Successfully Copied

सुदेश्ना श्रेष्ठ

कलिलो उमेरमै गहन जिम्मेवारी बहन गर्न सफल सुदेश्नाको जीवनचर्या निकै व्यस्त छ ।

कलिलो उमेरमै गहन जिम्मेवारी बहन गर्न सफल सुदेश्नाको जीवनचर्या निकै व्यस्त छ । उनी बिहानदेखि बेलुकासम्म आफ्ना बिरामीहरूको छालाको उपचारमा सक्रिय हुन्छिन् । आन्तरिक तथा भित्री रूपमा पनि सुन्दर सुदेश्ना कामका अतिरिक्त ड्राइभिङ तथा किनमेलमा रुचि राख्छिन् । हालसम्म उनले धेरै मानिसको छालाको समस्या समाधान गरिसकेकी छिन् । सुदेश्नाको दृष्टिमा महिलाहरू प्रकृतिका अनुपम सृष्टि हुन् । उनी आफ्ना बुवालाई आदर्श मान्छिन् । आफ्नो बानी-व्यवहारका कारण उनी साथीभाइबीच निकै लोकपि्रय छिन् । सुदेश्ना टाइट सेड्युलबाट समय मिल्नेबित्तिकै साथीभाइसँग कफीको चुस्की लिन मनपराउँछिन् । अनुशासनमा बस्न रुचाउने सुदेश्ना अरूबाट पनि त्यस्तै अपेक्षा गर्छिन् ।

तस्बिर : श्रृति श्रेष्ठ

संयोजन : झरना नहर्की



 Image