Successfully Copied

मेहन्दी तथा तीज

यही डिजाइन भन्ने छैन । चाडपर्व आदिमा महिलाहरू सोर्‍ह शृंगार गरेर बस्न मन पराउँछन् । मेहन्दी पनि सोर्‍ह शृंगारमध्ये एक मानिन्छ । आफनो रुचिअनुसार महिला दिदीबहिनीहरू फरक–फरक डिजाइनका मेहन्दी लगाउँछन् । ट्याटु मेहन्दी पनि लोकप्रिय छ । महिलाहरू आफ्ना हातखुट्टामा सकेसम्म राम्रो डिजाइन

अनिता राजभण्डारी 

इन्काज मेहन्दी एण्ड नेल आर्ट ट्रेनिङ सेन्टर, जमल 

मेहन्दीको विकास कस्तो छ ? 

प्राचीन कालमा मेहन्दीलाई औषधिका रूपमा प्रयोग गरिन्थ्यो । यसको उत्पत्ति इजिप्टबाट भएको हो । नेपालमा पनि यसको विकास सकारात्मक छ । यसले फरक व्यवसायका रूपमा आफ्नो विकास गरिरहेको छ । नेपालमा विशेषगरी महिलाहरू साउन महिना तथा तीजमा मेहन्दी लगाउँछन् । 

मेहन्दीको कस्तो डिजाइन लोकप्रिय छ ? 

यही डिजाइन भन्ने छैन । चाडपर्व आदिमा महिलाहरू सोर्‍ह शृंगार गरेर बस्न मन पराउँछन् । मेहन्दी पनि सोर्‍ह शृंगारमध्ये एक मानिन्छ । आफनो रुचिअनुसार महिला दिदीबहिनीहरू फरक–फरक डिजाइनका मेहन्दी लगाउँछन् । ट्याटु मेहन्दी पनि लोकप्रिय छ । महिलाहरू आफ्ना हातखुट्टामा सकेसम्म राम्रो डिजाइन बनाउन मन पराउँछन् । 

महिलाको सुन्दरतामा मेहन्दीको कस्तो भूमिका रहन्छ ? 

हातको सुन्दरताले पनि व्यक्तित्वमा निखार ल्याउँछ । मेहन्दीले महिलाहरूको शृंगारमा पूर्णता ल्याउँछ । मेहन्दीलाई केशको सौन्दर्य बढाउन पनि प्रयोग गर्न सकिन्छ । यसलाई आयुर्वेदिक औषधिका रूपमा पनि प्रयोग गरिन्छ । 

मेहन्दीका फाइदा के–कस्ता छन् ? 

मेहन्दीलाई हातखुट्टा सिंगार्न मात्र नभएर औषधिका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।  

–यसको प्रयोगले कुनै नकारात्मक असर गर्दैन ।

–केशमा मेहन्दीको प्रयोग गर्दा केश झर्न कम हुन्छ र प्राकृतिक चमक पनि आउँछ ।

–आगोले पोलेको घाउमा एस्टोजेन्टका रूपमा मेहन्दी प्रयोग गर्न सकिन्छ ।

–टाउको दुख्नुका साथै शरीरमा धेरै गर्मी भए मेहन्दी उपयोगी हुन सक्छ ।

–घाँटी दुखेको अवस्थामा मेहन्दीको पात उमालेर उक्त पानीले गारगल गरे पीडा कम हुन्छ ।

–नङको कन्डिसनिङका लागि पनि मेहन्दी प्रयोग गर्न सकिन्छ ।

मेहन्दी लगाउने उपयुक्त उपाय के–के छन् ? 

–हात राम्रोसँग धोएर मात्र मेहन्दी लगाउनुपर्छ ।

–हातमा मेहन्दी लगाइसकेपछि कम्तीमा २ देखि ३ घन्टा सुक्न दिनुपर्छ ।

–हातमा लगाइएको मेहन्दी सुक्न थालेपछि कागतीको रस र चिनीको मिश्रण दुई पटक लगाउनुपर्छ । त्यसपछि हातमा मेहन्दी २ देखि ३ घन्टा राख्न सहज हुन्छ ।

–मेहन्दी सुकेपछि उक्त मेहन्दीको माथि कुनै पनि खान योग्य तेल लगाई १० मिनेटपछि उक्काउनुपर्छ ।

–मेहन्दी लगाएको दिन मेहन्दी लगाएको हातमा पानी पर्न दिनुहुँदैन जसका कारण मेहन्दी लामो  समय टिक्छ ।

–सुकेको मेहन्दी हातबाट हटाएपछि ८ देखि १० वटा ल्वाङ तावामा राखी तताउने । तातेको ल्वाङको धूवाँले मेहन्दी लगाइएको हात सेक्ने । यसो गर्नाले मेहन्दीको कलर गाढा बस्छ ।

–हातमा लगाइएको मेहन्दीलाई आफै सुक्न दिने । मेहन्दी सुकाउन पंखाको प्रयोग गर्नुहुँदैन । त्यसो गर्दा मेहन्दीको कलर गाढा हुन पाउँदैन ।

–मेहन्दी लगाउनुअघि नङमा पालिस लगाउनु व्यावहारिक हुन्छ ।

–मेहन्दी साँझपख लगाएर अबेर राति उप्काउनु प्रभावकारी हुन्छ ।

 Image