नाजिरको ‘गुलाबी लुक्स’
अभिनेता नाजिर हुसेनको ‘फरक लुक्स’ सार्वजनिक भएको छ ।

पत्रपत्रिकाको विज्ञापन हेर्ने हो भने, कहीँ न कहीँ रिसेप्सनिस्टका निम्ति आवेदन माग गरिएको हुन्छ । यसबाट पनि बजारमा रिसेप्सनिस्टको माग उच्च भएको स्पष्ट छ । त्यसमा पनि रिसेप्सनिस्टमा युवतीकै माग बढी हुन्छ । यो क्षेत्रमा रोजगारी प्राप्त गर्न शिक्षा र प्रशिक्षणका साथै आकर्षक व्यक्तित्व हुनु आवश्यक छ । जुन युवती वा युवक रिसेप्सनिस्टमा आफ्नो करियर बनाउन चाहन्छन् र उनीहरूले यो क्षेत्रमा निकै राम्रो अवसर पनि प्राप्त गर्छन् ।
रिसेप्सनिस्टले आगन्तुकसँग साक्षात्कार गर्नुपर्ने भएकाले उनीहरू आकर्षक देखिनुका साथै नम्र र मीठो बोलीमा प्रस्तुत हुनुपर्छ । उनीहरूको व्यवहारबाट कम्पनीका सम्बन्धमा आगन्तुकले आफ्नो धारणा तयार गर्न सक्छन् । त्यसैले आगन्तुकलाई सकारात्मक प्रभाव पार्ने किसिमले रिसेप्सनिस्टले आफूलाई प्रस्तुत गर्नुपर्छ । रिसेप्सनिस्टमा अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्छ । त्यसबाहेक अन्य भाषामा पनि दख्खल भए सुनमा सुगन्ध हुन्छ भने उनीहरूमा हँसिलो अनुहारका साथै मीठो बोल्ने कला पनि चाहिन्छ ।