Successfully Copied

दि होप हर्मिटेज

होप हर्मिटेज ज्येष्ठ नागरिकहरूलाई सन्तोषप्रद, उत्प्रेरक तथा उमेरमैत्री सामाजिक जीवनयापन गर्न सहयोग पुर्‍याउने संस्था हो।

दि होप हर्मिटेज

आउटलेट : सूर्यमुखी मार्ग लाजिम्पाट।

विशेषता : ज्येष्ठ नागरिकका लागि आवास, क्लब तथा दिवासेवा।    

होप हर्मिटेज ज्येष्ठ नागरिकहरूलाई सन्तोषप्रद, उत्प्रेरक तथा उमेरमैत्री सामाजिक जीवनयापन गर्न सहयोग पुर्‍याउने संस्था हो। यो ज्येष्ठ नागरिकहरूलाई प्रतिबद्धताका साथ सहयोग गर्ने संस्था हो। होप हर्मिटेज ज्येष्ठ नागरिकहरूको विचारको कदर गर्ने र उनीहरूले जीवनमा संगालेका ज्ञान, सीप तथा अनुभवलाई समाजमा संचार गर्ने बलियो माध्यम हो। यहाँ दिवासेवा मात्र होइन घरमा पनि स्याहारको सुविधा उपलब्ध गराइन्छ। यहाँ योग कक्ष, जिम, पुस्तकालय, लेख प्रकाशन, विभिन्न क्षेत्रको भ्रमण तथा विभिन्न चेतनामूलक कार्यक्रम पनि संचालन गरिन्छ। हेरचाह सेवा ज्येष्ठ नागरिकहरूको परिवारले तय गर्न सक्छ। यहाँ दैनिक हेरचाह, छोटो वा लामो अवधिका लागि बसोबासको सुविधासहित २४ घन्टा नर्सिङ सेवा पनि प्रदान गरिन्छ। नेपाली समाजमा ज्येष्ठ नागरिकहरूप्रतिको धारणा परिवर्तन गरी उनीहरूलाई सम्मानजनक जीवनयापन गर्न मद्दत पुर्‍याउनु यसको उद्देश्य हो। यो सेवा केन्द्र ५ जना महिलाको सहकार्यमा संचालित छ।

इभ्स ब्युटिपार्लर

आउटलेट : कुमारीपाटी।

 विशेषता : कोरियन फेसियल तथा हेयर कटका लागि।

गुणस्तरीय सेवाका कारण लोकप्रिय यो पार्लरमा सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिन्छ। यहाँ सफा वातावरणमा तालिम प्राप्त एवं दक्ष सौन्दर्यकर्मीहरूले सेवा प्रदान गर्छन्। यो पार्लरको हेयर स्ट्रेटिङ, कलरिङ तथा मेकअप ग्राहकहरूले निकै मन पराएका छन्। दक्ष तथा तालिमप्राप्त सौन्दर्यविदको हातबाट यहाँ सेवा प्रदान गरिन्छ। यहाँको चित्ताकर्षक संरचनाले जोसुकैलाई एकपटक आएपछि पुन: आउन उत्प्रेरित गर्छ। यहाँका सम्पूर्ण सेवामा ब्रान्डेड कस्मेटिक मात्र प्रयोगमा ल्याइन्छ। इभ्स ब्युटिपार्लर, कुमारीपाटीमा तीजका लागि हरेक सेवामा विशेष छुटको व्यवस्थासमेत मिलाइएको छ।

बजारमा नयाँ : हेयर प्रोडक्ट

नेपाल ओभरसिजले नेपाली बजारमा भित्र्याएको स्क्राचक्रोफ हेयर प्रोडक्ट विश्वव्यापी रूपमा लोकप्रिय भैसकेको छ। यो ब्रान्डअन्तर्गतको आइगोरा रेन्ज विशेष गरी केशका लागि उपयोगी मानिन्छ। यसको हेयर कलर ब्युटिसियनहरूका लागि पनि उत्तिकै उपयोगी छन्। एच डीयुक्त यो हेयर कलरले केशलाई आफूले भनेजति रंगाउन सकिन्छ। यसले केशलाई चम्किलो तथा बाक्लो बनाउँछ। यसको मूल्य पनि सुलभ छ।

स्वाद अचार मसला

चाडपर्वको मौसममा तयारी मसला निकै सहज हुन्छ। स्वाद अचार मसला उद्योगले अचारका लागि तयारी मसला बजारमा उपलब्ध गराउन थालेको छ। कुनै रंग, केमिकल, फ्लेवर तथा अखाद्य प्रयोग नगरिएका यी मसला खाद्य नियन्त्रण विभागबाट सर्टिफाइड छन्। यो उद्योगले भारतीय तथा नेपाली फ्लेवरका मसला तयार गरेको छ। इन्डियन फ्लेवरको मसला कटहर, मुला, काँक्रो, अमला र नेपाली फ्लेवरको मसला लेदो अचार बनाउन प्रयोग गर्न सकिन्छ। कुनै पनि किसिमको अचार बनाउँदा त्यसमा तोरीको तेल मात्र प्रयोग गरे पुग्छ। एक सय ग्रामको यो मसलाको मूल्य प्रतिप्याकेट ६० रुपैयाँ छ। यसलाई दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ। यो मसलाको प्रयोगले अचार कुहिँदैन र त्यसमा ढुसी पनि लाग्दैन।

 Image