Successfully Copied

नारी एसएमएस

गतांकको आवरण पृष्ठमा प्रकाशित नायिका नम्रता श्रेष्ठको तस्बिर निकै आकर्षक लाग्यो।

गतांकको आवरण पृष्ठमा प्रकाशित नायिका नम्रता श्रेष्ठको तस्बिर निकै आकर्षक लाग्यो।

- रमिता तामाङ, बालाजु

जीवनसाथी कस्तो रोज्ने भनेर गतांंकको नारीमा चलाइएको बहस समय सान्दर्भिक छ।

- कौशल्या शर्मा, कलंकी

सुख पाउन विवाह गरेर कोरिया जाँदा बिचल्ली पो हुँदो रहेछ, स्वदेशमै घरजम गरौं है साथी हो। (... कोरिया पुगेका महिलाहरू चरम घरेलु हिंसामा, पुस नारी)

- कल्याणी तिमल्सिना, धादिङ

वैवाहिक मामिलामा अभिभावकको सल्लाहसम्म लिनु त राम्रो हो तर निर्णय भने स्वयंले गर्न पाउनुपर्छ। (कस्तो जीवनसाथी रोज्ने ? माघ, नारी)

- मल्लिका शर्मा, भैंसेपाटी

सुन्दरता वृद्धिमा कर्मशील हातहरू मात्र नभै मनहरूलाई पनि नारीमा स्थान दिनुपर्‍यो। बाह्य सौन्दर्य मात्र सबै कुरा हो र ? (सुन्दरता वृद्धिमा कर्मशील हातहरू, माघ, नारी)

- योगिता सैंजू, खोटाङ (हाल काठमाडौं)

नेपाली महिला क्रिकेटले ऐतिहासिक फड्को मारोस्, हार्दिक शुभकामना। (महिला क्रिकेटमा कीर्तिमानको ओइरो, माघ, नारी)

- विधाता जोशी, लाजिम्पाट

नारी टिप्स हामीजस्ता महिलाका लागि निकै उपयोगी छ, यसले निरन्तरता पाओस्।

- बबिना शाह, सामाखुसी

आधुनिक किशोर-किशोरीका लागि पकेटमनी अति आवश्यक छ। त्यसैले अभिभावकले सचेततापूर्वक पर्याप्त पकेटमनी उपलब्ध गराउनुपर्छ। (टिनएजरलाई पकेटमनी, माघ, नारी)

- निकिता सुवाल, भक्तपुर

वर्तमान संविधानसभामा पनि नेपाली महिला ठगिएकै हुन्। पुरुषवादी सोचले प्रश्रय पाउन्जेल राजनीतिमा महिलाको निर्णायक अधिकार स्थापित हुन गार्‍हो छ।

(समानुपातिकमा महिलाको उपस्थिति, माघ, नारी)

- पवित्रा सिवाकोटी, चितवन

हामीजस्ता गृहिणीका लागि आन्तरिक सज्जासम्बन्धी नारी टिप्स निकै उपयोगी छन्।

- सफला केसी, थानकोट

माघ महिनाको  'जीविकाको हट कुल मेकअप' राम्रो लाग्यो। मोडलबाहेकका सामान्य महिलालाई मेकओभरमा सहभागी गराउन सकिँदैन ?

- कृपा श्रेष्ठ, कालिमाटी

बजारमा पर्याप्त सौन्दर्य प्रसाधन छँदाछँदै कसले झन्झट बेहोरिरहोस् अनि व्युटिपार्लर छँदाछँदै किन घरमा टेन्सन यस्तो व्यस्त जमानामा ?

- सावित्री राई, चावहिल

साहित्यिक स्तम्भले पनि नारीमा नियमित स्थान पाओस्।

- मनिता थापा, वनस्थली

 Image