छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?

पुरुषहरूलाई किनमेल मन पर्दैन तर महिलाहरू किनमेल भनेपछि हुरुक्क हुन्छन् । पुरुषलाई किनमेल मन नपर्नुका धेरै कारण हुन सक्छन् तर पनि दुई मुख्य कारणमा एक त उनीहरूमा सामान छान्दै हिँड्ने धैर्य हुँदैन अर्को पैसा पनि उनीहरूकै खर्च हुन्छ ।
पुरुषहरूको स्वभाव आत्मकेन्द्रित हुन्छ । भनिन्छ, पाषाण युगमा पनि पुरुषहरू न त भोजनको खोजीमा निस्कन्थे न परिवारका लागि सिकार लिएर घर आउँथे । उति बेला पनि महिलाहरू परिवारका लागि केही न केही लिएर घर फर्कन्थे जुन स्वभाव अहिले पनि छ । बालबालिकाहरूका लागि खेलकुदका सामग्री, घर सजाउने सामग्री तथा अन्य यस्तै कुराहरू घर ल्याउने स्वभाव महिलाहरूमा अझै विद्यमान छ ।
यस्तै बाल्यकालदेखि आमासँग किनमेल गर्न जाँदा झोला बोकेको अनुभव पुरुषको मस्तिष्कमा कायम रहन्छ यसले गर्दा पनि उनीहरूलाई किनमेलप्रति वितृष्णा भएको हुन सक्छ ।
किनमेललाई महिलाहरूको गतिविधि मानिने भएकाले पनि पुरुषहरू किनमेल गर्न रुचाउँदैनन् ।
पुरुषहरूमा चाँडै काम सिध्याउने बानी हुन्छ । त्यसैले पनि उनीहरू विन्डो सपिङ तथा वार्गेनिङ गर्न रुचाउँदैनन् । यी कुरा पुरुषहरूको स्वभावभन्दा विपरीत भएकाले पनि पुरुषहरू किनमेल गर्न रुचाउँदैनन् ।
पुरुषहरू किनमेल गर्न नजान अनेक बहाना बनाउँछन् । किनमेलबाट बच्न विश्वकै सबै पुरुषले लगभग उही प्रकारका बहाना बनाउँछन् ।
अफिसियल काम
पुरुषहरू किनमेल गर्न जानुपर्ने भयो कि अफिसको कुनै काम छ भनी पन्छिन खोज्छन् ।
किनमेलबाट बच्न पुरुषहरू सरप्राइज डिनरको आयोजना गर्छन् । डिनर उनीहरूलाई किनमेल भन्दा उपयुक्त लाग्छ ।
परिवारको बहाना
विवाह नभएका पुरुषहरू केटी साथीसँग किनमेल गर्न जान मन नलागे परिवारसँग कतै जानुपर्ने बहाना बनाउँछन् ।
साथीहरूको साथ
किनमेलबाट बच्न पुरुषहरू साथीभाइसँगको जमघटको बहाना बनाउँछन् ।