Successfully Copied

सलिल सुबेदी

नेपाली महिलाको छवी

नेपाली महिलाहरु डाइनामिक छन् । अहिले पनि कतिपय ठाउँमा समाज, संस्कृति, आर्थिक रुपमा दवाएर राखेका महिलाहरु पनि मेरो नजरमा आउँछन् । साथै त्यस्तो ठाउँवाट पनि आफ्नो सिर्जनात्मक शक्तिवाट आफ्नो सृजना प्रस्फुट गराउन प्लेट फर्म खोजेर लागेका नेपाली महिलाहरु पनि म पाउँछु । हुम्लामा मैले डोको रेडियो नामक कार्यक्रम बोकेर जाँदा आफ्नो गायन सुनाउन एकदिन हिडेर आएका कैयन् महिलाहरु पनि संगत गरें । उनीहरु आफ्नो नाम नभन्नुस्. है भनि गीत गाएर फर्किन्छन् । त्यसैले नेपाली महिलाहरु सृजनात्मक छन्, तर हामीले अवसर, ठाउँ भने दिन सकेका छैनौं ।

जीवनमा आमा र अन्य महिलाहरुको भुमिका

म आमा र पृथ्वीलाई एकै रुपमा तुलना गर्छु । पृथ्वीलाई काटेका छन्, सिध्याइ रहेका छन् , तर चुपचाप सहि रहन्छ । त्यस्तै अ ामा पनि आफ्ना छोरा , छोरीको लागि हरेक कुरा सहेर चुपचाप हुर्का रहेको हुन्छ । मेरो जीवनमा आमाकै बढि रोल छ । मेरो जीवनमा हजुर मूमा, बहिनी तथा महिला साथीहरुको क्रियटिभ सपोर्ट छ , जसले गर्दा मैले थेटर, संगीत, लेखनमा आफुलाइृ अधि बढाउन सकि रहेको छु ।

महिलाहरुको विशेषता

महिलाहरु बढि सुन्छन्, त्यसैले उनीहरुसंग काम गर्ने सजिलो लाग्छ । दुख, सुख दुवैमा राम्ररी सम्हाल्न सक्छन्, त्यो महिलाहरुको मुख्य विशेषता हुन् ।

महिलाहरुको कमजोरी

पुरुषहरुले महिलाहरुका कथाहरु, व्यथाहरु लेख्छन्, तर महिला आफैले त्यस विषयमा लेख्दा जसो जीवन्त हुँदैंन । अहिले थुपै्र महिला लेखिकाहरुले लेख्दै आएको पनि छ तर अरु विषयलाइृ पनि पुरुषसंगै लागेर लेख्न कन्जुस्याईं गर्नु हुँदैंन । पहिलो कुरा त आत्मबल बलियो बनाई अधि बढ्नु पर्छ, दवेर होइन, लडेर आउनु पऱ्यो । म विचरा भन्ने शब्द नै हटाउन जरुरी छ ।

 महिलाहरुका बलिया पक्ष

जे गर्छु भन्ने संकल्प गर्छन्, त्यो पुरा गरेरै छाड्छन् र प्रकृतिले नै दिएको सृष्टि गर्ने क्षमता ।

महिलाहरुको सुन्दरता

सुन्दरताको लागि शरीर भन्दा भित्री सुन्दरता आवश्यक हुन्छ । राम्री देखिनु, मेकअप, गहना, सुन्दर लुगाले पनि सुन्दर बनाइन्छ तर त्यो मुख्य कुरा होइन । राम्रो व्यवहार, मीठो बोली र पूर्वाग्रह विनाको सम्मान नै मुख्य रुपमा सुन्दरता हो ।

तपाईंको नजरमा सुन्दर महिला ?

दिदी भेरेना, साथी हिमा तथा बर्दियाकी बहिनीहरु रमा, सोनिया थारु, निर्मला परियार ।

नेपाली बोल्ड महिला ?

उमा सिंह लगायत सम्पूर्ण महिला पत्रकारहरु ।

आइडियल पर्सन

सबिना लेमान । मैले उहाँसंग ७ वर्ष थेटरको काम गरेको छु ।

आफ्नो क्षेत्रका प्रभावित महिला

आशा मगराठी तथा सरिता गिरी

महिलाका डर लाग्दो पक्ष

सहनशिलता , सहेर कतिपय ठाउँमा आफैलाई हानी पुऱ्याइरेहेको हुन्छन् ।

नेपाली महिलालाई सुझाव

मेरो काम कस्तो होला भनि डराएर काम नगर्ने भन्दा आफुमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने दिनु पर्छ ।

 Image