Successfully Copied

भाइलाइ दक्षिणाको लोभ

आमाले तिहारको दक्षिणास्वरूप चेलीबेटीलाई दिन लगाएको पैसा सधैं आफैं राख्ने आफ्नो भाइ बुद्धिको बाल्यकालको क्रियाकलाप सम्झदा तृष्णा गुरुङलाई उही समयमा फर्कन मन लाग्छ । तृष्णा भन्छिन्–‘मम्मीले हामीलाई टीका लगाइदिएपछि दक्षिणाका लागि दिएको पैसा कहिल्यै हामीलाई नदिने, सधै आफैं राख्ने, त्यति मात्र हो र

तृष्णा गुरुङ, फेसन डिजाइनर 

डा. बुद्धि गुरुङ, बालरोग विशेषज्ञ 

आमाले तिहारको दक्षिणास्वरूप चेलीबेटीलाई दिन लगाएको पैसा सधैं आफैं राख्ने आफ्नो भाइ बुद्धिको बाल्यकालको क्रियाकलाप सम्झदा तृष्णा गुरुङलाई उही समयमा फर्कन मन लाग्छ । तृष्णा भन्छिन्–‘मम्मीले हामीलाई टीका लगाइदिएपछि दक्षिणाका लागि दिएको पैसा कहिल्यै हामीलाई नदिने, सधै आफैं राख्ने, त्यति मात्र हो र उसलाई पनि दक्षिणा चाहिने त्यो पनि हाम्रो बराबर ।’ 

आफूलाई सबैभन्दा मन पर्ने चाड तिहारमा तृष्णा मनैदेखि प्रफुल्लित हुन्छिन् । विशेषत: उनलाई यो चाडमा बत्तीको झिलिमिली र भाइटीकाले आकर्षित गर्छ । परिवारलाई बढी केयर गर्ने आफ्नो भाइको सर्वाधिक राम्रो पक्ष भएको बताउँदै तृष्णाले भनिन्–ऊ व्यवहारमा एकदमै परिपक्व छ । परिवारको हेरचाहमा निक्कै गम्भीर छ । ३ दिदीबहिनीमध्ये म भाइसँग बढी सहज महसुस गर्छु भने ऊ पनि आफ्ना हरेक कुरा मसँग सेयर गर्न हिच्किचाउँदैन । लभ अफेयर, गर्लफ्रेन्ड, घरायसी व्यवहार, साना–ठूला निर्णय हरेक कुरामा दुवै एक–अर्काको सल्लाहमा निर्भर रहन्छन् । ऊ मेरो क्लासमेट पनि हो । सानोमा सधै तृष्णाको क्लासमा पढ्ने भन्थ्यो । त्यसैले क्लास जम्प गराएर मम्मीले सँगै राखिदिनुभयो । त्यसपछि ऊ भाइ कम बेस्टफ्रेन्ड बढी हुँदै जान थाल्यो । 

भ्रातृत्वको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा तिहारलाई बुझेका डा.बुद्धि यो पर्वले चेलीबेटीसँग दाजुभाइको सम्बन्धलाई अझ बलियो बनाउने तर्क राख्छन् । डा. गुरुङ भन्छन्–तिहारका ५ दिनमध्ये भाइटीका विशेष छ । दिदीहरूले जल भरिएको कलशले छेकेर सबै रोग–व्याधी, दु:ख–कष्ट ओखरसँगै फुटाउँदा उनको मन भावुक हुन्छ । उनीहरूप्रतिको सम्मान र कर्तव्य अझ बढेर जान्छ । अत्यन्तै मेहनती र आफ्नो क्षेत्रमा कर्मठ आफ्नी दिदी तृष्णा आफ्ना लागि सबथोक भएको डा. बुद्धिले बताए । 

 

 Image