सार्वजनिक स्थल, अस्पतालमा भाइब्रेसन मोड
फोनको स्मार्ट प्रयोगआदि ठाउँमा छेवैमा बसेको मानिसको चर्को रिङ टोन एवं मोबाइल वार्तालाप कसैलाई मन पर्दैन । सिनेमा तथा नाटकका महत्वपूर्ण संवाद नै नबुझनिे अवस्था सिर्जना गर्छ मोबाइलले । अस्पताल जहाँ मानिस दु:ख र समस्या परेपछि मात्र जान्छन्, जहाँ बिरामीले पीडा अनुभव गरिरहेको हुन्छ भने आफन्तलाई खर्च जुटाउने समस्या । त्यस्तो स्थानमा कसैलाई पनि मोबाइल बजेको राम्रो लाग्दैन । त्यसैले सार्वजनिक स्थल तथा अस्पतालमा मोबाइललाई भाइब्रेसन मोडमा राख्नुपर्छ ।
सवारी चलाउँदा कुरा नगर्ने
मोबाइल फोन संकटको साथी हो । संकटमा सहयोग जुटाउन यो नै सबैभन्दा धेरै काम लाग्छ तर यसको प्रयोग सही रूपमा सही तरिकाले नगरेको खण्डमा यही नै संकट निम्त्याउने कारण्ा पनि बन्न सक्छ । विशेष गरेर मोटरसाइकल वा गाडी चलाउँदा यसको प्रयोग गरे ध्यान अन्तै मोडिएर दुर्घटना हुने सम्भावना हुन्छ । मोबाइलको कुराकानीका कारण आफू र सडकमा हिँडिरहेका अरूको ज्यान खतरामा पर्न सक्छ । त्यसैले सवारी चलाउँदा फोनमा कुराकानी गर्नुहुँदैन । महत्वपूर्ण फोन छ भने सवारीलाई छेउ लगाएर कुराकानी गर्न सकिन्छ ।
आवाज सानो गर्ने
विशेष गरेर धेरै मोबाइल फोन प्रयोगकर्ता भएको काठमाडौंमा मोबाइल कुराकानी नेटवर्ककै कारण्ा बुझ्न नसकिने हुन्छ । त्यसैले मानिसहरू फोन आउनासाथ ठूलो स्वरमा कुरा गर्छन् तर सार्वजनिक स्थल तथा सार्वजनिक यातायातमा यसरी कुराकानी गर्नु राम्रो होइन । यसले फोनमा के कुरा भैरहेको छ त्यसको गोपनीयता त रहँदैन नै आफ्नो छेउमा बसेका मानिसलाई पनि डिस्टर्ब हुन्छ । कतिपय अवस्थामा आफूले प्रयोग गरेका शब्दले आफ्नै मान-प्रतिष्ठा घट्नसक्छ । त्यसैले मोबाइलको कुराकानीमा त्यत्रो मात्र आवाज निकालौं जति आफ्नो कानमा पुग्न पर्याप्त हुन्छ । आफ्नो आवाज चर्को भएजस्तो लागे मुख र फोनलाई हातले छोप्नुपर्छ ।
मोबाइल नखेलाउने
कसैसँग भेट गर्दा कुराकानी सुरु हुनुअघि नै मोबाइललाई स्वीच अफ वा साइलेन्ट मोडमा राख्नुपर्छ । त्यसो भएन भने कुराकानीको बीचमा आउने फोनले क्रम मात्र भंग गर्दैन अशिष्टता समेत प्रकट हुन्छ । कतिपयको बानी कुराकानी गर्दा मोबाइल हातमा खेलाउने हुन्छ जसले सामुन्नेको मानिसलाई कम महत्व दिएको अर्थ लाग्छ । त्यसैले कुराकानीका क्रममा हातमा मोबाइल लिनु हुँदैन । कुराकानीका क्रममा महत्वपूण्र्ा फोन आए कुराकानी गरिरहेको मानिसको अनुमति लिएर फोन उठाउनु भने शिष्ट नै मानिन्छ ।
धार्मिक स्थानमा नलाने
मन्दिरमा पूजा-आराधनाका लागि जाने भएकाले त्यहाँ जाँदा मोबाइल फोन लिएर जानु वा मन्दिर परिसरमा मोबाइलमा गफिएर बस्नु राम्रो होइन । मानिसहरू धार्मिक भावनाले मन्दिर पुगेका हुन्छन् । लामो लाइनमा भोकै बसेका मानिसलाई कसैको पनि मोबाइलको रिङ टोन वा कुराकानी मन पर्दैन । त्यसो त महत्वपूण्र्ा मन्दिरहरूमा मोबाइल लान निषेध छ । मूर्ति एवं गहनाका तस्बिर सार्वजनिक भएपछि धेरै मन्दिरमा चोरीका घटना बढेका छन् । फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न सकिने भएकाले मोबाइल मन्दिरमा सुरक्षाको प्रयोजनले पनि लान दिइँदैन । त्यसैले मन्दिर बाहिरको लकरमा राख्नुभन्दा मोबाइल फोन नै नबोक्नु उपयुक्त हुन्छ ।
स्कुल-कलेजमा स्वीच अफ
कतिपय कलेजमा मोबाइल फोन लिएर जान छुट छ भने कतिपयमा छैन । विश्वविद्यालयका कक्षामा पनि मोबाइल फोन चलाउन पाइँदैन । कलेजमा मोबाइल बोक्नेहरूले पढाइ भैरहेका बेला पनि एसएमएस अनि एमएमएस पठाउने र बनाउने काम गरिरहेका हुन्छन् । त्यसो त सामाजिक सञ्जालमा अपडेट पनि कक्षा चलिरहेको समयमै भैरहेको हुन्छ । स्कुल-कलेज पढ्नका लागि जाने भएकाले सबैले अध्ययनमा ध्यान दिनु जरुरी छ । मोबाइल चलाउँदा त्यसले आफू र आफ्ना साथीहरूको भविष्यलाई प्रभावित गर्छ । आफूले मोबाइल फोन चलाउँदा पूरै कक्षा अवरुद्ध हुनसक्छ । त्यसैले कक्षामा मोबाइल अफ गरे न त सामाजिक सञ्जाल चलाउन मन लाग्छ न गेम खेल्न नै ।