आउटलेट ः कुमारीपाटी
विशेषता ः महिलाहरूका लागि सबै प्रकार तथा गुणस्तरीय पहिरन तथा एसेसरिज।
मुख्यत ः टिनएजर्स लक्षित गरिए पनि यहाँ कामकाजी तथा विवाहित महिलाहरूका लागि उपयुक्त हुने क्याजुअल वेयर पनि खरिद गर्न सकिन्छ। विशेषतः म्याचिङ गर्न रुचाउनेहरूका लागि यो उपयुक्त गन्तव्य हो। यहाँ कुनै रंगको परिधान मन परे त्यसलाई म्याच गर्ने जुत्ता, ब्याग, एसेसरिज आदि पनि पाइन्छ। सामानको गुणस्तरअनुसार उचित मूल्य तोकिएको छ। नियमित ग्राहकहरूका लागि छुटको व्यवस्था पनि छ। यहाँ बैंकक तथा इन्डोनेसियाबाट आयातीत सामग्रीहरू छन्।
निरामय फिट्नेस
स्टुडियो एण्ड ऐकेडेमी
आउटलेट ः नारायण गोपाल चोक, महाराजगञ्ज।
विशेषता ः एक सम्पूर्ण फिट्नेस स्टुडियो।
यो स्टुडियोमा पार्किङको राम्रो सुविधा छ। ९ हजार वर्ग फिटमा फैलिएको यो फिट्नेस स्टुडियो निकै खुल्ला तथा उज्यालो छ। यो स्टुडियोले नेपालमै पहिलो पटक महिला ग्राहकहरूलाई लक्षित गरी छुट्टै जिमको सुविधा प्रदान गरेको छ। त्यसबाहेक युनिसेक्स जिमको पनि व्यवस्था छ। विश्वकै नाम चलेका ब्रान्डका मेसिनहरू यहाँ जडान गरिएका छन्। विविध प्रकारका एरोबिक तथा जुम्बाका कक्षा पनि संचालनमा छन्। त्यसैगरी योगका कक्षा पनि संचालन भैरहेका छन्। सुविधा सम्पन्न यो फिट्नेस सेन्टरमा स्वादिष्ट तथा स्वस्थकर खानाका लागि क्याफ्टेरियाको व्यवस्था छ। यो फिट्नेस सेन्टरसँग सर्टिफाइड न्युटि्रसिनिस्ट, फिजियोथेरापिस्ट, फिट्नेस ट्रेनर तथा डाइटिसियनहरू आबद्ध छन्।
क्ले क्राफ्ट एण्ड मोर
आउटलेट ः काठमाडौं प्लाजा
विशेषता ः साडी, सल तथा स्कार्फ पेन्टिङका लागि उत्कृष्ट गन्तव्य।
काठमाडौं प्लाजामा ४ वर्षअघि खुलेको क्ले एण्ड क्राफ्टमा प्रोप्राइटर बबिता बस्नेतले पेन्टिङ गरेका साडी, सल तथा स्कार्फका विभिन्न डिजाइन उपलब्ध छ। २१ वर्षअघि माटाका भाँडामा पेन्टिङ गरेर काम थालेकी बबिताले अहिले साडी, पेन्टिङ, स्कार्फ तथा कुर्ता-सलवारमा पनि पेन्टिङ गर्न थालेकी छिन्। फाइन आर्ट पढेकी बबिताले त्यसैका आधारमा साडीमा पेन्टिङ गर्न थालेकी हुन्। उनिले अर्गेन्जा, सिफन, क्रेप तथा जर्जेटका साडीमा पेन्टिङ गर्छिन्। उनले पेन्टिङ गरेका साडी विदेश जानेहरूले पनि लाने गरेका छन्। विभिन्न डिजाइनमा पेन्टिङ गरेका साडी अरूभन्दा पृथक् एवं आकर्षक देखिने बबिताको दाबी छ। उनका डिजाइन एक-अर्कासँग मेल खाँदैनन्। हेर्दा आकर्षक र सुन्दर देखिने साडीको मूल्य फेबि्रक तथा पेन्टिङका आधारमा तय हुन्छ।
सु फर लेस
आउटलेट ः दरबारमार्ग
विशेषता ः ब्रान्डेड जुत्ताहरू सुपथ मूल्यमा उपलब्ध।
सु फर लेसका जुत्ताहरूको मोडल तथा संरचनाले जुत्ताको गुणस्तर वर्णन गर्छन्। सन् २०१३ मा दरबारमार्गमा स्थापना भएको यो शोरुममा वेस्टर्न तथा युरोपियन ब्रान्डका जुत्ताहरू राखिएका छन्। टिनएजर्सलाई फोकस गरी खोलिएको यो शोरुमले छोटो समयमै लोकपि्रयता हासिल गरेको छ। यहाँका सामग्रीहरूको मूल्य कम भए पनि गुणस्तर भने कम छैन। यहाँ सस्तोमा १ हजारदेखि ३ हजारसम्मका जुत्ता उपलब्ध छन्। आफूलाई चाहिएको डिजाइन हेर्न फेस बुक सर्च गर्न सकिन्छ। फिक्स्ड प्राइस केन्दि्रत यो शोरुममा क्लियरेन्स जुत्ता सस्तोमा खरिद गर्न सकिन्छ। यहाँ विभिन्न प्रकारका ब्यागहरू पनि उपलब्ध छन्। अहिले बजारमा इन भएका सबै रंग तथा शैलीका जुत्ता यहाँ खरिद गर्न सकिन्छ।