एउटा शिशुलाई जन्माउन, हुर्काउन त कठिन हुन्छ भने जुम्ल्याहा शिशु जन्माएर स्याहार-सुसार गरी हुर्काउने काम अझ कठिन हुन्छ। जुम्ल्याहा शिशु जन्मदा आमाले पर्याप्त दु:ख गर्नुपर्छ भने बुबाले पनि उत्तिकै जिम्मेवारी बहन गर्नुपर्छ। कान्तिपुर टेलिभिजनमा समाचारवाचनबाट आफ्नो करिअर बनाएकी सिमि्रका शर्मा मरासिनीले जुम्ल्याहा छोराछोरी जन्माइन्। गर्भावस्थाको अन्तिम समयतिर डब्लुडब्लुएफमा काम पाएकी सिमि्रकाले सन्तान जन्मिएपछि आफ्नो करिअर अझ राम्रो भएको बताइन्। गर्भावस्थामा, जन्माउँदा तथा उनीहरू साना छदासम्म केही दु:ख भए पनि हुर्कदै गएपछि उनीहरूको क्रियाकलाप एवं व्यवहारले स्वर्गीय आनन्दको अनुभूति हुने सिमि्रकाले बताइन्। एकैपटक छोराछोरी जन्मदा दुई सन्तानसम्म चाहिन्छ भन्ने सामाजिक मान्यता तथा पारिवारिक प्रेसरबाट पनि आफू एकैपटकमा मुक्त भएको उनको तर्क छ। त्यस्तै सेपअपकी पिंकी श्रेष्ठले पनि पहिलो पटकमै जुम्ल्याहा छोरी जन्माइन् तर दुईवटा अण्डामा बसेका हुनाले उनका छोरीको बानी-व्यवहार फरक-फरक छ। पिंकी जुम्ल्याहा छोरी जन्मदा खुसी छाएको र जीवनमा उत्साह बढेको बताउँछिन्। छोरीहरू सानै छँदा आधा रात आफू र आधा रात श्रीमान् जागेर उनीहरूको केही समय बित्यो तर अहिले छोरीहरू हुर्किएपछि रमाइलो अनुभव भैरहेको उनले बताइन्।
फेसन डिजाइनर मञ्जु बञ्जाराले पहिलो छोरा जन्मिएपछि दोस्रो सन्तानका रूपमा जुम्ल्याहा छोरी जन्माइन्। ८ महिना लागेपछि आफूलाई सुत्न, सास फेर्न निकै कठिन भएको उनको अनुभव छ। त्यतिबेला उनी १ सय ६ केजीसम्म पुगेकी थिइन्। एउटै अण्डामा बसेकाले उनीहरूको अनुहार, उचाइ अनि बानी-व्यवहार पनि एउटै छ। उनीहरूमा सेयरिङको भावना छोरामा भन्दा बढी भएको मञ्जु बताउँछिन्। मञ्जुले जुम्ल्याहा छोरीहरू आफ्नो जीवनमा गुड लक भएर आएको समेत बताइन्। छोरीहरू साना छँदा हुर्काउन निकै कठिन भएको थियो। एउटा बिरामी हुँदा अर्काे पनि बिरामी हुने। आइडेन्टिकल जुम्ल्याहा भएकाले आस्था रोइन् भने आश्मीको आँखाबाट बरर्र आँसु झथ्र्याे। एक नभई अर्काे बस्नै नसक्ने समेत उनले बताइन्। मामु भनेपछि भुतुक्कै हुने आस्था-आस्मी आफ्नी ममी क्रियटिभ र फनलभिङ नेचरको भएको बताउँछन्।
त्रिशूलीकी राजभण्डारीका दुई जना छोरी पछि तेस्रो सन्तानका रूपमा जुम्ल्याहा जन्मिए। ती जुम्ल्याहा छोरी नितु र निसु सानैदेखि एक-अर्काका परिपूरकजस्तै थिए। अनुहार पनि मिल्ने र बानी-व्यवहार पनि उस्तै। नितु गायक प्रसन्नध्वज प्रधानसँग विवाह गरेर अमेरिका पुगिन् भने निसु चावहिलमा विवाह गरेर यतै छिन्। शरीरले टाढा भए पनि यी दुई सधै फोन एवं इन्टरनेटमार्फत दिनभरिका कुरा सेयर गर्छन्। निसु अहिले पनि आफ्नी आमाले त्यतिबेला आफूहरूलाई कसरी हुर्काउनुभएहोला भन्ने सोचमा हुन्छिन्।
मिस युनिभर्सिटी आयुषा श्रेष्ठ र आयुष श्रेष्ठ पनि जुम्ल्याहा हुन्। उनीहरूलाई ज्योति श्रेष्ठले ७ महिनामै प्रिमेचोर बेबीका रूपमा जन्माएकी हुन्। ७ महिनामै जन्मिएकाले उनीहरू १ केजीभन्दा कम तौलका भएकाले हुर्काउन धेरै कष्ट भएको थियो। दुवैले दूध तान्न नसक्ने, बाहिरको दूध ख्वाउनुपर्दा भान्सा त बोतलका लागि उमाल्ने थलोजस्तो भएको ज्योति बताउँछिन्। ज्योतिले दुई जना मान्छे राखेर उनीहरूलाई हुर्काइन्। जुम्ल्याहा भए पनि उनीहरू एकदमै नमिल्ने नेचरका छन्। अनुहार, बानी, रुचि सबै नै फरक छ। यद्यपि सानोमा सन्चो नहुँदा दुवैलाई सँगै सन्चो नहुने, एक जना स्कुल नजाँदा अर्काे पनि जान नखोज्ने हुन्थ्यो। अहिले छोराछोरी दुवै आ-आफ्नो क्षेत्रमा सफल भएको देख्दा आमाको मन खुसी हुने ज्योति बताउँछिन्। त्यस्तै प्रोजेक्टमा कार्यरत सुजाता थापा श्रेष्ठका पहिलो सन्तानका रूपमा जुम्ल्याहा छोरी जन्मिए। श्रीमान्-श्रीमती दुवै कामकाजी भएकाले छोरीहरू हुर्काउन निकै कठिन भयो तर अहिले छोरीहरू आर्या र आध्या दुवै सँगै हुर्किएको, रमाएको र खेलेको देखेर मन प्रफुल्ल हुने सुजाता बताउँछिन्। त्यस्तै गायक राम-लक्ष्मण पनि जुम्ल्याहा हुन् र दुवैले आफ्नो गायन यात्राबाट करिअर सुरु गरेका हुन्। त्यस्तै मंगलबजारका कम्प्युटर डिजाइनर राम-लक्ष्मण पनि एउटै पेसामा आबद्ध छन् भने दुवैको रुचि र अनुहार पनि एउटै छ। अहिले उनीहरू आफ्नी आमाले छैंठांै सन्तानका रूपमा आफूहरूलाई जन्माउँदा कति कठिन भयो होला भनेर सोचमग्न हुन्छन्। त्यस्तै बनेपाकी भोछिभोयाले पहिलो र दोस्रो दुवै पटक जुम्ल्याहा छोरी पाइन्। पहिलो गंगा-जमुना र दोस्रो पटक गया-जया। गंगा-जमुनाको अनुहार, रुचि सबै फरक छ भने गया-जयाको अनुहारदेखि सबै कुरा मिल्छ।
सबै जुम्ल्याहा छोराछोरी आ-आफ्ना आमालाई आइडियल पर्सन मान्छन्। एउटा बच्चा हुर्काउन यति गार्हो हुने समयमा जुल्याहा सन्तानलाई हुर्काएर, राम्रो शिक्षा दिएर, संस्कार दिनु चानचुने कुरा होइन भन्ने पनि उनीहरूको धारणा छ।
गर्भवती महिलाको पाठेघरमा दुई वा त्यसभन्दा बढी शिशु भए त्यसलाई मल्टिपल प्रेगनेन्सी भनिन्छ। तीन वटा विकास भए टि्रपलेट भनिन्छ। एसिया र अफ्रिकामा यस्ता धेरै शिशु जन्मिन्छ। ७० जना गर्भवतीमा १ जना जुम्ल्याहा, तिम्ल्याहा शिशुको सम्भावना हुन्छ। दुईवटा फरटिलाइज अण्डाबाट दुई वटा नै शिशु जन्मन्छन् भने त्यसलाई जाइगोटिक भनिन्छ। यी दुई शिशु फरक-फरक लिंगका हुन्छन्। दुई वटा शिशुमा एक छोरा र अर्की छोरी हुन्छिन्। उनीहरूको ब्लड ग्रुप र अनुहार मिल्दैन। अर्को हुन्छ फ्नोजाइगोटिक। यसमा एउटै फरटिलाइजर अण्डाबाट दुई वटा शिशुको जन्म हुन्छ। एकैपटक जन्मिएका ती शिशुको लिंग पनि एउटै हुन्छ। अनुहार पनि मिल्दोजुल्दो, ब्लड ग्रुप पनि एउटै र बानी-व्यवहार पनि एउटै हुन्छ। जुम्ल्याहा शिशुहरू वंशानुगत, उमेर धेरै भएपछि आमा हुँदा तथा टेस्टट्युब प्रक्रियाबाट जन्मने चिकित्सकहरू बताउँछन्। एकैपटक धेरै शिशु जन्माएका महिला फेरि गर्भवती हुँदा त्यस्तै बच्चा जन्माउने सम्भावना १० गुणा बढी हुन्छ।