Successfully Copied

एकल सन्तानको लालनपालन

अस्ट्रेलियाको मोनास तथा क्लेयटन विश्वविद्यालयका मनोवैज्ञानिकहरूद्वारा केही समयअघि गरिएको अध्ययनअनुसार एकल सन्तानहरू अन्य शिशुको

अस्ट्रेलियाको मोनास तथा क्लेयटन विश्वविद्यालयका मनोवैज्ञानिकहरूद्वारा केही समयअघि गरिएको अध्ययनअनुसार एकल सन्तानहरू अन्य शिशुको तुलनामा १६ प्रतिशत कम जोखिम उठाउँछन् भने उनीहरूमा स्वार्थको भावना पनि बढी हुन्छ। यही निष्कर्ष चीनमा १९७९ मा ‘एक परिवार एक बच्चा’ को नीति लागू हुनुपूर्व र भएपछिका वर्षहरूमा जन्मिएका बालबालिकाहरूको तुलनात्मक अध्ययन गरी निकालिएको हो। एकल सन्तानलाई परिवारमा पर्याप्त माया प्राप्त हुन्छ, जसका कारण उनीहरूमा वादशाहको जीवन जिउने बानी बस्न सक्छ, मनोवैज्ञानिक दृष्टिबाट यसको नकारात्मक प्रभाव पर्छ। स्वार्थी हुनुका साथै भाइबहिनीको अभावका कारण उनीहरूमा बाल्यावस्थादेखि नै प्रतियोगी भावनाको कमी पाइन्छ। युरोपमा गरिएको एउटा अर्को शोधअनुसार एकल सन्तान मोटा हुने सम्भावना पनि भाइबहिनी भएका बालबालिकाको तुलनामा ५० प्रतिशत बढी हुन्छ। यो निष्कर्ष युरोपका ८ वटा मुलुकका १२ हजार ७ सय बालबालिकामा गरिएको एउटा सर्वेक्षणबाट अगाडि आएको हो। यस्ता बालबालिका अरूको तुलनामा घरबाहिर निस्केर खेल्न रुचाउँदैनन् भने टिभी बढी हेर्छन्। खानामा पनि मनोमानी गर्छन्। आमाबुबाले प्रेमका नाममा उनीहरूका सबै माग पूरा गर्छन्। त्यसैले उनीहरू मोटाउने सम्भावना बढी हुन्छ।

एकल परिवार

अहिले बढ्दो महँगी एवं बदलिँदो जीवनशैलीले हाम्रो सामाजिक संरचनामा परिवर्तन ल्याइदिएको छ। संयुक्त परिवारको साटो अब एकल परिवार प्राथमिकतामा छ। श्रीमान्–श्रीमती दुवै कामकाजी छन् भने श्रीमतीले दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ। यस्तोमा कहिले परिस्थितिवश त कहिले सोचविचार गरी दम्पतीले एउटै सन्तानमा परिवार सीमित गर्ने निर्णय लिन्छन्। भारतको एउटा मेट्रिमोनियल साइट, शाही डटकमद्वारा गरिएको अध्ययनअनुसार महिलाहरूको तुलनामा पुरुषहरू एकभन्दा बढी सन्तानको इच्छा राख्छन्। सर्वेक्षणमा ६२ प्रतिशत पुरुषले एकभन्दा बढी सन्तानमा जोड दिएको पाइयो भने ३८ प्रतिशत महिलाले मात्र एकभन्दा बढी सन्तानमा रुचि देखाए। मेट्रो सिटीका दम्पतीहरूमा आधारित उक्त सर्वेक्षणका क्रममा ४२ प्रतिशत विवाहित जोडीले एउटा मात्र सन्तानको चाहना गरेको पाइयो भने २८ प्रतिशत विवाहित जोडीका एकभन्दा बढी सन्तान थिए। सर्वेक्षणबाट एउटा चाखलाग्दो कुरा के अगाडि आयो भने लव म्यारिज गरेका दम्पती सिंगल तथा एरेन्ज म्यारिज गरेकाहरूले एकभन्दा बढी सन्तानमा रुचि राख्छन्। प्रेम विवाह गरेका दम्पतीमध्ये ४९ प्रतिशतले एकल सन्तानको इच्छा देखाए भने पारम्परिक विवाह गरेकाहरूमध्ये ६२ प्रतिशतले एकभन्दा बढी सन्तानको चाहना राखे।

सोचमा परिवर्तन

अहिले बढ्दो महँगी एवं टुटिरहेको संयुक्त परिवारका कारण व्यक्तिको सोचमा पनि परिवर्तन आएको पाइन्छ। मानिसहरू सन्तान पाउनुपूर्व धेरै कुरामा ध्यान पुर्‍याउँछन्। कारण दम्पतीले आफ्नो करिअरका बारेमा पनि सोच्नुपर्ने हुन्छ। एकल परिवारका कारण घरमा सासू, ससुरा, नन्द, देवर आदिको कमी हुन्छ। यस्तो अवस्थामा सम्पूर्ण जिम्मेवारी आफ्नै रहन्छ। त्यसमा पनि परिपक्व उमेरमा विवाह हुने कारणले पनि रिप्रोडक्टिभ क्यापिसिटी घट्दो छ। सहरका दम्पतीमा एक्लो सन्तानलाई जसोतसो म्यानेज गर्ने स्थिति हुन्छ। कारण समाजको मुख बन्द गर्न र स्वयं पनि अभिभावक हुनुको आनन्द अनुभव गर्नु आवश्यकता  भएपनि दोस्रो सन्तानका लागि पर्याप्त विचार पुर्‍याउनुपर्ने हुन्छ। कतिपय अवस्थामा एकजना पार्टनर दोस्रो सन्तानका लागि इच्छुक हुन्छ तर अर्को पार्टनर भने बढ्ने जिम्मेवारी र खर्चको कुरा देखाएर पहिलोलाई चुप रहन वा एउटै सन्तानमा सीमित रहन आग्रह गर्छन्। यस्तो घरमा एक्लो सन्तान भएकैले आमाबुबाको सम्पूर्ण अपेक्षा उसैसित जोडिएको हुन्छ। तिनका लागि के विकल्प हुँदैन भने एउटा सन्तान डाक्टर बन्न चाहन्छ भने ठीक छ, अर्कोलाई आफ्नो इच्छाअनुरूप वकिल, इन्जिनियर आदि बनाउने। दम्पतीको सम्पूर्ण अपेक्षाको केन्द्र एक्लो सन्तान हुन्छ। बच्चाले सोच्छ, सबै कुरा त मेरै हो, यसबाट उसमा न त प्रतियोगी भावना सिर्जना हुन्छ, न त उसले राम्रो पियर रिलेसनसीप अर्थात् समान उमेरका साथीहरूसित मित्रता विकसित यस्तो स्थितिमा आमाबुबाले आफ्नो सन्तानलाई आफन्तजन एवं छिमेकका समान उमेरका बालबालिकाहरूसित मिक्सअप गर्न सिकाउनुपर्छ, उसको हातमा अरूको खेलौना आदि दिनुपर्छ। उसलाई एक्लै छोड्नुहुँदैन। आफूभन्दा ठूला दाजुदिदी भए सानाले प्राय: काम चाँडै सिक्छन्, कारण उसलाई सबै कुरा उसका दाजुदिदीले सिकाउँछन् तर यहाँ शिशु एक्लो सन्तान भएकाले आमाबुबाले नै ती भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। बालबालिकासित बालबालिकाजस्तै भएर रहनुपर्छ। ऊसित खेल्नुपर्छ र उसलाई राम्रा बानी–व्यवहार सिकाउनुपर्छ।

मिथ्या र वास्तविकता

त्यसो त बालक एकल छ भने ऊ सधैं जिद्दी, स्वार्थी वा आत्मकेन्द्रित हुन्छ भन्ने छैन। उसको लालनपालन कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। महात्मा गान्धी, गौतम बुद्ध वा आइज्याक न्युट्रन पनि एकल सन्तान हुन्। उनीहरूले मानवता र देश सेवामा आफ्नो जीवन उत्सर्ग गरे। समाजलाई नयाँ ज्ञान प्रदान गरे। बालबालिकामा घुलमिल हुने र अरूको पनि ख्याल राख्ने बानी बसाल्न सके ठूलो हुँदा उनीहरूको व्यक्तित्व सन्तुलित हुन्छ। प्राय: एक्लो बालक एक्लोपनको सिकार हुन्छ भनिन्छ र पछि गएर ऊ असामाजिक प्रवृत्तिको व्यक्ति बन्न पुग्छ तर यसै हुन्छ भन्ने पनि निश्चित छैन। किङ अफ रक एण्ड रोलका रूपमा परिचित एल्बिस प्रेस्ले असंख्य प्रशंसक एवं मित्रजनका बीच गीतका कारण मात्र नभई मिलनसार स्वभावका कारण पनि लोकप्रिय भएका हुन्। प्रेस्ले एकल सन्तानका रूपमा हुर्किएका थिए।

ध्यान दिनुपर्ने कुरा

    बालबालिकासँग मित्रवत् व्यवहार गर्नुपर्छ। उनीहरूलाई एक्लो महसुस गर्न दिनु हुँदैन।

    जब समय प्राप्त हुन्छ तब उनीहरूका साथमा समय बिताउनुपर्छ र राम्रा पुस्तक पढ्न दिनुपर्छ।

    बालबालिकालाई केही स्पेस पनि प्रदान गर्नुपर्छ। उनीहरूको जीवनमा आवश्यकताभन्दा बढी हस्तक्षेप गर्नुहुँदैन।

    जब बालबालिका आफ्ना भाइबहिनी नभएको गुनासो गर्छन्, आफन्तजनका भाइबहिनीसँग पनि नजिकको सम्बन्ध भएको बताउनुपर्छ। छर–छिमेकका बालबालिकासित भेटघाट गराउन लानुपर्छ, आसपासका बालबालिकासित मित्रता गाँस्न प्रेरित गर्नुपर्छ।

    बालबालिकामा स्कुलमा साथीहरूसित र घरमा आफन्तजनका सन्तानसँग मिलेर बस्ने, आफ्ना कुरा सेयर गर्ने एवं राम्रो व्यवहार गर्ने बानी बसाउनुपर्छ।

    बढी प्रेसर दिनुहुँदैन। अभिभावकहरूमा एक्लो सन्तान हरेक कुरामा पर्फेक्ट भएको देख्ने तथा उसको माध्यमबाट आफ्नो सपना पूरा गर्ने चाहना हुन्छ। यो चक्करमा अनावश्यक दबाब दिनु हुँदैन।

    आफ्ना सन्तानको उचित हेरचाह गर्नुका साथै उनीहरूलाई अनुशासनमा रहन सिकाउनुपर्छ। हरेक जायज–नाजायज माग पूरा गर्नु पनि ठीक होइन। सन्तानको इच्छाको ख्याल राख्नुपर्छ तर गलत कुरामा जिद्दी गरे अस्वीकार गर्नुपर्छ।

    बालबालिकालाई मानवीय गुण, नैतिक मूल्य–मान्यता तथा संस्कार सिकाउनु आवश्यक हुन्छ।

    बालक आफ्ना लागि अनमोल हुन्छ तर उसलाई उसको खुसीका लागि आफू कुनै पनि काम गर्न सक्छु भन्ने अनुभूति दिलाउनु गलत हुन्छ। उसलाई सामान्य जीवन बिताउन दिनुपर्छ। घमण्डी र अनुशासनहीन बनाउनुहुँदैन।

 Image