Successfully Copied

माला लिम्बू नायिका

नवोदित नायिका माला लिम्बूले चलचित्र चलचित्र वान वेमार्फत डेब्यु गरेकी हुन् । मोडलिङबाट करियर सुरु गरेकी माला फिल्मी क्षेत्रमा प्रवेश गर्नु

नवोदित नायिका माला लिम्बूले चलचित्र चलचित्र वान वेमार्फत डेब्यु गरेकी हुन् । मोडलिङबाट करियर सुरु गरेकी माला फिल्मी क्षेत्रमा प्रवेश गर्नु आफ्नो सानैदेखिको चाहना भएको बताउँछिन् । उनले भविष्यमा राम्रो र सफल कलाकारका रूपमा चिनारी बनाउने लक्ष्य लिएकी छिन् । त्यसका लागि निरन्तर मेहनत गरिरहनेमाला बताउँछिन् ।

पहिरन

मालालाई शरीरमा फिट हुने पहिरन मनपर्छ । सस्तो होस् वा महँगो शरीरमा सुहाउने जुनसुकै पहिरन उनको रोजाइमा पर्छ । डार्क ब्लु, रेड तथा ग्रे कलरका पहिरन उनलाई विशेष मन पर्छन् । पार्टीमा नाच्न अप्ठ्यारो हुने भएकाले उनलाई छोटा जामा एवं स्कर्ट मन पर्दैनन् । उनी घुँडासम्म पुग्ने पहिरनमा सहज तथा आराम महसुस गर्छिन् । माला घरमा बस्दा खुकुला पहिरन लगाउँछिन् ।

मेकअप तथा हेयर स्टाइल

माला भन्छिन्-'प्राय:जसो निभियाको कस्मेटिक लगाउँछु । दैनिक सन्सक्रिम, फाउन्डेसन तथा फेसवास प्रयोग गर्छु । गल्र्स वेवी ब्रान्डको काउन्सिलर लगाउँछु ।' मालासँग साथीले अमेरिकाबाट पठाइदिएको आइस्याडोजस्ता थुप्रै कस्मेटिक छन् । उनलाई प्राय:जसो सामान साथीभाइले उपहार पठाइदिन्छन् । केश खुल्ला छोड्न रुचाउने माला केशको विशेष हेरचाह गर्दिनन् । उनलाई समयअनुकूल हेयर स्टाइल मन पर्छ । अहिले उनको केश ब्राउन कलरको छ ।

एसेसरिज

औंठी मालालाई मन पर्ने गहना भए पनि हराउने बानी भएकाले उनी गहनामा खासै चासो दिन्नन् । माला गहनाबिना नै हिँड्न रुचाउँछिन् । अहिले बजारमा आएका विभिन्न ट्रेन्डका कुनै पनि गहनाले उनलाई आकषिर्त गर्न सकेको छैन । उनलाई मनपर्ने एसेसरिज जुत्ता हो । अग्लो हिल उनको रोजाइमा पर्छ भने स्पोटर््स सुज पनि असाध्यै मनपर्छ । माला ग्याजेट्सको सौखिन छिन् । उनी समयअनुसार व्यक्तित्वमा ध्यान दिने तथा पछिल्ला प्रविधिमा भिज्नसक्ने मानिसलाई विश्वमा चलेको फेसन अनुसरण गर्न सजिलो हुने बताउँछिन् । फेसनमा ध्यान दिन सकेे आत्मविश्वास समेत वृद्धि हुने नायिका लिम्बूको तर्क छ ।

 Image