Successfully Copied

विदेशमा सपिङ

कुनै देशको कपडाले मन लोभ्याउँछ भने कुनै देशमा सेलका कारण हामी आकषिर्त नभई रहन सक्दैनौं।

कुनै देशको कपडाले मन लोभ्याउँछ भने कुनै देशमा सेलका कारण हामी आकषिर्त नभई रहन सक्दैनौं। कुनै ठाउँको कलात्मक वस्तु किन्न लायकको हुन्छ भने कुनै ठाउँको बिंडो सपिङ गजबको हुन्छ। तथापि सपिङ पूरै तयारीका साथ गरियो भने मात्र हामी राम्रो सामान किन्न पाइन्छ अनि छुट्टी र यात्रासँगै सपिङको त्यो क्षण पनि अविस्मरणीय बन्छ।

सबैभन्दा पहिले गृहकार्य गरौं

सपिङको सबैभन्दा पहिलो कार्य हो जहाँ गइँदैछ त्यहाँका बारेमा जति हुनसक्छ जानकारी प्राप्त गर्ने प्रयास गर्नु। राम्रो चीजका लागि कुन इलाका ठीक छ तथा राम्रो क्वालिटीको पसल कहाँ छ पत्ता लगाउनुपर्छ। प्रायःजसो राम्रो क्वालिटीको पसल स्टार होटलसँगै वा पोस एरियामा पाइन्छ। इन्टरनेटबाट के पत्ता लगाउनुपर्छ भने जुन देशमा गइँदैछ त्यहाँको के कुरा खास छ ? त्यहाँ सेल कहिले-कहिले लाग्छ ? अमेरिका जस्तै धेरै कम ठाउँमा वर्षभरि नै सेल लाग्छ। युरोपमा वर्षको दुईपटक मात्र सेल लाग्छ। सपिङ गर्दा चार-पाँच ठाउँमा घुमेर सामानको मूल्यका बारेमा बुझ्नुपर्छ जसले गर्दार् मोलतोल गर्न द्विविधा नहोस्। मोलतोल गर्न सकिने वा नसकिने स्थानका बारेमा पनि जानकारी राख्नुपर्छ।

ड्युटी फ्रीको लोभमा नपरौं

जुन सामान हामी विदेशमा किन्छौं त्यो ड्युटी फ्री छ भनेर लोभमा फस्नुहुँदैन, हुनसक्छ आफ्नै देशमा त्यसभन्दा पनि कम मूल्यमा उक्त सामग्री उपलब्ध होस्। अहिलेदेखि नै मूल्यका बारेमा जानकारी छ भने सहयोग मिल्न सक्छ। ड्युटी फ्रीको अर्थ हो जहाँ पर्यटकले सामान किनमेल गरेको छ त्यहाँ उसले उक्त सामानको ट्याक्स तिर्नुपर्दैन तर छुट्टाछुट्टै देशको सीमा शुल्क त दिनैपर्छ।

क्रेडिट कार्डबाट भुक्तान गरौं

किनमेल गर्दा क्रेडिट वा डेबिट कार्डबाट नै भुक्तान गर्नुपर्छ। प्रायःजसो क्रेडिट कार्ड कम्पनीहरू बैंकसँग जोडिएका हुन्छन्। जहाँ पर्यटक लोकल मनी एक्सचेन्ज अफिसमा मुद्रा विनिमयका लागि गरिने भुक्तानभन्दा कम पैसा दिनुपर्छ। यो पर्यटकद्वारा किनिएको सामानको ठोस प्रमाण पनि हो।

सामानसँगै ल्याऔं

जबसम्म आवश्यक छैन तबसम्म कुनै पनि सामानको डाइरेक्ट डेलिभरी आफ्नो देशसम्म गराउनुहुँदैन। जुन कुरा किनिन्छ त्यसलाई आफूसँगै क्यारी गर्नुपर्छ। यसले पैसा र समय दुवै बचत हुन्छ।

केही नयाँ सामान किनौं

जहाँ यात्रामा गइएको छ । त्यहाँ फेरि पुग्ने अवसर प्राप्त नहुन सक्छत्यसैले उक्त ठाउँको खास र प्रसिद्ध सामान अवश्य किन्नुपर्छ। त्यहाँका ह्यान्डीक्राफ्ट, टेक्सटायल प्रोडक्ट, बालबालिकाका खेलौना वा पेन्टिङ आदि किन्न सकिन्छ जुन सधैंका लागि सम्झना हुन्छन्।

सानातिना नियम पनि जानौं

-    जहाँ गइँदैछ त्यहाँको मुद्रा विनिमय नियमको जानकारी लिनुपर्छ।

-    कतिपय देशमा कपी राइट नियम लागू हुँदैन। आवश्यक छैन प्रत्येक आइटम त्यही कम्पनीको हुनुपर्छ जसको लोगो लागेको हुन्छ। त्यसैले सामान किन्नुअघि सामान नक्कली त छैन जाँच गर्नुपर्छ।

-    कुनै खास सामान आयातका लागि लाइसेन्स लिनुपर्छ। यसमा एन्टिक, कलात्मक वा सांस्कृतिक महत्वका वस्तु हुुन सक्छन्।

ध्यान दिनुपर्ने कुराहरू

-    अंग्रेजी भाषाको ज्ञान हुनुपर्छ।

-    कम मूल्यका सामान किनिँदैछ भने त्यसको भुक्तान नगदमा गर्नुपर्छ।

-    सामानको प्याकिङमा ध्यान पुर्‍याउनुपर्छ। यात्रामा सामान फुट्ने आशंका रहन्छ। प्याकिङ राम्रो र मजबुत हुनुपर्छ।

-    कुनै गर्‍हुँगो सामान किनिएको छ भने  डेलिभरी सुविधाको लाभ उठाउनुपर्छ।

-    आफूले किनेको सामानको अफिसियल रसिद लिनुपर्छ। त्यसमा स्टोरको नाम, ठेगाना, फोन नम्बर, सामानको जानकारी, मूल्य आदि सबै उल्लेख होस्। यो आवश्यक पनि छ किनभने कतिपय अवस्थामा कस्टम अफिसलाई पूरा विवरण दिनुपर्छ।

-    सहरको मुख्य बजारले विन्डो सपिङको अफर गर्छ। यद्यपि कुनै पनि कुरा खरिद गर्नुभन्दा पहिले मूल्यको जानकारीका लागि कम्प्रेटिभ सपिङ (धेरै ठाउँबाट सामानको मूल्य पत्ता लगाउनु) गर्नुपर्छ।

-    फुटपाथको पसल वा सडकछेउको पसलमा पनि किनमेल गर्न सकिन्छ। त्यहाँ कम मूल्यका साथै सपिङको एउटा छुट्टै मज्जा हुन्छ।

-    कुनै कुरा राम्रो लाग्यो भन्दैमा किनिहाल्नु हुँदैन। पहिले विचार गर्नुपर्छ, बजेट हेर्नुपर्छ, सामानको महत्त्व पहिचान गर्नुपर्छ, साथीहरूसँग सरसल्लाह लिनुपर्छ।

-    ती सामान किन्नुपर्छ जसले उक्त ठाउँको संस्कृति, सभ्यता वा स्टाइलको प्रतिनिधित्व गर्छ।

- श्यामकुमार सिंह

 Image