Successfully Copied

फ्रेस फेस

स्मार्ट र कुल देखिने सबैभन्दा पहिलो सर्त हो, फ्रेस र स्वस्थ छाला । आफ्नो स्किन टोनअनुसार हर्बल ब्युटी प्रोडक्ट छनोट गर्नुपर्छ । कुनै पनि ब्राइटनिङ लोसन उपयुक्त हुन्छ । यस्तो लोसन वाटर बेस्ड हुनुपर्छ ।

स्मार्ट र कुल देखिने सबैभन्दा पहिलो सर्त हो, फ्रेस र स्वस्थ छाला । आफ्नो स्किन टोनअनुसार हर्बल ब्युटी प्रोडक्ट छनोट गर्नुपर्छ । कुनै पनि ब्राइटनिङ लोसन उपयुक्त हुन्छ । यस्तो लोसन वाटर बेस्ड हुनुपर्छ । यसमा हेलोरानिक एसिडजस्ता विशेष गुण हुनुपर्छ । यसले स्किनभित्रसम्म नमी प्रदान गर्छ र अनुहारमा लामो समयसम्म ताजापन कायम रहन्छ । मेकअपमा सिमरयुक्त क्रिम हाइलाइटर प्रयोग गर्नुपर्छ । त्यसलाई चिक बोन तथा आँखीभौंमुनिको ब्रो बोनमा प्रयोग गरिन्छ ।

फ्रेस आई

निधारसम्मको केश पछाडि राख्नुपर्छ र ल्यासेजलाई ल्यास कर्लबाट कर्ल गर्नुपर्छ । त्यसभन्दा पहिले कालो वा ट्रान्सपरेन्ट मस्काराको एउटा कोट लगाउन सकिन्छ । लिफ्टिङ र भोल्युमाइजिङ फर्मुलायुक्त मस्कारा प्रयोग गर्दा आकर्षक लुक प्राप्त हुन्छ ।

पिम्पल फस्र्ट एड

गर्मीमा पिम्पलले स्वागत गर्नुपूर्व चिकित्सकको सल्लाहअनुसार एन्टी पिम्पल क्रिम प्रयोग गर्नुपर्छ ।

एसपीएफ मेकअप

गर्मी मौसममा एसपीएफयुक्त मेकअप प्रयोग गर्नुपर्छ । यदि आफूसित एसपीएफयुक्त मेकअप छैन भने मेकअप बेसभन्दा पहिले सनस्क्रिन कोट लगाउनुपर्छ ।

ब्राइट स्माइल

दाँत पहेंलो छ भने डेन्टिस्टको सल्लाहअनुसार टुथ ब्राइटनर प्रयोग गर्न सकिन्छ । ओठमा फ्युसिया, पिन्क वा रेड लिपिस्टिक प्रयोग गर्न सकिन्छ । जब दाँत सेतो र सुन्दर हुन्छ, तब लिप कलर पनि आकर्षक देखिन्छ ।

बेस्ट ब्रोन्ज

गर्मीको प्रचण्ड घाममा अनुहारमा एउटा सुनौलो किरण जस्तो सुन्दर आभा देखिन सक्छ । ब्रोन्जर स्टिकलाई आँखामा आइस्याडो वा ओठमा लिप कलरका रूपमा प्रयोग गर्नुपर्छ । यसलाई लिप ब्रसको सहायताले लगाउनुपर्छ । यसबाट पर्फेक्ट लुक प्राप्त हुन्छ ।

फलर्ट विद  हेयर

आफ्नो केशमा कुनै नयाँ प्रयोग गर्न चाहने तर स्थायी प्रभाव नचाहने हो भने परमानेन्ट स्ट्रेटनिङ वा कलरिङको साटो सेरामिक प्लेटको प्रयोगले राम्रो परिणाम प्राप्त हुन सक्छ । कुनै राम्रो कम्पनीको टेम्पररी स्ट्रेटनिङ गर्ने उपकरण प्रयोग गर्न सकिन्छ । कुनै बो नेक ब्लाउज वा टप लगाउँदा भने साइड चुल्ठो स्टाइलिस देखिन्छ । चुल्ठो बनाएपछि अन्तमा कुनै कलरफुल ब्यान्ड प्रयोग गर्नुपर्छ ।

ब्रो ग्रुमिङ

आफ्नो आई ब्रोलाई ग्रुम गर्नुपर्छ । थोरै ब्रो जेल प्रयोग गरी आई ब्रो ब्रस गर्नुपर्छ । आँखीभौं हल्का छ भने आई ब्रो पेन्सिलको लाइट स्ट्रोक लगाउन सकिन्छ ।

एक्स्ट्रा साइनिङ

केशमा आफ्नो फेभरेट स्याम्पु तथा कन्डिसनरका साथमा असेन्सियल ओयलको केही थोपा प्रयोग गर्नु राम्रो हुन्छ । केश धोएपछि ब्लो ड्राई गर्नुपर्छ । यसबाट केश उडेजस्तो देखिँदैन र त्यसमा एक्स्ट्रा साइन आउँछ ।

स्मार्ट हेयर स्टाइल

साइड चुल्ठो, टप नट वा पोनिटेल, कुनै पनि स्टाइल अपनाउन सकिन्छ । पोनिटेल बनाएपछि पनि केश उडेजस्तो देखिन्छ भने वाटरबेस्ड जेल प्रयोग गर्न सकिन्छ । टप नटमा सम्पूर्ण केश माथि तानेर बाँध्नुको साटो निधारसामु केही सर्ट लेयर खुल्ला छोड्नु ठीक हुन्छ । यसबाट मुहारको आकारमा उभार आउँछ । बबी पिन्सबाट जुरोलाई फिक्स गर्नुपर्छ ।

आई लाइनर

आँखालाई इन्स्टेन्ट ग्ल्यामरस लुक दिन ब्ल्याक आई पेन्सिलको स्ट्रोक प्रयोग गर्नुपर्छ । गर्मीमा गाजलको साटो आइलाइनर लगाउनुपर्छ । यसले अनुहारलाई क्लियर तथा क्लिन लुक प्रदान गर्छ ।

परफ्युम फिवर

गर्मी मौसममा सुगन्धको सबैभन्दा बढी आवश्यकता हुन्छ । पसिना बढी आउन नदिन पानीमा दुई चम्चा पुदिनाको रस तथा एक चम्चा कागतीको रस मिसाउन सकिन्छ । यसबाट पसिनाको गन्धको समस्या पनि रहँदैन । नुहाउने पानीमा दुई थोपा असेन्सियल ओयल प्रयोग गर्नुपर्छ वा युडी कोलोनको केही थोपा हाल्नुपर्छ । यसबाट पूरा दिन ताजा महसुस गर्न सकिन्छ ।

 Image