Successfully Copied

प्राकृतिक उपचार

प्राकृतिक उपचार के हो ? कुनै पनि औषधि सेवन नगरी प्रकृतिका पाँच तत्व (पृथ्वी, जल, वायु, अग्नि र आकाश) को प्रयोगद्वारा गरिने उपचार विधि नै प्राकृतिक उपचार हो ।

प्राकृतिक उपचार के हो ? 

कुनै पनि औषधि सेवन नगरी प्रकृतिका पाँच तत्व (पृथ्वी, जल, वायु, अग्नि र आकाश) को प्रयोगद्वारा गरिने उपचार विधि नै प्राकृतिक उपचार हो ।  

यो उपचारअन्तर्गत के–के पर्छन् ?

यसअन्तर्गत फिजियोथेरापी, हाइड्रोथेरापी, मड थेरापी, अकुपंचर, अकुप्रेसर, योग, प्राणायाम, ध्यान, शिरोधारा तथा मसाज थेरापी छन् । 

सिर्जना श्रेष्ठ, अध्यक्ष आयुष अस्पताल, नयाँबानेश्वर, सुरुचि मार्ग

अहिले महिलामा कस्ता समस्या बढी देखिन्छन् ? 

महिलाहरूमा धेरैजसो ढाड दुख्ने, घुँडा दुख्ने, नसा च्यापिने तथा प्यारालाइसिसको समस्या देखा परेको छ । 

रोग लाग्ने कारण  ? 

अहिलेको व्यस्त जीवनशैली, व्यायामको कमी तथा खानपान । धेरै समयसम्म कुर्सीमा बसेर काम गर्दा ढाड तथा गर्दन दुख्ने समस्या उत्पन्न हुन सक्छ । धेरै समयसम्म कम्प्युटरमा काम गर्दा हात दुख्ने समस्या पनि हुन्छ । यसैगरी अहिले धेरै महिलाले बाइक तथा स्कुटी चलाउने गरेका छन् जसले गर्दा ढाड दुख्ने समस्या उत्पन्न हुनसक्छ । 

रोग लाग्न नदिन के गर्नुपर्छ ? 

आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । नियमित रूपमा व्यायाम गनुपर्छ । मौसमअनुसारका तथा अर्गानिक खानेकुरामा जोड दिनुपर्छ । एकै ठाउँमा बसेर काम गर्नुपरे समय–समयमा ब्रेक लिनुपर्छ । कम्तीमा हप्तामा एक वा दुईपटक प्राकृतिक उपचार गराउनुपर्छ । 

 Image