५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरुले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । दतिवन अर्थात् अपामार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र कर्कलोको तरकारी खाने चलन छ । यो दिन श्रीमानले पकाएको भोजन खाँदा आपसी आत्मीयता र सद्भाव बढ्ने विश्वास छ ।