५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
गीता भण्डारी, नर्स, बीएस्सी नर्सिङ

सामान्य रोगका लागि प्राथमिक उपचार के हुनसक्छ ?
ज्वरो आउँदा पानीपट्टी दिनुका साथै सिटामोल, निम्सजस्ता सामान्य औषधि ख्वाउन सकिन्छ । ज्वरो आउँदा पानी धेरै पिउनु हुँदैन भन्ने भनाइ गलत हो । ज्वरो आएको अवस्थामा डिहाइड्रेसन हुने हुँदा प्रशस्त मनतातो पानी पिउन दिनुपर्छ । झ्यालढोका खुल्ला राखी पातलो कपडा ओढ्नुपर्छ । रुघाखोकीमा बाफ लिने अनि तुलसीको पात, हिङ तथा जिरा हालेर पकाइएको पानी मनतातो बनाएर पिउनुपर्छ । चोटपटक लागेको स्थितिमा उपलब्ध भए बेटाडिन नभए साबुनपानीले घाउ सफा गर्ने अनि मर्किएको ठाउँमा आइडेक्सले हल्का मसाज गर्नु प्राथमिक उपचारभित्र पर्छन् ।
यस्ता प्राथमिक उपचार रोग निको पार्न कत्तिको सहयोगी हुन्छन् ?
यस्ता उपचारले रोग चट्टै निको पार्नेभन्दा पनि कालान्तरमा गएर थप समस्या हुन दिँदैनन् । यो बिरामीको उपचारमा लाग्नुअघिको प्रक्रिया मात्र हो ।
प्राथमिक उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरू के–के हुन् ?
सर्वप्रथम सरसफाइमा ध्यान दिनु जरुरी छ । त्यसपछि सामग्री उपलब्ध हुनुपर्छ । खिया लागेका कैंची वा ब्लेड प्रयोग गर्नु हुँदैन । यस्तो बेला भर्खर आरनबाट झिकेका औजार प्रयोग गर्नु उत्तम हुन्छ भने उपलब्ध नभएको खण्डमा पानीमा उमाल्नुपर्छ । उपचार दिने मानिसले पनि मास्क लगाउने, उपचार सुरु गर्नुअघि साबुनपानीले हात धुनुका सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ ।
यस्तो उपचारले कस्ता रोग निको हुन्छन् ?
अत्यन्त सरल र सामान्य रुघाखोकी, ज्वरो, पेट दुख्ने, हातखुट्टा बाउँडिने वा झमझमाउने साधारण रोग निको हुन्छन् । प्राथमिक उपचार भन्नेबित्तिकै उपचारको पहिलो चरण हो त्यसपछि पनि उपचारलाई निरन्तरता दिनु जरुरी हुन्छ ।
प्राथमिक उपचारमा हुने सामान्य गल्ती के हो ?
कतिपय अवस्थामा बिरामी बेहोस भएर लडिरहेको हुन्छ त्यसलाई मर्यो भनेर छाडिन्छ । थप उपचार नपाएपछि उसको ज्यान खतरामा पर्छ । सर्वप्रथम बिरामीलाई के भएको हो भन्ने खुट्याउनु जरुरी हुन्छ । कतिपय रोगमा उठाउनु हुँदैन । मानिसहरू आत्तिएर बिरामीलाई घिसारिरहेका हुन्छन् । सर्पको टोकाइमा विष मुखले चुस्ने, टोकेको ठाउँमा आगोले डाम्ने आदि काम गर्नुहुँदैन । सरुवा रोग हुनसक्ने भएकाले उपचारपछिका सामग्री नष्ट गर्ने कुरामा विशेष सावधानी अपनाउनुपर्छ । प्राथमिक उपचार गर्दा बिरामीप्रति स्नेहभाव राख्नुपर्छ ।