बुटिकमा भर्चुअल बजार
‘पछिल्लो समय भर्चुअल मात्रामा मार्केटिङ प्रभावकारी भएको छ, यसले गर्दा धेरै मानिससम्म बुटिक पुग्छन् ।’

काठमाडौंस्थित धुम्बाराहीका नेत्र प्रधान इलेक्ट्रिक स्कुटर खोज्दै नक्सालस्थित टेलजी कम्पनीको शोरुम योमा इलेक्ट्रोनिकमा पुगे । इलेक्ट्रिक सवारी साधन वातावरणमैत्री हुनुका साथै पेट्रोल नचाहिने भएको कुरा उनले राम्ररी बुझेका छन् । भन्छन्, ‘इलेक्ट्रिक सवारी साधनबाट प्रदूषण फैलिँदैन ।’ उनीजस्तै धेरै युवा इलेक्ट्रिक सवारी साधन खोज्दै सोरुम पुग्ने गर्छन् ।
पछिल्लो समय पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय साधन भित्रिने क्रम बढ्दो छ । नेपाली बजारमा विद्युतीय चारपाङ्ग्रे गाडी र स्कुटरपछि साइकलसमेत आइसकेका छन् । पछिल्लो पुस्ता विद्युतीय सवारीमा आकर्षित हुँदै गएको व्यवसायीहरू बताउँछन् । प्रदूषण नफैलाउने, पेट्रोलमा हुने खर्च बचत हुने, मर्मत–सम्भारमा पनि खर्च कम हुने जस्ता फाइदाले धेरैको क्रेज विद्युतीय सवारीमा बढेको हो ।
योमाले ‘लायन’, ‘टाइगर’ र ‘लियोपार्ड’ गरी तीन वटा स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीका निर्देशक सञ्जीव शिल्पकारका अनुसार यी स्कुटर चढ्न र चलाउन सहज छन् । लायनको रेन्ज ८५, टाइगरको १०० र लियोपार्डको १३० किलोमिटर छ । एलइडी प्रोजेक्टर लाइट, ट्युबलेस टायर, सेन्सर टेक्नोलोजी, डबल डिक्स ब्रेक यी स्कुटरका विशेषता हुन् । लायनको मूल्य १ लाख ८५ हजार र टाइगरको १ लाख ९५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, लियोपार्डको मूल्य २ लाख १० हजार रहेको छ । सञ्जीव भन्छन्, ‘अहिलेको समय टेक्नोलोजीको हो, त्यसकारण सवारी साधनमा पनि नयाँ प्रविधिहरू आउने क्रम बढेको छ ।’ उनका अनुसार यी स्कुटरहरू एकपटक चार्ज गरेपछि करिब ६ देखि ८ घन्टासम्म टिक्छन् । कम्पनीले यी स्कुटर खरिदमा ग्राहकलाई १५ देखि २५ हजारसम्म छुट दिएको जनाएको छ । सञ्जीवका अनुसार लामो समयदेखि पेट्रोलमै अभ्यस्त भएकाहरूमा अलिकति हिचकिचावट रहेको देखिन्छ । उनी भन्छन्, ‘नयाँ प्रविधिसँग अभ्यस्त हुन केही समय त लाग्छ । यसो हुनु स्वाभाविकै हो ।’
त्यस्तै, चिनियाँ कम्पनी लेभनिङले नेपालमा इलेक्ट्रिक स्कुटरदेखि साइकलसम्म भित्र्याएको छ । इभी नेपाल मोटरले उक्त कम्पनीको सवारी साधन बिक्री–वितरण गर्दै आएको छ । वर्षयता कम्पनीले ‘एलएक्स ०२’, ‘एलएक्स ०१’, ‘एलएक्स ०४’ र ‘एलएक्स ०५’ मोडलका स्कुटर बजारमा उपलब्ध गराएको छ ।
स्कुटरमा हुने विशेषताहरूका आधारमा मूल्य पनि फरक–फरक रहेको कम्पनीका शोरुम इन्चार्ज आकाश महर्जनले बताए । उनका अनुसार ‘एलएक्स ०१’ र ‘एलएक्स ०२’ को मूल्य २ लाख ४९ हजार, ‘एलएक्स ०४’ को मूल्य २ लाख ९ हजार र ‘एलएक्स ०५’ को मूल्य २ लाख ९५ हजार रहेको छ । कम्पनीले ‘एलएक्स ०८’ र ‘एलएक्स ०५ डी’ ल्याउने तयारी गरेको छ । यी स्कुटरहरूमा ‘पावर पर्फमेन्स’, ‘फिचर्स’ राम्रो हुनुका साथै लिथियम ब्याट्री जडान गरिएको आकाशले बताए । यसका अन्य विशेषताहरूमा एलइडी हेडलाइट, रियर एन्ड फ्रन्ट डिस्क ब्रेक, आइपी ६५ वाटर, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम छन् ।
इभी नेपालले स्कुटर मात्र नभई साइकलहरू पनि भित्र्याएको छ । साइकलमा पनि नयाँ फिचरहरू उपलब्ध छन् । साइकलतर्फ ‘एफ ०३’ र ‘एम ९४’ रहेका छन् । २५० मोटर पावर रहेको साइकलमा फोल्ड गर्न मिल्ने सुविधा छ । यसमा एलइडी मिटर, डिस्क ब्रेकजस्ता विशेषता छन् । यो इ–साइकललाई पैडल दिएर समेत चलाउन सकिने दाबी कम्पनीको छ । ‘एफ ०३’ को ७९ हजार रुपैंयाँ र ‘एम ०४’ को मूल्य १ लाख ९ हजार रुपैंयाँ रहेको छ ।
यसैगरी, काठमाडौंस्थित ‘नियु स्मार्ट इलेक्ट्रिक’ ले चिनियाँ कम्पनीकै विभिन्न ब्रान्डका स्कुटरहरू बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका ‘नियु एनक्यु एन सेरिज’ अन्तर्गतको ‘ग्लसी इडिसन’ स्कुटरको मूल्य ३ लाख १० हजार रहेको छ । ‘म्याट इडिसन’ को मूल्य ३ लाख १५ हजार, ‘यनआइयु एनजिटी’ को ४ लाख ४५ हजार, ‘एनआइयु एमक्युआई प्लस’ को २ लाख ५५ हजार, ‘एनआइयु गोभा’ को २ लाख ५५ हजार र ‘एनआइयु युक्युआइएम’ को मूल्य १ लाख ४५ हजार रहेको छ ।