Successfully Copied

होप हर्मिटेज क्लब

होप हर्मिटेज क्लबले वृद्धवृद्धाहरूलाई विभिन्न क्रियाकलापमा लगाएर उनीहरूलाई खुसी प्रदान गर्छ । हेरचाह, सेवा, माया तथा सहकार्यले यहाँ बस्नेहरूको जीवन रमणीय छ । नेपाली समाजमा आफ्ना आमाबुवाहरूप्रति गरिने व्यवहार परिवर्तन गर्नु होप हर्मिटेज क्लबको उद्देश्य हो । यो संस्थाले विभिन्न सुविधा, हेरचाह, सपोर्ट

पाँच जना प्रखर तथा अनुभवी महिलाको समूहबाट संचालित यो ओल्ड एज क्लबले वृद्धवृद्धाहरूको हकमा काम गरिरहेको छ।

यसको दर्ता कम्पनी ऐन २०६९  मा भएको हो । यो एउटा  सेवामूलक संस्था हो । यो सिनियर सिटिजन्सहरूलाई सेवा प्रदान गर्ने संस्था हो । यसलाई वृद्धवृद्धाहरूको  क्लब भन्न सकिन्छ ।  यहाँ वृद्धवृद्धाहरूलाई  सामाजिक मूल्य–मान्यता अनुरूप राम्रो सेवा प्रदान गरिन्छ । अहिले यहाँ १० जना कर्मचारी कार्यरत छन् । यसले आफ्नो काम सन् २०१४ मा प्रारम्भ गरेको हो । यो संस्थाले वृद्धवृद्धाहरूले आफ्नो समयमा समाजमा निकै बलिदान दिएको अनुभव गर्छ । उनीहरूले समाजका लागि केही गरेकै कारण हामीले पनि उनीहरूलाई सम्मान गर्नुपर्ने यो संस्थाको मान्यता छ ।  यसको संरचना वृद्धवृद्धाहरूलाई रमाइलो तथा खुसी हुने गरी तयार गरिएको छ । यहाँ वृद्धवृद्धाहरूको जीवनलाई नजिकबाट अध्ययन गरिन्छ । 

होप हर्मिटेजको जीवन निकै रमाइलो तथा प्रेमले भरिएको छ । यसले जीवनप्रति सकारात्मक सोचको विकास गराउँछ । यहाँ मानिसको रुचि तथा आनीबानीको कदर गरिन्छ । यहाँ मानिसले आफ्नो जीवन पुन: जिउन थाल्छ । यहाँको हरेक स्वास्थ्य  सेवा नर्भिक अस्पतालका चिकित्सकहरूबाट प्रदान गरिन्छ । होप हर्मिटेज क्लबले वृद्धवृद्धाहरूलाई विभिन्न क्रियाकलापमा लगाएर उनीहरूलाई खुसी प्रदान गर्छ । हेरचाह, सेवा, माया तथा सहकार्यले यहाँ बस्नेहरूको जीवन रमणीय छ । नेपाली समाजमा आफ्ना आमाबुवाहरूप्रति गरिने व्यवहार परिवर्तन गर्नु होप हर्मिटेज क्लबको उद्देश्य हो । यो संस्थाले विभिन्न सुविधा, हेरचाह, सपोर्ट एवं उत्प्रेरणा प्रदान गरी वृद्धा–वृद्धाहरूलाई समाजमा उठ्न सिकाउँछ । गुणस्तरीय सेवा प्रदान गर्नु यसको पहिलो चाहना हो भने संस्कारको जगेर्नालाई यसले आफ्नो प्रमुख  दायित्व बनाएको छ । यो संस्था सदैव टिम वर्कमा विश्वास गर्छ । यो संस्थाले वृद्ध आमाबुवाहरूको मनोबल बढाउन समय–समयमा विविध रमाइला कार्यक्रम पनि आयोजित गर्ने गरेको छ । 

 Image