ययनरत विद्यार्थीहरुले नेपालको चित्रकलालाई उठाउने प्रयास गरेकोमा खुशि ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठको पनि उपस्थिती रहेको थियो । विद्यार्थीहरूले गरेको हामी उठ्ने छौं यस सामूहिक कला प्रदर्शनीमा भुफान लिम्बू, विकास श्रेष्ठ, विकुकुमार थापा, दीपक मेहता, दीपाञ्जली राजभण्डारी, ध्रुवराज शर्मा, जया शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओम गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, ऋतु थापा, शोभा तिवारी, सुदेशा श्रेष्ठ, उमा खड्का तथा उपकार घमालले बनाएका ७० वटाभन्दा बढी चित्र राखिएका छन् । प्रदर्शनी पुस १९ गतेसम्म चल्नेछ ।