वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।

चार वर्षअघि 'हेरेको हेर्यै हुन्छु' गाएकी साहिमाले पहिलो पटक रेकर्ड गरेको गीत भने चलचित्र प्रेमविवाहको हो। अर्घाखाँचीमा जन्मिएकी साहिमा परिवारसँग बुटवल आएपछि सांगीतिक क्षेत्रमा सक्रिय हुन थालेकी हुन्। त्यहाँ उनले पहिलो पटक मैथिली गीत गाइन्। बुटवलमा म पनि के कममा विजयी भएपछि खोजी प्रतिभामा भाग लिन पुगेकी साहिमा काठमाडौं आएपछि चलचित्रतर्फ मोडिइन्। अहिलेसम्म २० वटाभन्दा बढी चलचित्रमा स्वर दिइसकेकी साहिमा कलेक्सन एल्बमका साथै भोजपुरी, मैथिली चलचित्र आदिमा व्यस्त छिन्। साहिमा र मस्ती गरी दुईवटा एल्बम बजारमा ल्याइसकेकी साहिमा अहिले मस्तीको प्रोमोसनमा छिन्।
पाल्देन शेर्पा
सिइओ, नमस्ते इन्टरटेनमेन्ट तथा इभेन्ट प्लानर
कुनै पुस्तककी मन परेकी महिला पात्र ?
मुनामदनकी मुना।
जीवनमा सबैभन्दा महत्व राख्ने महिला ?
श्रीमती, आमा र छोरीहरू।
संसारकै सुन्दर नारी ?
प्रियंका चोपडा।
आदर्श नारी ?
मेरी आमा।
कुन गायिकाको स्वरबाट प्रभावित हुनुहुन्छ ?
आशा भोसले।
कुन महिलाको व्यक्तित्वबाट प्रभावित हुनुहुन्छ ?
एञ्जेलिना जोली।
नेपाली महिलाको प्रशंसा गर्न लायक पक्ष ?
सहनशीलता, घर तथा करिअर दुवैलाई एकसाथ सम्हाल्न सक्ने क्षमता, कुशल व्यवस्थापक।
नेपाली नारीले सुधार्नैपर्ने कुरा ?
शिक्षामा जोड, फुर्सदको सदुपयोग तथा कुरा काटेर समय बर्बाद नगर्ने।
प्रतिभाशाली सुलोचना
१५ वर्षअघि शरीरमा आगो लागेर मरणासन्न भए पनि सुलोचना थिङ आत्मबल बलियो बनाई नेपाल वानमार्फत आफ्नो सिर्जना देखाउन अघि बढिन्। सुलोचना नेपाल टिभी टु, हिमालय टिभी हुँदै अहिले केबुलमै रहेको च्यानल नेपालमा एक्जुकेटिभका रूपमा कार्यरत छिन्। घर, परिवार सम्हाल्दै यस क्षेत्रका अनेकन गतिविधिमा सक्रिय सुलोचनाले स्क्रिप्ट लेखन, पत्रकारितामा प्रशिक्षक तथा भिडियो निर्देशकका रूपमा आफूलाई स्थापित गरिसकेकी छिन्। कर्णदास, अञ्जु पन्त, सपनाश्री आदि गायक-गायिकाका म्युजिक भिडियो बनाइसकेकी सुलोचनाले केही डकुमेन्ट्री पनि तयार पारेकी छिन् भने अहिले उनी ठूलोपर्दाको चलचित्र निर्देशन गर्ने तयारीमा छिन्। परिवारबाट सक्दो सहयोगका कारण आगलागीको घटनाबाट रिकभर हुन उनलाई सहज भयो तर सहयोग नपाएका पीडितहरूका लागि उनले संगम नामक संस्था खोलेकी छिन् जसबाट उनले पीडितहरूका लागि सहयोग तथा अवार्नेसका कार्यक्रम चलाइरहेकी छिन् भने स्वयम्भूको एक स्कुलमा बालबालिकाको पठनपाठनमा सहयोग पनि गरिरहेकी छिन्।
समृद्धि राई, मिडिया पर्सनालिटी
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
एम एन्ड एसमा व्यस्त छु। भर्खरै एउटा गीत गाएकी छु। त्यसकै प्रोमोसनमा छु।
पत्रकारिताबाट टाढिएर फेरि यसैमा आउनुको कारण ?
बीचमा मिस टिन, मिस नेपाल तथा मिस टुरिज्ममा भाग लिन व्यस्त भएँ। पत्रकारितालाई पूरै छोडेकी भने थिइन। काठमाडौं पोस्ट छोडेपछि इसीएस तथा हिमालयन टाइम्समा काम गरें।
गायनमा कसरी आउनुभयो ?
गायनमा सानैदेखि रुचि थियो, तर रेकर्ड भने गराएकी थिइन। भर्खरै वुमन्स कन्सर्टमा पनि गाएँ। धेरैले एल्बम निकाल भन्ने सुझाव दिएका कारण एउटा गीत बजारमा ल्याएकी हुँ।
गीत कस्तो छ त ?
पप गीत हो, मेरो जीवनको आइडोलोजी सबै काम गर्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने भावको छ।
शब्द र संगीत पनि तपाईंकै होइन ?
हो, जसले गर्दा गाउँदा मौलिकता झल्किएको अनुभव गरें।
तपाईंलाई मोडलका रूपमा पनि हेरिन्छ नि ?
म मोडल होइन, धेरैले प्याजेन्टमा भाग लिएपछि मोडल भन्ने सोच बनाउँदा रहेछन्। र्याम्पमा पनि सोज स्टपरका रूपमा मात्र हिँडेकी छु। मलाई मेरै म्युजिक भिडियोमा मात्र देख्नुहुन्छ।
अहिलेको पत्रकारिता कसरी अघि बढिरहेको छ ?
एकदम रमाइलो छ। युवा समूहको आकर्षण बढ्दो छ, पत्रकार भन्दा निधार खुम्चाउने यही नेपाली समाजमा आदरले हेर्ने चलन सुरु भैसकेको छ।
आफू कस्ती छु जस्तो लाग्छ ?
फरवार्ड छु। कुरा लुकाउने तथा डाहा गर्ने बानी छैन।
आदर्श व्यक्तित्व ?
आमा।
मनपर्ने मिडिया पर्सनालिटी ?
भूषण दाहाल।
गायिका ?
सिनी गुरुङ तथा अभया सुब्बा।
तपाईंको नराम्रो बानी ?
मनमा लागेको कुरा व्यक्त गरिहाल्ने ।
मनपर्ने आउटफिट ?
मौसम र ठाउँ हेरेर आफूलाई सजिलो लाग्ने अनि स्मार्ट देखिने पहिरन।