Successfully Copied

होममेकर एटिकेट

तपाईं स्मार्ट हुनुहुन्छ, जानकार हुनुहुन्छ, एकसाथ थुपै्र जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ अनि सिक्नका लागि हरदम

तपाईं स्मार्ट हुनुहुन्छ, जानकार हुनुहुन्छ, एकसाथ थुपै्र जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ अनि सिक्नका लागि हरदम तयार रहनुहुन्छ, कारण तपाईं यो टेक्नोसेभी युगको होममेकर हुनुहुन्छ। तपाईंको छविमा अझ निखार ल्याउन केही एटिकेट प्रस्तुत गरिएको छ। यसले व्यक्तित्वमा प्लस प्वाइन्ट थप्नेछ र तपाईं र अरूबीच सकारात्मक अन्तर देख्न पाइनेछ।

वर्क प्लेस एटिकेट

-    वर्किङ लेडीले वर्क प्लेसमा शरीरलाई बढी एक्सपोज गर्ने ड्रेस वा स्लिभलेस लगाउनु उचित हुँदैन।

-    सपिङ गर्दै हुनुहुन्छ भने पनि त्यस्ता पहिरनबाट जोगिनुपर्छ जहाँ झुक्दा अगाडि र पछाडिको सम्पूर्ण शरीर देखिन्छ।

इन्डोर एटिकेट

-    कतिपय अवस्थामा युवतीहरू नाइट गाउन वा नाइट ड्रेस लगाएर ब्रेकफास्ट गर्न बस्छन्। त्यसो गर्नु ठीक होइन। यी प्राइभेट ड्रेस हुन् जसलाई प्राइभेट एरिया अर्थात् बेडरुमसम्म नै सीमित राख्नुपर्छ।

-    सुप वा चिया आदि हट डि्रंक्स सुरुप-सुरुप गर्दै वा फुक्दै पिउनु ठीक होइन। पहिले तिनलाई पिउन लायक चिसो बनाउनुपर्छ र विस्तारै आवश्यक भए चम्चा प्रयोग गरी पिउनुपर्छ।

-    वर्क प्लेसका लागि तीनवटा ज्वेलरी पर्याप्त हुन्छ। ब्रेसलेट, इयररिङ र एउटा रिङ। घडीलाई लिएर अलमल हुनुहुँदैनकिनभने घडी ज्वेलरीमा पर्दैन।

डाइनिङ एटिकेट

-    डाइनिङ टेबलमा नेप्किन राख्नुहोस्, कारण खाँदा खाना खस्न सक्छ। खाना खसे  नेप्किनले तुरुन्तै सफा गर्नुपर्छ।

-    खाना खाँदाखाँदै अचानक उठ्नुपरे नेप्किनलाई टेबलमा नभई चियरको आर्ममा राख्नुपर्छ।

-    खाँदा सीधा बस्नुपर्छ। टेबलमा कुहिना हुनु हुँदैन।

पार्टी एटिकेट

-    घरमा पार्टी गर्दै हुनुहुन्छ भने बाथरुम चेक गर्नुपर्छ। त्यसमा सबै प्रकारका टोयलेटरिज हुनु जरुरी छ भने बाथरुम सफा हुनुका साथै सुख्खा पनि हुनुपर्छ।

-    पार्टीमा आउने व्यक्तिको संख्याको हिसाबले फर्निचर अरेन्जमेन्ट गर्नुपर्छ।

-    स्न्याक्स पहिले नै तयार राख्नुपर्छ तर सर्व गर्दा तताउनुपर्छ। त्यसका लागि माइक्रोवेभ ओभन वा हट प्लेटको सहयोग लिन सकिन्छ।

इनरवेयर एटिकेट

-    कतिपय युवती घरमा इनरवेयर लगाउनु आवश्यक मान्दैनन्, तर यो गलत हो। यसबाट शरीर बेडौल हुनपुग्छ।

-    हेभी बस्ट भएका युवतीहरूले चौडा स्ट्रेपको ब्रा लगाउनुपर्छ, यसबाट शरीरको सेप राम्रो

देखिन्छ।

-    प्रायः युवतीलाई के जानकारी हुँदैन भने ड्रेसको हिसाबले ब्रा पनि अलग-अलग हुन्छन्। त्यसैले उपयुक्त टिसर्ट वा ब्रा लगाउनुपर्छ।

आउटसाइड एटिकेट

-    लिफ्टबाट झर्नेहरूलाई पहिले बाटो दिनुपर्छ, अनि मात्र आफू भित्र जानुपर्छ।

-    सपिङ मलमा भएको एस्कलेटरको एकातिर उभिनुपर्छ। केही व्यक्ति पूरा एस्कलेटरलाई घेरेर उभिन्छन्। यस्तोमा कसैलाई हतारमा माथि उक्लिनेहरूलाई आफ्ना कारणले समस्या हुन सक्छ।

-    मौकाअनुरूप प्लिज, थ्याङ्क्यु, सरी, एक्सक्युज मी आदि शब्द सहज र विनम्रतापूर्वक प्रयोग गर्नुपर्छ।

वाकिङ एटिकेट

-    हिँड्दा शरीरलाई सीधा राख्नुपर्छ। शिर पनि सीधा रहनुपर्छ।

-    झुन्ड बनाएर हिँड्नुहुँदैन। यसबाट पछाडि भएकाहरूलाई समस्या हुन्छ।

-    हिँड्दा सिनियर सिटिजन वा अपाङ्ग व्यक्ति भए पहिले उनलाई बाटो दिनुपर्छ अनि आफू जानुपर्छ।

ड्रेसिङ एटिकेट

तयार हुँदा आफ्नो शरीर आवर ग्लास सेपमा देखियोस् भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ। शरीरको माथिल्लो हिस्सा पातलो छ र तल चौडा छ भने माथिल्लो भागलाई चौडा देखाउने पहिरन लगाउनुपर्छ। हरेक स्थितिमा बडीको सेप आवर ग्लासका रूपमा हुनुपर्छ। यसबाट शरीर सन्तुलित रहन्छ।

-    शरीरमा एउटा फोकल प्वाइन्ट हुनुपर्छ। यसले व्यक्तिको ध्यान अरुतर्फ हटाएर त्यसतर्फ आकृष्ट गर्छ। कम्मर चौडा छ भने घाँटीमा स्कार्फ बेर्नुपर्छ जसले गर्दा व्यक्तिको ध्यान कम्मरमा नभै घाँटीतर्फ जाओस्।

-    पहिरन लगाउँदा मोनोक्रोमाटिक लुक अर्थात् स्लिम देखिने कुरामा ध्यान दिनुपर्छ। त्यसबाहेक पहिरनको नेकलाइन अवसरअनुरूप हुनुपर्छ।

डे टु डे एटिकेट

-    इमेल गर्नु दैनिक जीवनशैलीको आवश्यकताजस्तै हुन थालेको छ तर इमेल र एसएमएसबीच धेरै भिन्नता रहेको विषयमा विचार पुर्‍याउनुपर्छ। इमेलमा सर्ट र्फमको प्रयोगबाट जोगिनुपर्छ। त्यसबाहेक ब्लक लेटर्सको अत्यधिक प्रयोगबाट पनि बच्नुपर्छ।

-    शिशु जन्मिएपछि कुनै पार्टीमा जानु छ र स्मार्ट देखिन चाहनुहुन्छ भने बेडौल शरीरलाई सेपमा ल्याउन बडी सुट लगाउनुपर्छ। यसबाट शरीरमा बनेको टायर देखिँदैन।

 Image