पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।
क्यासेट
मिलन गीता
एक दशकअघि संगीत सिक्ने क्रममा भेटिएका मिलन र गीताले जीवनसाथीका रूपमा जीवन पनि सँगै बिताइरहेका छन् । अहिले उनीहरू एकसाथ एल्बम मिलन गीता लिएर बजारमा आएका छन् । आधुनिक एवं लोकपप शैलीका ५ वटा गीत समावेश गरिएको यो एल्बममा आशुसेन लामा, राजनराज शिवाकोटी तथा कमल क्षेत्रीको संगीत तथा शब्द सुन्न सकिन्छ । एल्बमका ३ वटा सोलो गीत मिलनले गाएका छन् भने २ वटा डुएट गीत हुन् ।