क्यामेरा समात्दा
तस्बिर लिइरहेका बेला क्यामेरा स्थिर अवस्थामा रहनुपर्छ । अलिकति पनि हल्लियो भने तस्बिर आउट अफ फोकस हुन पुग्छ । ध्यानमा राखौं औंला लेन्स, फ्ल्यास र फोकस विन्डोभन्दा अलग रहनुपर्छ ।
फ्ल्यास
डफ्ल्यासको प्रयोग इन्डोर तथा आउटडोर ट्राभल फोटोग्राफीमा गर्न सकिन्छ । आउटडोरमा फ्ल्यासको प्रयोगले छायामा कमी र तस्बिर खिचिएको वस्तुको रंग चम्किलो हुन्छ । क्यामेरालाईं राम्रो ब्याट्री हालेर एक्टिभ राख्नुपर्छ ।
डकम्प्याक्ट क्यामेरासँग फ्ल्यासको समस्या कम हुन्छ । म्यानुअलमा पढेर फ्ल्यास एडजस्टमेन्ट गर्न सिक्नुपर्छ । ट्राभल फोटोग्राफीको आदर्श फ्ल्यास डिस्टेन्स ४ देखि १२ फिटसम्मको हुन्छ ।
भ्युफाइन्डर फिलिङ
डतस्बिर किन खराब हुन्छ भने अधिकांश मानिस भ्युफाइन्डर (क्रस फ्रेम) लाई सब्जेक्टसँग सेट गर्दैनन् । भ्युफाइन्डरलाई सब्जेक्टले फिल गर्नुपर्छ अथवा दूरी घटाउनुपर्छ । जुमको प्रयोगले पनि त्यसो गर्न सकिन्छ ।
तस्बिर लिँदा
डप्राकृतिक दृश्यलाई क्यामेरामा उतार्दा चमक सबैभन्दा विशेष हुन्छ । प्राकृतिक दृश्यको फोटोग्राफीका लागि बिहान र साँझको समय उपयुक्त हुन्छ । प्रकाश छिटोछिटो परिवर्तन भैरहने दृश्यका लागि फास्ट फिल्म प्रयोग गर्नुपर्छ ।
डरात्रि फोटोग्राफीका लागि सधैं फास्ट फिल्म प्रयोग गर्नुपर्छ, जहाँसम्म सकिन्छ फ्ल्यास प्रयोग गर्नुहुँदैन ।
डपिक्चर आउट हुन नदिन क्यामेरा स्ट्यान्ड प्रयोग गर्न सकिन्छ ।
डसब्जेक्ट वा अब्जेक्टको वरिपरि भएको प्रकाशलाई जस्टिफाइ गर्नुपर्छ । प्रकाश छैन भने फ्ल्यास वा अन्य विकल्पबाट त्यसको पूर्ति गर्न सकिन्छ ।
डडिजिटल कम्प्याक्ट क्यामेरामा नाइट मोड फङ्सन पनि हुन्छ । त्यसको प्रयोग गर्दा पहिले फ्ल्यास अफ गर्नुपर्छ र क्यामेरालाई स्टिल सपोर्ट दिनुपर्छ ।
डस्मारक स्थिर हुन्छ । त्यसैले एकपटक आफ्नो सब्जेक्टलाई बुझ्नुपर्छ, लाइट जाँच गर्नुपर्छ । फ्ल्यास प्रयोग गरेर स्टिल एंगलबाट क्लिक गर्नुपर्छ ।
डसामान्य नियम के छ भने स्ट्रङ क्रस लाइट प्रयोग गरेर राम्रो आर्किटेक्चर फोटोग्राफी गर्न सकिन्छ । त्यसका लागि बिहान र दिउँसोको समय उपयुक्त हुन्छ ।
केही खास कुरा
क्यामेरा
डिजिटल क्यामेरा छ भने धेरै राम्रो । क्यानन, ओलम्पस, सोनी, सामसुङजस्ता कम्पनीका राम्रा डिजिटल क्यामेरा रिजनेबल मूल्यमै उपलब्ध छन् । बजारमा ट्राभल फोटोग्राफीका लागि विशेष क्यामेरा पनि पाइन्छ ।
लाइट
प्रायःजसो मानिस सूर्यतिर फर्केर वा तेज प्रकाशको विपरीत दिशाबाट तस्बिर खिच्छन् । यसले तस्बिर कालो हुन्छ । तस्बिर लिँदा प्रकाश फोटोग्राफरको पछाडि वा छेउछाउमा हुनुपर्छ ।
फोकस
धेरैजसो मानिस जुन अब्जेब्टको तस्बिर लिन चाहन्छन् त्योभन्दा धेरै टाढा उभिन्छन् । त्यतिबेला मस्तिष्क त अब्जेक्टमा केन्दि्रत हुन्छ, तर क्यामेरा होइन । कुनै पनि अब्जेक्टलाई सही भिज्युलाइज गर्न लङ र जुम लेन्स प्रयोग गर्नुपर्छ अनि मात्र फोकस बन्छ ।
क्लिक
जुन अब्जेक्टको तस्बिर लिनु छ त्यसलाई पूर्णरूपमा क्रस फ्रेममा राख्नुपर्छ । कहिलेकाहीँ तस्बिरमा कसैको खुट्टा आउँदैन त कसैको टाउको, यस्तोमा जुम प्रयोग गर्न सकिन्छ वा आफै अगाडि-पछाडि सर्न सकिन्छ ।
-श्यामकुमार सिंह