कर्मयोगी जोडी
सुदूरपश्चिम बैतडीका माइकल (हरीश) चन्द र काठमाडौंकी भुवन थापाले सँगै साथ बिताएको ४७ वर्ष भयो । उनीहरूले आफूहरूलाई ‘कर्म’ ले जोडेको बताउँछन् ।

आर्थिक कारोबार वा लेनदेनका कारण सम्बन्धमा चिसोपन आउन सक्छ । त्यसकारण पैसाको लेनदेन गर्दा निकै विचार पुर्याउनुपर्छ । माया पैसाभन्दा धेरै माथि छ भनिए पनि व्यावहारिक रूपमा माया गौण बन्न पुग्छ । त्यसैले पैसाकै कारणले धेरै सम्बन्धको अन्त्य पनि भएको देखिन्छ । विवाहपछि फजुल खर्चका कारण दम्पतीमा झगडासमेत सुरु हुन्छ । फजुल खर्च गर्ने साथीलाई सम्हाल्न निकै कठिन हुन्छ । आयअनुसार खर्च गर्ने बानी बसालेर आपसी सम्बन्धलाई बलियो बनाउनुपर्छ अन्यथा जीवनको सहयात्रा बीच बाटोमै टुट्न पनि सक्छ ।
के जीवनसाथी खर्चालु छन् ?
विभिन्न शोधले पैसाका कारण धेरैको दाम्पत्य जीवन धरापमा परेको औंल्याएको छ । जब दम्पतीबीच खर्च र आम्दानीबीच असमानता हुन्छ तब आपसमा ठाकठुक सुरु हुन्छ । श्रीमान्–श्रीमतीमध्ये एक बचत गर्ने र अर्को खर्चालु भए झगडा हुन्छ । त्यसैले दुवैमा मनमुटाव हुन्छ । झगडा मात्र होइन छोडपत्रको अवस्था पनि आउन सक्छ । कतिपय अवस्थामा आवश्यक वस्तु खरिद गर्दा ज्ञानको कमीका कारण फजुल खर्च गरिन्छ । त्यसैले सबैभन्दा पहिले जीवनसाथी फजुल खर्ची छ कि छैन निश्चित गर्नुपर्छ । कहिलेकाहीँ सामान खरिद गर्दा धेरै छुट पनि पाइन्छ । घरको बजेट बिग्रिए पनि त्यसलाई फजुल खर्चमा राख्न मिल्दैन ।
फजुल खर्च
क्रेडिट कार्ड भुक्तान गर्दा खर्चको अनुमान हुँदैन । यसबाट आवश्यकताभन्दा बढी पैसा खर्च हुन्छ ।
समस्यालाई गम्भीरतापूर्वक लिनुपर्छ जोडीहरूका लागि पैसाभन्दा पनि सम्बन्ध महत्वपूर्ण हुन्छ । जोडीहरूको भावना आपसमा जोडिएको हुन्छ । यदि आफ्नो जीवनसाथीको चाहना पूरा गर्न आफू असमर्थ भए आफूलाई सोहीअनुसार ढाल्नुपर्छ । फजुल खर्चमा रोक लगाउनुपर्छ । पैसाले मात्र समस्या उत्पन्न हुन्छ भन्ने छैन । आफ्नो आर्थिक अवस्था राम्रो भए पनि साथीको फजुल खर्चले समस्या उत्पन्न गर्न सक्छ । आफूले बचत गरेको पैसा साथीले जहाँ वायो त्यहीँ खर्च गरिदिँदा असह्य हुनसक्छ । सधैं गरिएको खर्चलाई बेवास्ता गर्न सकिँदैन । यदि खर्च अपेक्षा गरेभन्दा बढी भए ऋण बढ्न सक्छ । बचत कम हुनु गम्भीर समस्या हो । यसको निकास चाँडै निकाल्नुपर्छ ।