Successfully Copied

उषा खड्गी तिमिल्सिना

जाडोमा ऊलन स्कर्ट, स्वेटर, कोट, लेगिन्स तथा बुट मेरा फेबरेट आउटफिट हुन्। यो मौसममा म प्रायः वान पिस वा हाफ स्कर्टहरूसँग बुट लगाउन रुचाउँछु।

जाडोका लागि पहिरन

जाडोमा ऊलन स्कर्ट, स्वेटर, कोट, लेगिन्स तथा बुट मेरा फेबरेट आउटफिट हुन्। यो मौसममा म प्रायः वान पिस वा हाफ स्कर्टहरूसँग बुट लगाउन रुचाउँछु।

पार्टीका लागि

पार्टीको टाइपमा भर पर्छ। घरतिरको पार्टीमा साडी वा लेहेंगा लगाउँछु। मिडिया पार्टीमा गाउन एवं प्रोफेसनल पार्टी वा साथीभाइको पार्टीतिर वान पिस नै रुचाउँछु।

फुटवेयर

म जुत्ताको निकै सौखिन छु । मसँग लगभग २ सय जोर जुत्ताको कलेक्सन छ। त्यसमा पनि प्रायः हिल्स नै छन्। अरेन्ज कलरबाहेक मसँग सबै कलरका ब्रान्डेड-नन ब्रान्डेड जुत्ता छन्। छुट्टी र घुम्न जाने बेला मात्र स्लिपर लगाउँछु। हिल्समा पेन्सिल हिल नै राम्रो र स्मार्ट लाग्छ।

ब्याग्स

मेरो ह्यांग ब्यागको कलेक्सन पनि धेरै राम्रो छ। म सँग प्रायः सबै कलरका ब्याग छन्। मलाई च्यानल र क्रिस्टिनो डियोर ब्रान्डका ब्याग मन पर्छन्।

ह्यान्ड वाच

टिसोट, डिक्नी, फोसिल तथा टाइटन।

एसेसरिज

म प्रायः घाँटीमा माला र कानमा एयररिङ लगाउँछु। मसँग कान र घाँटीका सयौं एसेसरिज छन्। पार्टीका लागि कानमा ठूल्ठूला एयररिङ लगाउँदा स्मार्ट फिल हुन्छ।

स्किन केयर

स्किन केयरका लागि लोरियल, क्लिन्जिङ र टोनिङका लागि निभिया, मेकअपमा रेभलोन।

मेकअप आर्टिस्ट

सकिल कुँवर तथा सोफी।

फेसन डिजाइनर

अहिले आफ्नै डिजाइनको लगाउँछु। यद्यपि नेपालका विश्व गौतम राम्रा लाग्छन्। इन्डियन डिजाइनरमा ऋतुकुमार, अन्तर्राष्ट्रियमा भ्यालेन्ट्यानोको गाउन तथा भिक्टोरिया सिक्रेटको इनर वेयर मन पर्छ।

छोटोमिठो कुराकानी : योजना पुरी, गायिका

अहिले केमा व्यस्त हुनुहुन्छ ?

भर्खरै एल्बम बजारमा ल्याएकी छु। त्यसकै प्रमोसनमा व्यस्त छु भने रेडियो कार्यक्रममा नियमित रूपमा बोल्दैछु।

गाउन थालेको कति भयो ?

सानैदेखि गाउँदैं आएकी हुँ तर ६ वर्षदेखि गीतहरू रेकर्ड गरेर यो क्षेत्रमा प्रवेश गरेकी हुँ। पहिलो एल्बम भर्खरै बजारमा ल्याए पनि युगल एल्बममार्फत ६ वर्षअघि नै श्रोतामाझ आएकी हुँ।

यो एल्बममा कस्ता गीत

समावेश छन् ?

पूरै रोमान्टिक गीतको कलेक्सन हो-यो एल्बम।

गायनबाहेक अरू केमा रुचि छ ?

गीत सुन्न, खाना पकाउन

र घुम्न।

कस्ता गीत बढी सुन्नुहुन्छ ?

आधुनिक, पप, हिन्दी, अंग्रेजी सबै प्रकारका गीत उत्तिकै सुन्छु।  रोमान्टिक गीत बढी मन पर्छन्।

मन पर्ने गायक-गायिका ?

नारायण गोपाल, अरुणा लामा, तारादेवी तथा अञ्जु पन्त।

कत्तिको घुम्नुहुन्छ ?

खासै घुम्दिन तर घुम्न मन पराउँछु। पूर्वतिर बढी घुमेकी छु। पोखरा बढी मनपर्छ।

फुर्सदको समय कसरी बित्छ ?

फुर्सद हुनासाथ कोठा सफा गर्ने, पत्रपत्रिका हेर्ने, इन्टरनेट चलाउने आदि काम गर्छु।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?

समय भए चलाउँछु। आफ्ना कुराहरू अपडेट गर्छु, म्यासेज चेक गर्छु, रमाइलो लाग्छ।

घरको काम कत्तिको गर्नुहुन्छ ?

घरको सरसफाइदेखि पकाउने काम पनि गर्छु।

मीठो के पकाउनुहुन्छ ?

चिकेन चिल्ली, तरकारी तथा आलुको अचार।

धर्मप्रति कत्तिको आस्था छ ?

शनिबार पीपलमा जल चढाउँछु, पशुपति जान्छु। कुनै नयाँ काम गर्ने बेलामा मन्दिर दर्शन गर्न जान्छु।

अबको योजना ?

कलेक्सन एल्बमहरूमा पनि गाइरहेकी छु। अर्को एल्बमको विचार पनि आउन थालेको छ। गायनमै जीवन बिताउने योजना छ।

पुरूष : प्रकाश बज्राचार्य, विजनेसम्यान तथा गीतकार

जीवनमा सबैभन्दा महत्त्व

राख्ने महिला ?

जीवनसाथी सेलिना तथा

दुई छोरी।

आदर्श महिला ?

मदर टेरेसा तथा हिलारी क्लिन्टन।

सुन्दर महिला ?

उमेरमा युवतीहरूको अनुहार सुन्दर लाग्थ्यो भने अहिले ब्युटी विथ ब्रेन एण्ड ट्यालेन्ट हेरेर सुन्दर लाग्न थालेको छ। यसरी हेर्दा पि्रयंका चोपडा तथा सिन्डी क्याफोर सुन्दर लाग्छन्।

नेपाली महिलाहरूको

सकारात्मक पक्ष ?

नेपालमा महिलाहरू काममा अग्रसर, मोटिभेटिभ तथा कामप्रति उत्सुक छन्। ट्याम्पु ड्राइभरदेखि कर्पोरेट लेबलसम्म महिलाहरूको उपस्थिति उत्साहजनक छ। नेपाली महिलाहरू कामलाई सम्मान र इज्जत गर्छन्।

नेपाली महिलाहरूको

नकारात्मक पक्ष ?

नेपाली महिलाहरूको नकारात्मक पक्ष भन्नु नै डाहा तथा इगो हो। यी दुई समस्या हटाउन सके नेपाल महिला प्रधान समाज हुन्छ र महिलाले देश पनि हाँक्न सक्छन्।  

कुन नेपाली गायिकाको स्वरबाट प्रभावित हुनुहुन्छ ?

मेरो एल्बममा राष्ट्रिय भावनाको गीत गाउने विष्णु चेम्जोङको स्वरबाट प्रभावित छु। मलाई उनी नेपालकै सर्वाेत्कृष्ट गायिका लागिन्।

संगीतमै रमाउन  : चाहने शशि

चाहना सकियो, बहाना सकियो गीत गाएर सागीतिक क्षेत्रमा प्रवेश गरेकी शशि रावल केही समय जापान बसेर नेपाल फर्किएकी छिन्। नेपाल आएर गीत-संगीतमै व्यस्त रावल नयाँ एल्बम 'रित्तो रित्तो’ को तयारीमा छिन्। उक्त एल्बमका दुईवटा गीत भने सार्वजनिक भैसकेका छन् जसमध्ये एउटा रक पप तथा अर्को गजल टाइपको छ। त्यो ज्यानले मार्‍यो है गीतपछि शशिलाई श्रोताहरूले रक पप शैलीमा रुचाउन थालेकाले उनका प्रायः गीत त्यस्तै फ्लेबरका हुन थालेका छन्। अन्य फ्लेबरका गीत पनि किन नगाउने भनेर गजल गाएको शशि बताउँछिन्। ४० वटा जति गीत गाएकी शशिले केही चलचित्रमा समेत स्वर दिन भ्याएकी छिन्। चलचित्रका आइटम गीतमा समेत उनको स्वर सुन्न सकिन्छ। शशिले समाजसेवा एवं संगीतमार्फत अघि बढ्ने सोच बनाएकी छिन्। 

 Image