Successfully Copied

छतमा तरकारी बारी

ताजा फलफूल एवं साजसब्जी सबैको रोजाइमा पर्छन् । त्यसैले धेरै मानिसमा बगैंचा तथा सानो तरकारी बारीप्रति विशेष रुचि हुन्छ ।

ताजा फलफूल एवं साजसब्जी सबैको रोजाइमा पर्छन् । त्यसैले धेरै मानिसमा बगैंचा तथा सानो तरकारी बारीप्रति विशेष रुचि हुन्छ । ठाउँको अभावका कारण धेरैले यो इच्छा पूरा गर्न पाएका हुँदैनन् । इच्छा हुनेहरूले यो काममा घरको छत वा बाल्कोनी उपयोग गर्न सक्छन् । घरको छतमा केही समय खर्चेर स-साना बिरुवा हुने तरकारी गमला तथा माटो राखेर रोपे ताजा तरकारी खान पाइन्छ साथै महँगीको यो स्थितिमा तरकारी किन्नुपर्ने झन्झटबाट पनि मुक्ति मिल्छ । घरको छत अथवा गमलामा तरकारी रोप्नुभन्दा पहिले कस्तो तरकारी रोप्ने हो, त्यो तरकारी तयार हुन कति समय लाग्छ, कुन मौसममा के रोप्नु उपयुक्त हुन्छ र त्यसका लागि कति पानी तथा घामको आवश्यकता पर्छ भन्ने कुरा ध्यानमा राख्नु आवश्यक छ । छतमा बिरुवा रोप्दा क्रम मिलाएर रोप्नुपर्छ । छिटो तयार हुने बिरुवा एकातिर र ढिलो तयार हुने बिरुवा अर्कातिर रोप्नुपर्छ । यसो गरे छिटो तयार हुने बिरुवा टिप्दा विस्तारै तयार हुने बिरुवालाईर् कुनै असर पर्दैन । यसका साथै ठूलो हुने बिरुवा र साना बिरुवालाईर् पनि एकै ठाउँमा रोप्नु हुँदैन । सँगै रोपियो भने ठूलो बिरुवाले सूर्यको किरण छेक्दा सानो बिरुवा राम्रोसँग हुर्कन पाउँदैनन् फलस्वरूप आफ्नो परिश्रम खेर जान्छ ।

छतमा बगैंचा तयार पार्दा त्यहाँ पर्याप्त मात्रामा माटो राख्नुपर्छ । किनभने घरको छत कंक्रिटले बनेको हुन्छ जसले बिरुवाको जरालाईर् फस्टाउन दिँदैन । यसका लागि पर्याप्त माटो आवश्यक हुन्छ । छतमा राख्ने माटो मलिलो हुनुपर्छ । यसका लागि घरबाट निस्कने फोहोर पनि प्रयोग गर्न सकिन्छ । घरबाट दैनिक निस्कने तथा गल्ने फोहोर बिरुवाका लागि राम्रो मल हुन्छ । त्यसले माटोलाईर् मलिलो बनाउन सहयोग गर्छ । बिरुवा रोपेपछि दैनिक चाहिने मात्रामा पानी पनि हाल्नुपर्छ । यसका साथै छतको तरकारी बारीलाईर् घरपालुवा जनावर तथा चराचुरुङ्गीहरूबाट जोगाउनुपर्छ ।

छतमा रोप्न सकिने तरकारी

पुदिना

पुदिना छायाँ पर्ने ठाउँमा पनि राम्रोसँग उम्रन्छ । नर्सरीबाट पुदिनाको बिरुवा ल्याएर गमला वा छतमा माटो राखेर रोप्न सकिन्छ । यसलाईर् रोप्न तथा हेरचाह गर्न सजिलो छ । यसलाईर् माटोमा दुई इन्च खनेर गाड्न सकिन्छ । रोपिसकेपछि हल्का सिंचाइ गर्नुपर्छ । पुदिना रोपेको १० दिनमै तयार हुन्छ ।

धनियाँ

भान्सामा धेरै प्रयोगमा आउने वस्तु धनियाँ पनि हो । धनियाँ हाल्दा तरकारीको स्वाद नै फेरिन्छ । सधैं बजारबाट धनियाँ किनेर ल्याउनुभन्दा यसलाईर् आफ्नो घरमै रोप्न सकिन्छ । यसका लागि बीउ पसलबाट धनियाँको बीउ ल्याउनुपर्छ । त्यसपछि एक रात पानीमा भिजाएर आफूले तयार पारेको माटोमा छर्नुपर्छ । यसका लागि १५ सेन्टी मिटरजति गहिरो ठाउँ हुनुपर्छ अनि मात्र यसको जरा सजिलै फैलन पाउँछ । धनियाँ रोपेको दुई हप्तामा तयार हुन्छ । १० सेन्टिमिटरजति अग्लो भएपछि यसलाईर् टिप्न सकिन्छ । धनियाँलाईर् सूर्यको किरणको आवश्यकता पर्छ ।

गोलभेंडा

नर्सरीबाट गोलभेंडाको बिरुवा किनेर रोप्न सकिन्छ । यसलाईर् सूर्यको किरणबाट धेरै टाढा राख्नु हुँदैन । गोलभेंडा रोपेपछि आवश्यक मात्रामा पानी हाल्नुपर्छ । जाडो मौसममा गोलभेंडालाईर् तुषारो पर्ने ठाउँमा रोप्नु हुँदैन । तुषारो परे गोलभेंडाको बिरुवा मर्छ । गोलभेंडाको बिरुवा लामो हुने हुँदा सपोर्ट दिन बाँस वा काठको टेको लगाउनुपर्छ ।

 Image