५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
नेपाली जनताले चुनेका प्रतिनिधिबाटै तयार भएको ‘नेपालको संविधान’ आज विधिवत् ढंगबाट जारी हँुदैछ । यसबाट लामो समयदेखिको अन्योल पनि अन्त्य भएको छ । पहिलेका संविधानको तुलनामा प्रगतिशील एवं अग्रगामी मानिएको यो ऐतिहासिक उपलब्धिको रक्षा गर्न सबै असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नुपर्ने चुनौती भने प्रमुख राजनीतिक दलहरूसामु अझै छ । नागरिकता, महिला आयोगजस्ता महिलाका मुद्दाहरूलाई पनि राम्रैसँग सम्बोधन गरिएकाले यो संविधान विगतका तुलनामा महिलामैत्री हुने निश्चित छ तथापि कार्यान्वयन पक्षमा सुधारको अपेक्षा उत्तिकै रहनेछ ।