बिविचको अर्को शाखा दरबारमार्गमा
भारतीय प्रख्यात ब्राण्ड बिविचको नयां शाखा दरबारमारर्गस्थित टाइम्स स्क्वायर मलमा खुलेको छ । नेपालमा बिबिच ब्राण्डेड लञ्जरी भित्र्याउने संगीता थापाले यस अघि कुपाण्डोलबाट यो ब्राण्डलाइ नेपाल भित्र्याएकी थिइन् । सोमबार दरबारमार्गको नयां शोरुमा उद्घाटनका लागी पुर्व मीस नेपाल उषा खड्गी, सृष्टि श्रेष्ठ, सौन्दर्यबिद कमला श्रेष्ठ, अधिकारकर्मी सृजना अधिकारी तथा एनबी बैंककी प्रतिभा लिम्बु ताम्राकारले संयुक्त रुपमा रिबन काटेका थिए । बिविचमा उच्च गुाण्स्तरीय र लगाउंदा सहज हुने मात्र नभएर देख्दा आकर्षक र शरिरको बनावटलाइ पर्फेक्ट लुकस दिने महिलाका अन्तरबस्त्र उपलब्ध छन् ।