Successfully Copied

कलर कस्मेटिक्स

के हो त कलर कस्मेटिक्स ? सन् २०१२ देखि कलर कस्मेटिक्सको बजार वृद्धि हुन थालेको हो । जब कन्सिलर, बिबी क्रिमजस्ता स्किन स्टोन गर्ने प्रसाधनको उत्पादन सुरु भयो तब यस्ता प्रसाधनले राम्रो बजार पाउन थाले । सन् २०१२ मा सार्वजनिक युरोमोनिटर इन्टरनेसनल्स प्रिलिमिनरी

 

यो रंगीन जमाना हो । ब्ल्याक एन्ड ह्वाइट्सलाई एक पाइला पछाडि राख्दै दुनियाँ अहिले कलरफुल लाइफ इन्जोय गरिरहेको छ । घुमघाम, आउटिङ, फ्यामिली गेटटुगेदर, विभिन्न पार्टी तथा सभा–समारोहहरूले जीवनमा फरक र ताजापन ल्याउँछन् । यी सबैमा सरिक हुन पहिरन र मेकअपले महत्वपूर्ण भूमिका खेल्छन् । पछिल्लो समयमा यी कुरामा पनि छुट्टै रौनक देखिन्छ । अहिलेको पुस्ता मात्र नभएर त्यो पुस्ता जो आफ्नो जवानी पार गरेर आइसकेको छ ऊ पनि कलरफुल लाइफ अवलम्बन गर्न हौसिएको छ । अहिले लगाइने पहिरन तथा मेकअपमा न्युडभन्दा कलरफुल नै बढी रुचाइन्छ । त्यसैले पनि सौन्दर्य प्रसाधन कम्पनीहरू कलर कस्मेटिक्स उत्पादनमा जोड दिन थालेका छन् । नेपाली बजारमा विशेषत: इन्डियन, थाइ, जापानी तथा फ्रेन्च कस्मेटिक्स बढी चल्छन् । त्यसबाहेक अमेरिका, अस्ट्ेरलिया, बेलायत आदि मुलुकबाट पनि नेपालमा कस्मेटिक्स भित्रिने गरेका छन् तर स्मल भोल्युममा, किनभने यी प्रसाधन तुलनात्मक रूपमा केही महँगा छन् ।

के हो त कलर कस्मेटिक्स ? सन् २०१२ देखि कलर कस्मेटिक्सको बजार वृद्धि हुन थालेको हो । जब कन्सिलर, बिबी क्रिमजस्ता स्किन स्टोन गर्ने प्रसाधनको उत्पादन सुरु भयो तब यस्ता प्रसाधनले राम्रो बजार पाउन थाले । सन् २०१२ मा सार्वजनिक युरोमोनिटर इन्टरनेसनल्स प्रिलिमिनरी डाटाले विश्वभर कलर कस्मेटिक्सको बजार ५५ बिलियन अमेरिकी डलर देखाएको छ जुन प्रतिवर्ष ५ दशमलव ७ प्रतिशतले वृद्धि हुँदै गएको छ । कलर कस्मेटिक्सलाई फेस, आई, लिप्स तथा नेल गरी ४ भागमा बाँडिएको छ ।

फेस : फाउन्डेसन, ब्लर्सस, इल्युमिनेटर्स, फेस ब्रन्जिङ लोसन, क्रिम तथा पाउडर र लुज एन्ड प्रेस पाउडर, मिनरल पाउडर ।

आइ : आइस्याडो, आइलाइनर, आइब्रो पेन्सिल, गाजल तथा मस्कारा, मिनरल

आइ पाउडर ।

लिप्स : लिपिस्टिक, लिपग्लस, लिप पेन्सिल, लिप प्लम्पर्स वा बाम, पर्टस तथा प्लेट्स ।

नेल : नेल वार्निस एन्ड पोलिस, हार्डनर्स एन्ड स्टेनथेनर्स तथा बेस एन्ड टप कोट ।

मुख्यत: कलर कस्मेटिक्सका भेराइटी यिनै हुन् । जुन कलरफुल र विभिन्न भेराइटीयुक्त हुन्छन् । कलर कस्मेटिक्सले मानिसको व्यक्तित्वलाई उँचो बनाउने सौन्दर्यविद्हरू बताउँछन् । यस्ता प्रसाधनले तरोताजा देखाउनुका साथै फ्रेस र जुझारु राख्ने विशेषज्ञहरूको दाबी छ । मेकअप सुन्दरताका लागि मात्र नभएर व्यक्तित्व निर्माण एवं कन्फिडेन्ट विल्डअपका लागि गरिने बताउँदै सौन्दर्यविद् कमला श्रेष्ठ भन्छिन्–यसले मानिसको व्यावसायिक जीवनमा आत्मसम्मान र आत्मविश्वास अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्छ ।

नेपाली बजारमा हाल रिमेल, ल्याक्मे, लोरियल, म्याक, आटडोर गर्ल, मेबिलाइन, कोहल, मिस पर्फेक्ट, रेभलन, डर्माकोल, कलरपप, डायना अफ लन्डन, लोटस हर्बल, रोयल, सोल टी, डिएमजिएम, टेक्निक, बडीसप, फग, ओसियन हर्बल, कलरबार, एनवाइके, एभोन, लागर्ल, मेकअप रेभोलुसन, द बाम कस्मेटिक्स, क्लिनिक, प्याक आदि कलर कस्मेटिक्स चल्तीमा छन् । ल्याक्मेकी कन्ट्री हेड रजनी श्रेष्ठ भन्छिन्–‘आधा दशकयता नेपालमा पनि कलर कस्मेटिक्सको माग बढ्दो छ । सौन्दर्य चेतना वृद्धि हुँदै गएका नेपालीहरूमा फरक र पृथक् प्रकृतिका मेकअप तथा सौन्दर्य प्रसाधन एक्सपेरिमेन्ट गर्ने ट्ेरन्ड झाँगिंदैछ ।

 अहिले बढी माग हुने कलर कस्मेटिक्समा लिपिस्टिक्स, ब्लसर, नेलपोलिस तथा आइस्याडो छन् ।’ ल्याक्मे गुणस्तरीय प्रसाधन ब्रान्ड मानिन्छ । नेपालमा सर्वाधिक बिक्री हुनेमध्ये यो पनि एक हो । इन्द्रचोकस्थित लोरियलमा आँखालाई तान्ने गरी कलर कस्मेटिक्स राखिएका छन् । यिनले बाटो हिँडिरहेकाहरूलाई समेत आकर्षित गर्छन् । नेपालमा कलर कस्मेटिक्सको बजार फैलिरहेको छ–लोरियलका भवेश बाँस्कोटा भन्छन्–‘अहिले टिनएजर्सदेखि प्रौढसम्मले उज्याला रंगका लिपिस्टिक, स्याडो तथा ब्लसर मन पराउँछन् । अन्तर्राष्ट्रिय स्तरका भव्य समारोहमा बाहेक अन्य ठाउँमा न्युड मेकअप त्यति उपयुक्त मानिँदैन । कलर कस्मेटिक्सको कमाल भनेकै मानिसको सौन्दर्य वृद्धि गरी भव्य व्यक्तित्व निर्माण गर्नु हो । अर्को कुरा कलर कस्मेटिक्सले उमेरभन्दा कम देखाउन र आफूतर्फ आकर्षित गर्न मद्दत गर्छ ।

ब्राजिल सबैभन्दा बढी कलर कस्मेटिक्स बिक्ने मुलुक हो । त्यसपछि अमेरिका, जापान, चीन तथा युके छन् जहाँ सन् २०११ देखि २०१६ को बीचमा ३२ दशमलव ६ प्रतिशतका दरले कलर कस्मेटिक्सको बजार बढेको देखिन्छ भने त्यसमा ६१ बिलियन डलरको कारोबार भएको बताइन्छ । नेपालमा भने यति नै दरभाउ र प्रतिशतमा कलर कस्मेटिक्स बिक्छन् भन्ने यकिन तथ्यांक छैन र हालसम्म यससम्बन्धी कुनै शोध पनि गरिएको पाइँदैन । ल्याटिन अमेरिकामा यसको कारोबार ४८ दशमलव ५ प्रतिशत अर्थात् ५.८५ मिलियन देखिन्छ भने ब्राजिलमा गत वर्षसम्म यसको कारोबार ३९ दशमलव १ प्रतिशत अर्थात् २ दशमलव ४४ बिलियन अमेरिकी डलर बराबरको भएको पाइन्छ । ल्याटिन अमेरिकामा ४१ दशमलव ५ प्रतिशत ब्राजिलियन कलर कस्मेटिक्सले ओगटेका छन् । कलर कस्मेटिक्सको आधिकारिक संस्था युरोमोनिटरका अनुसार ब्राजिलमा २६ दशमलव ८, ल्याटिन अमेरिकामा २० दशमलव ९ तथा अन्य समग्र मुलुकमा १८ दशमलव ७ प्रतिशतले यसको बजार वृद्धि भैरहेको छ । संसारभर यसका २ बिलियनभन्दा बढी प्रयोगकर्ता छन् ।

कलर कस्मेटिक्सका प्रबन्ध निर्देशक नरोत्तम डंगोलका अनुसार भारतीय ब्रान्ड लोटस तथा जर्मन ब्रान्डको रिजभोल अहिले नेपाली मार्केटमा रुचाइएका ब्रान्ड हुन् । यी दुवै ब्रान्डसँग भेराइटी अफ कलर कस्मेटिक्स छन् । ८ वर्षदेखि लोटस तथा ३ वर्षदेखि रिजभोलको नेपालस्थित आधिकारिक बिक्रेता कलर कस्मेटिक्सले कलर कस्मेटिक्समा लोटस ब्रान्डको प्राइमर, फाउन्डेसन, कम्प्याक्ट, कन्सिलर, ब्लसर, हाइलाइटर, भोल्युम मस्कारा, लाइनर, गाजल, नेलपोलिस तथा रिजभोलको कम्प्याक्ट, प्राइमर, लिस्टिक, फाउन्डेसन, बिबी क्रिम आदि बिक्री गर्छ ।

डंगोलका अनुसार यस्ता रंगीन सौन्दर्य प्रसाधन नेपालीहरूका लागि यसकारण पनि प्रिय छन् कि हाम्रो हिन्दू संस्कारले रातो रंगलाई शुभ संकेतका रूपमा लिन्छ भने उज्याला रंगलाई सौन्दर्य वृद्धिको साधक । लोटसले नेपाली सौन्दर्य प्रसाधन बजारको २० प्रतिशत तथा जर्मनी ब्रान्ड रिजभोलले १० प्रतिशत हिस्सा ओगटेको नरोत्तमको अनुमान छ । उनको पिपल्स प्लाजास्थित ग्राउन्ड फ्लोरमा रहेको कलरप्लसमा यी दुवै ब्रान्डका विभिन्न भेराइटीयुक्त सौन्दर्य प्रसाधन उपलब्ध छन् ।

भारतीय ब्रान्ड ल्याक्मेको नेपालस्थित आधिकारिक विक्रेता सुहानी एन्ड सुमित्रा ट्ेरड लिंकले यो ब्रान्ड नेपालमा उपलब्ध गराउन थालेको दुई वर्ष पूरा भएको छ । नेपालीहरूमाझ लोकप्रिय ल्याक्मेका फाउन्डेसन तथा कम्प्याक्ट धेरै बिक्री हुने प्रसाधन हुन् । ल्याक्मेकी नेपाल प्रमुख रजनी श्रेष्ठ भन्छिन्–हाम्रा कलर कस्मेटिक्स गुणस्तरका हिसाबले सुलभ र परिणाममुखी छन् । ल्याक्मेका कम्प्याक्ट पाउडर, फाउन्डेसन, आइलाइनर, मस्कारा तथा लिपिस्टिक निकै माग हुने प्रसाधन हुन् ।’ ल्याक्मे भारतीय उत्पादन भएकाले नेपाली छाला र हावापानी सुहाउँदो भएको तथा नेपालीहरूका लागि निकै उपयुक्त प्रसाधनमा दरिएको रजनीको धारणा छ ।

 Image