प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
क्यासेट
मिलन गीता
एक दशकअघि संगीत सिक्ने क्रममा भेटिएका मिलन र गीताले जीवनसाथीका रूपमा जीवन पनि सँगै बिताइरहेका छन् । अहिले उनीहरू एकसाथ एल्बम मिलन गीता लिएर बजारमा आएका छन् । आधुनिक एवं लोकपप शैलीका ५ वटा गीत समावेश गरिएको यो एल्बममा आशुसेन लामा, राजनराज शिवाकोटी तथा कमल क्षेत्रीको संगीत तथा शब्द सुन्न सकिन्छ । एल्बमका ३ वटा सोलो गीत मिलनले गाएका छन् भने २ वटा डुएट गीत हुन् ।