Successfully Copied

मेष 

घरायसी कार्यमा व्यस्त रहनुपर्ला । व्यवहारिक कुरालाई लिएर दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनसक्छ । साथीभाइ एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । छोराछोरीसित वैचारिक मतभेद हुनसक्छ । आर्थिक पक्ष सुदृढ भए पनि लेनदेनको काम गर्दा सजग रहनुहोला । नवीन कार्य गर्ने मौका मिल्नेछ । जिम्मेवारीपूर्ण काम सम्हाल्दा विशेष सावधानी अपनाउनु होला । 

वृष 

उत्साह बढ्नुका साथै शरीर पनि स्फुर्त रहनेछ । काममा सफलता मिल्दै जानेछ । प्रतिस्पर्धीहरू आफै पन्छिनेछन् । विभिन्न कुराको लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । भ्रमण गर्ने मौका मिल्नसक्छ । आर्थिक पक्ष सबल देखिन्छ । इच्छानुसार कार्य सम्पन्न हुँदा प्रसन्नता वृद्धि हुनेछ । चोटपटक लाग्नसक्ने भएकाले हिँडडुल गर्दा वा भान्साको काम गर्दा सतर्क रहनुहोला । 

मिथुन 

पारिवारिक सुख मिल्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ भने दाम्पत्य जीवन सुखमय रहनेछ । मान–सम्मान पनि पाइएला । कुनै–कुनै कार्य परिवारका सदस्यहरूको इच्छालाई मध्यनजर गरेर गर्नुपर्नेछ । मालसामान हराउने सम्भावना छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा ध्यान पुर्‍याउनुहोला । काममा जाँगर लाग्नेछैन । सोचेअनुरूपको सफलता प्राप्त गर्न निकै खट्नुपर्नेछ । मन चिन्तित रहला । 

कर्कट 

कामको चटारो पर्नेछ । स–साना कुरामा पनि आफै खट्नुपर्नेछ । सहयोगी हातहरू पनि पछि हट्नसक्छन् । कसैबाट सहयोगको अपेक्षा नगर्नु नै उपयुक्त  हुन्छ । श्रीमान्बाट भने अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । पारिवारिक खुसीका लागि काम गर्ने मौका मिल्नेछ । व्यवसायिक क्षेत्रमा उतारचढाव देखा पर्न सक्छ । लेनदेनको काम गर्दा सजग रहनुहोला । रक्तचापका रोगीहरूले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ । 

सिंह 

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । आफ्नो इच्छानुसार समय बिताउने मौका मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि मायाप्रीति भने कायमै रहनेछ । अनावश्यक झमेलाबाट टाढै रही बोली एवं व्यवहारमा सतर्कता अपनाउन सके सम्भावित विवादबाट जोगिन सकिन्छ । लेनदेनको काम गर्दा सजग रहनुहोला । 

कन्या 

परिवार एवं साथीभाइसित रमाइलो जमघट हुनसक्छ । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम गर्नुपर्ला । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । तपाईंको कामबाट सबै प्रसन्न हुनेछन् । दाम्पत्य जीवन सुखमय रहनेछ । यात्राको सम्भावना पनि छ । कुनै विशेष कार्यमा सफलता मिल्नसक्छ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । 

 तुला

सन्तोषजनक महिना छ । पारिवारिक सुख एवं समृद्धिमा वृद्धि हुनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । विभिन्न कुराको लाभ हुनुका साथै प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । सबै कार्य सोचेअनुरूप सम्पन्न हुँदै जानेछन् । मन मनोरञ्जक कार्यतर्फ अग्रसर रहनेछ । व्यक्तिगत कार्यमा पनि सफलता हात पर्नेछ । राम्रो गर्दागर्दै पनि अनपेक्षित रूपमा अपजसको सिकार हुनुपर्ला ।

वृश्चिक 

काममा विभिन्न समस्या देखा पर्न सक्छन् । अपेक्षाअनुरूप काममा सफलता नमिल्नसक्छ । अनावश्यक खर्च तथा अनपेक्षित वादविवाद पनि हुनसक्छ । महिनाको उत्तराद्र्धमा बिस्तारै समस्याहरू समाधान हुँदै जानेछन् । आर्थिक एवं व्यवसायी क्षेत्र सुदृढ रहनेछन् । श्रीमान्बाट अपेक्षित सहयोग तथा सद्भाव मिल्नेछ । माइतीपक्षसित भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराको लाभ हुनेछ । सम्भावित स्वास्थ्य समस्याबाट जोगिन खानपिन एवं आहार–विहारमा ध्यान पुर्‍याउनुहोला । 

धनु 

प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनुका साथै काममा अपेक्षित सफलता पनि मिल्नेछ । मनमा प्रसन्न हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । छोराछोरीबाट पनि सुख एवं सन्तोष प्राप्त होला । विभिन्न पक्षबाट लाभ हुनेछ । परिवारका सदस्यहरूसित समय बिताउने अवसर प्राप्त गर्न सकिनेछ । महिनाको उत्तराद्र्धमा काममा बाधा खडा हुनसक्छ । 

मकर 

कुनै कामविशेषले यात्रा हुनसक्छ । पेटसम्बन्धी समस्या देखा पर्न सक्छ । परिवारका सदस्यहरूबाट  सहयोग एवं सद्भाव मिल्नेछ । महिनाको पूर्वाद्र्धमा वादविवाद हुने योग भएकाले बोल्दा वा ख्यालठट्टा गर्दा सावधानी अपनाउनु होला । अधूरा काममा सफलता हात पर्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नसक्छ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । 

कुम्भ 

जोस–जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । चिन्ता हट्नेछ । काममा सफलता मिल्दै जानेछ । श्रीमान्सित समझदारी कायम रहनेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । कार्यक्षेत्रमा उन्नति गर्ने अवसर पाइनेछ । आर्थिक पक्ष सुदृढ छ । व्यवसायिक क्षेत्र पनि सफल देखिन्छ । महिनाको उत्तराद्र्धमा वादविवाद हुनसक्छ । 

मीन 

महिनाको पूर्वाद्र्ध केही कष्टकर हुनसक्छ । स्वास्थ्यमा बाधा, अपजस, परिवारमा असमझदारीजस्ता समस्या आइलाग्नसक्छन् । दाम्पत्य जीवनमा पनि कलह उत्पन्न हुनसक्छ । महिनाको उत्तराद्र्ध भने अनुकूल छ । समस्याहरू समाधान हुँदै जानेछन् । कार्यक्षेत्रमा उन्नति गर्ने अवसर जुट्नेछ । परिवारले आफ्ना समस्या बुझ्ने छन् । दाम्पत्य सम्बन्ध सुमधुर छ । 

 Image