मेष
घरायसी काममा व्यस्त रहनुपर्ला । व्यावसायिक क्षेत्रमा उतारचढाव आउनेछ । अनावश्यक एवं अनपेक्षित खर्च हुने योग छ । काममा बाधा आए पनि पारिवारिक सुख एवं सद्भाव कायम रहनेछ । कहिलेकाहीँ अनाहकमा रिस उठ्नसक्छ । दाम्पत्य जीवनमा पनि अनपेक्षित विवाद हुनसक्छ । नवविवाहितहरूले विशेष सजग भएर काम गर्नुपर्ने बेला छ ।
वृष
कामको परिणाम कस्तो होला भनेर मनमा एक प्रकारको हलचल पैदा भए पनि परिणाम भने सकारात्मक नै रहनेछ । पारिवारिक स्वास्थ्य समस्या देखापर्नसक्छ, सबैको स्वास्थ्य र खानपिनमा विशेष ध्यान दिनुहोला । दाम्पत्य जीवनमा समझदारी हुादाहुादै पनि अनपेक्षित विवाद उत्पन्न हुनसक्छ । व्यावसायिक क्षेत्र फस्टाउँदै जानेछ । सन्तान सुख मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । प्रतियोगितात्मक कार्यमा सफल भइनेछ ।
मिथुन
व्यक्तिगत वा कार्यालयको कामले यात्रा गर्नुपर्ला । पारिवारिक एवं व्यावसायिक जिम्मेवारीले मनमा केही बोझ थपिनसक्छ । वादविवाद हुने योग छ । काम एवं खानपिनको तालमेल मिलाउन सके स्वास्थ्य बलियो रहनेछ । दाम्पत्य जीवन पनि सुमधुर देखिन्छ । छोराछोरीको पढाइ र स्वास्थ्यका साथै अन्य क्रियाकलापमा पनि ध्यान दिनुहोला । पेटका बिरामीहरूले विशेष सजग रहनुपर्ने बेला छ ।
कर्कट
मन प्रसन्न रहनेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । काममा सफलता प्राप्त हुनेछ । कुनै नवीन कार्यमा हात हाल्ने मौका मिल्ला । पारिवारिक जमघट हुनुका साथै मित्रहरूसित पनि भेटघाट हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रतिस्पर्धात्मक क्रियाकलापमा सफलता मिल्नेछ । व्यावसायिक क्षेत्र फस्टाउादै जानेछ । विभिन्न सरसामग्रीको किनमेल होला ।
सिंह
विभिन्न जिम्मेवारी आइलाग्नेछ । स्वास्थ्य समस्याले सताउनेछ । छोराछोरी र अभिभावकबीच मतभेद हुने योग छ । दाम्पत्य जीवनमा पनि अनपेक्षित विवाद हुने सम्भावना छ । साथीभाइहरूबाट सहयोग प्राप्त होला । पराक्रम बढ्नेछ । जतिसुकै बाधा वा समस्या आए पनि धैर्य, आत्मविश्वास, परिश्रम तथा जुझारूपनले गर्दा सबै कार्य राम्रोसँग सम्पन्न हुनेछन् । काममा विभिन्न माध्यमबाट सहयोग पाइनेछ ।
कन्या
योजनाअनुरूप सबै कार्य सम्पन्न हुँदै जानेछन् । पारिवारिक सुख–समृद्धि बढ्नेछ । विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । व्यावहारिक काम गर्दा सजग रहनुहोला । घुम्न जाने अवसर जुट्नेछ । विभिन्न कुराको लाभ हुनेछ । विशेष व्यक्तिसित भेट्ने मौका मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । समझदारी हुँदाहुँदै पनि अज्ञानतावश दाम्पत्य जीवनमा खटपट पर्नसक्छ । कुनै पनि कुराको प्रतिक्रिया राम्रोसँग बुझेर मात्र दिने प्रयास गर्नुहोला ।
तुला
सन्तोषजनक महिना छ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । आर्थिक पक्ष सुदृढ देखिन्छ । काममा अपेक्षित सफलता हात पर्नेछ । दाम्पत्य जीवन सुखमय रहला । घुमघाम गर्ने अवसर जुर्नेछ । परिवारका सदस्यहरूसित राम्रो समय बिताउने मौका मिल्नेछ । साथीहरूसित जमघट हुने वा पिकनिकमा संलग्न हुने अवसर जुर्नेछ । सबै काम आफ्नो इच्छाबमोजिम सम्पन्न हुनेछन् । हर्ष बढ्नेछ ।
वृश्चिक
व्यक्तिगत काममा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । टाउको एवं आाखा दुख्ने समस्याले सताउन सक्छ । मालसामान हराउने वा छुट्ने सम्भावना छ । कुनै कुराले मन चिन्तित रहनुका साथै काममा पनि जाँगर नलाग्नसक्छ । अपेक्षित व्यक्तिबाट पनि भनेजस्तो सहयोग नमिल्नसक्छ । प्रतिस्पर्धीहरूबाट टाढै रही आफ्नो काम आफै गर्ने प्रयास गर्नुहोला । अनावश्यक खर्चको योग छ ।
धनु
व्यस्तता एवं चुनौती बढ्नेछ । पारिवारिक एवं व्यावसायिक जिम्मेवारीले भ्याइनभ्याइ हुनसक्छ । आर्थिक समस्या पर्नसक्छ । कामका साथसाथै खानपानको पनि राम्रो व्यवस्था गरे सम्भावित स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ । काममा अपजस मिल्नसक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयास गर्नुहोला । अनावश्यक वादविवाद हुनसक्छ । प्रतिस्पर्धीहरूबाट सतर्क रहनुका साथै बोली एवं व्यवहारमा पनि सजगता अपनाउनुपर्ने बेला छ ।
मकर
व्यक्तिगत कार्यमा सफलता हात लाग्नेछ । इच्छानुसार समय यापन गर्ने अवसर जुुर्नेछ । श्रीमान्सँग मतभेद देखा परे पनि एक–अर्काप्रतिको मायाप्रीति भने यथावतै रहनेछ । कुनै–कुनै कुरामा सोचेजस्तै सफलता प्राप्त भए पनि कुनैमा भने अपेक्षाअनुरूपको उपलब्धि नमिल्नसक्छ । आकस्मिक स्वास्थ्य समस्या देखापर्न सक्छ । कुनै कुराले चिन्तित तुल्याउन सक्छ । सकारात्मक सोचका साथ अघि बढे मन प्रसन्न रहनेछ ।
कुम्भ
काममा अपेक्षित सफलता हात पर्नेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नुका साथै व्यावसायिक कार्य पनि सफल रहनेछ । आर्थिक पक्ष सुदृढ देखिन्छ । पारिवारिक सुख–समृद्धि वृद्धि हुनेछ । साथीभाइ एवं इष्टमित्रसित भेटघाट हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । सबै कार्य सुचारु रूपले पूरा हुनेछन् । भ्रमण गर्ने अवसरका साथै मान–सम्मान पनि प्राप्त हुनेछ । अनपेक्षित विवाद वा अपजसको सामना गर्नुपर्ने हुनसक्छ ।
मीन
सबै समस्या समाधान हुादै जानेछन् । माइतीपक्षसित भेटघाट हुनेछ । धार्मिक कार्यमा संलग्न हुनुपर्ला । आर्थिक पक्ष सुदृढ रहनेछ । विभिन्न सरसामान जोर्ने अवसर जुर्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । कुनै विशेष कुरा उपलब्ध हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । न्यायिक एवं सामाजिक कार्यमा सफलता हात पर्नेछ । टाउको एवं आँखा दुख्ने समस्याले सताउनसक्छ ।